बाँके । नेपालगन्जमा लागेको ‘कर्फ्यु’का कारण नेपाल–भारत सीमानाका जमुनाहामा अलपत्र परेका नेपालीलाई गन्तव्यतर्फ पठाउन सुरु गरिएको छ ।
कर्फ्युका कारण सीमा क्षेत्रमा रोकिएका नेपालीलाई गन्तव्यसम्म पठाउन सुरु गरिएको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक मीनबहादुर विष्टले बताए ।
उनका अनुसार सीमा क्षेत्रमा दुई हजारको हाराहारीमा नेपाली अलपत्र अवस्थामा रहेका छन् । यातायात व्यवसायीसँग समन्वय गरेर सीमा क्षेत्रमा रोकिएका सबै यात्रुलाई सुरक्षित गन्तव्यसम्म पठाउन थालिएको हो ।
जमुनाहादेखि राँझासम्म पहिलो चरणमा करिब पाँच सय नेपाली पठाइएको प्रहरीले जनाएको छ । भारतबाट फर्केका नेपालीमध्ये रातीदेखि नाकामा अलपत्र परेका छन् ।
दसैँ नजिकिँदै गर्दा भारतमा कामका लागि गएका नेपाली फर्किने क्रम बढ्न थालेको छ । भारतको सिमला, दिल्ली, पन्जाबलगायतका क्षेत्रमा नेपाली कामका लागि जाने गर्दछन् ।
कर्फ्युपछि नेपालगञ्ज बजार बिहानैदेखि शान्त रहेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले मङ्गलबार दिउँसो १ बजेदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यका अनुसार आज बिहानसम्म कर्फ्यु उल्लङ्घनका घटना भएका छैनन् । यद्यपि केही व्यक्तिहरू बिहानको हिँडाइ (मर्निङवाक) मा निस्किएको देखिएको थियो ।
प्रहरीका अनुसार त्यस्ता व्यक्तिहरूलाई सम्झाई बुझाइ घर पठाइएको छ । कर्फ्यु उल्लङ्घन नगर्नका लागि प्रहरीले माइकिङ गरिरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३० गते, २०८२ - १०:०१
काठमाडौँ । अमेरिकाले इरानका नवनियुक्त सर्बोच्च नेता मोजतबा खामेनीसहित १० शीर्ष इरानी अधिकारीहरुको टाउकोमा मोल तोकेर सूचना जारी गरेको छ । अमेरिकाको ...
फाल्गुन ३० गते, २०८२ - ०९:५९
बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप लगाइएको छ । नगरका नौवटै वडामा एकसाथ शुक्रबार चार हजार ६१७ बालबालिका र किशोरकिशोरी...
फाल्गुन ३० गते, २०८२ - ०९:५७
भोजपुर । भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन् । यो समयमा रोपिएको खुर्सानीले तुलनात्मक रूपमा छिट्टै उत्पादन दिने भएकाले किसान...
फाल्गुन ३० गते, २०८२ - ०९:५५
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...
फाल्गुन ३० गते, २०८२ - ०९:५४
धनकुटा । नेकपा एमाले धनकुटाले साँगुरीगढी गाउँपालिका उपाध्यक्ष मुना राईलाई साधारण सदस्य नरहने गरि कारबाही गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा अन्त...
फाल्गुन ३० गते, २०८२ - ०८:१६
बाँके । क्यान्सर रोग उपचारका नवीन प्रविधिबारे नेपालगञ्जमा नेपाल र भारतका चिकित्सकबीच अनुभव आदान–प्रदान गरिएको छ । भारतको लखनउस्थित म्याक्स सुपर स्प...
फाल्गुन ३० गते, २०८२ - ०८:१४
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा आज विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी, गोठाटार र ...
फाल्गुन ३० गते, २०८२ - ०८:१३
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ ।...
फाल्गुन ३० गते, २०८२ - ०८:०५
भवन बन्यो, सेवा आएन: लोमान्थाङ अस्पताल अलपत्र
फाल्गुन ३० गते, २०८२ - ०८:०३
कञ्चनपुर । कृषिमा यान्त्रीकरणको प्रयोगलाई बढावा दिने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का किसानलाई आज अनुदानमा मिनी पावर टिलर वितरण गरिएक...


प्रतिकृया लेख्नुहोस्: