Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

लेबननमा नेपाली शान्ति सैनिकको क्याम्पमा हवाई हमला

खबरडबली संवाददाता

काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावका बीच लेबननस्थित नेपाली शान्ति सैनिकको बटालियन हेडक्वार्टरमा हवाई हमला भएको छ।

शुक्रबार दक्षिण–पूर्वी लेबननको अलजाबेल क्षेत्रमा ब्लु लाइन नजिक संयुक्त राष्ट्रसंघमार्फत खटिएको नेपाली शान्ति सेनाको बटालियन हेडक्वार्टरमा उक्त हमला भएको हो।

लेबननको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले नेपाली शान्ति सैनिकको क्याम्पमा गोला खसेको समाचार प्रकाशन गरेका छन्। घटनामा मानवीय क्षति नभएको जनाइएको छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ताले पनि घटनाबारे जानकारी आएको पुष्टि गर्दै थप विवरण चाँडै सार्वजनिक गरिने बताएका छन्।

इसराइली सेनाले भने घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन।

यस विषयमा नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले घटनाको पुष्टि गर्दै सामान्य भौतिक क्षतिबाहेक मानवीय क्षति नभएको बताएका छन्।

उनका अनुसार घटना शुक्रबार बेलुकी भएको हो। 'अपरिचित वस्तु नेपब्याडको बटालियन हेडक्वार्टरको एउटा भवनमा लागेको हो। कहाँबाट आएको र कसरी आएको भन्ने विषय खुलेको छैन। यसबारे संयुक्त राष्ट्रसंघले अनुसन्धान गर्नेछ,' उनले भने।

घटना हुँदा शान्ति मिसनमा खटिएका नेपाली सैनिकहरू सबै बंकरमा सुरक्षित रहेको पनि उनले जानकारी दिए।

हमलापछि हेडक्वार्टरको उक्त भवनमा केही क्षति पुगेको छ। “त्यहाँ केही आगलागी भएको थियो, पछि नियन्त्रणमा लिइएको थियो। अन्य क्षति भने केही भएको छैन,” सहायक रथी बस्नेतले बताए।

यसअघि फेब्रुअरी २८ मा अमेरिका र इसराइलले इरानमा संयुक्त हमला गरी त्यहाँका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहित शीर्ष अधिकारीहरूको हत्या गरेको बताइएको थियो।

खामेनीको मृत्युपछि इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहले लेबननबाट इसराइलमाथि हवाई हमला गरिरहेको छ। त्यसको प्रत्युत्तरमा अमेरिका र इसराइलले पछिल्ला दिनहरूमा लेबननमा आक्रमण तीव्र बनाएका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ललितपुर महानगरपालिकाको प्रशासनिक कामका लागि तीन वटा भवन तयार

ललितपुर। ललितपुर महानगरपालिकाको लखनखेलस्थित नव निर्मित प्रशासकिय भवन (ब्लक सि)को शनिवार उद्घाटन गरिएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्...

इथानोल मिश्रित पेट्रोल: ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ। सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति कार्यान्वयनमा ल्याएको छ । मन्त्रिपरिषद्ले जारी गरेको ‘पेट्रोलमा इथानोल मिश...

मध्यपूर्वको अस्थिरताप्रति सरकार सजग, विदेशमा रहेका नेपालीको सुरक्षालाई उच्च प्राथमिकता: परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले पश्चिमी एशिया (मध्यपूर्व) लगायत विश्वका विभिन्न क्षेत्रमा देखिएको अस्थिरता र द्वन्द्वप्रति सरकार गम्भीर र...

लागु औषध ट्रामाडोल र स्पास्पेन सहित चौधरी पक्राउ

इनरुवा। सुनसरीको गढी गाउँपालिका २ औरावनीबाट लागु औषध ट्रामाडोल र स्पास्पेन सहित एकजना पक्राउ परेका छन् ।  जिल्लाको गढी गाउँपालिका वडा नम्बर २ औरावन...

तीन महिनापछि पोखरा–जोमसोम हवाई उडान सुरु

मुस्ताङ। प्रतिकूल मौसमका कारण बन्द भएको पोखरा–जोमसोम हवाई सेवा पुन: सुरु भएको छ। मङ्सिर १५ गतेदेखि हुस्सु, हिमपातसहित जाडोयाममा यात्रुको चाप समेत न्यू...

रातोपाटीका पत्रकारलाई अभद्र व्यवहार गर्ने पाठक पक्राउ

झापा। पत्रकारलाई अभद्र व्यवहार गर्ने कमल गाउँपालिका–६ का ४५ वर्षीय युवराज पाठकलाई प्रहरीले आज बिहान पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय ...

लेबननमा नेपाली शान्ति सैनिकको क्याम्पमा हवाई हमला

काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावका बीच लेबननस्थित नेपाली शान्ति सैनिकको बटालियन हेडक्वार्टरमा हवाई हमला भएको छ। शुक्रबार दक्षिण–पूर्वी लेबननको अलज...

भोली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८२ चैत १ गते आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय ललितपुरमा बस्ने भएको छ। उक्त ...

रास्वपाको सचिवालय बैठक भोलि बस्ने, समानुपातिक उम्मेदवार सिफारिस गर्ने विषयमा छलफल

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार बस्ने भएको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकमा प्रतिनिधिसभा सदस्य निर्वा...

सुख्खा पहिरोले भेडेटार–राजारानी–रविराके सडक अवरुद्ध

हिले। सुख्खा पहिरोका कारण भेडेटार–राजारानी–रविराके सडक अवरुद्ध भएको छ। भेडेटार थुम्की खण्डमा पर्ने लभडाँडामा शुक्रबार बिहानदेखि निरन्तर सुख्खा पहिरो झ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: