Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

अस्थायी, करार तथा ज्यालादारी कर्मचारीको स्थायी या उपदानको माग

खबरडबली संवाददाता

काठमाडौं । अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले अस्थायी करार ज्यालादारी कर्मचारीलाई उमेर हदबन्दी नलगाई आन्तरिक प्रतिस्पर्धामार्फत स्थायी गर्नुपर्ने माग गरेको छ । 

संघले स्थायी हुन नसकेकाको लागि उपदानको व्यवस्था गर्न पनि माग गरेको छ । संघका अध्यक्ष काशीराज श्रेष्ठ र महासचिव यदुनाथ न्यौपानेले जारी गरेको ध्यानाकर्षण पत्रमा अस्थायी करार ज्यालादारी कर्मचारीको सेवा सुविधा सम्बन्धी व्यवस्था संघीय निजामती सेवा ऐनमा स्पष्ट व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।

यसैगरी सरकारले घोषणा गरेको सामाजिक सुरक्षा कोषमा सम्पूर्ण अस्थायी करार ज्यालादारी कर्मचारीलाई तत्काल समावेश गर्न पनि संघले ध्यानाकर्षण गराएको छ ।

सर्वोच्च अदालतबाट २०७० माघ नौ गते अस्थायी करार ज्यालादारी कर्मचारीले राज्यलाई सेवा गरे बापत कुनै न कुनै रूपमा क्षतिपूर्ति स्वरूप उपदानको व्यवस्था गर्न उचित हुने निर्देशनात्मक आदेश दिएको स्मरण गराउँदै संघले २०७४ वैशाख २१ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयमा सेवा सुविधा सम्बन्धमा कानुन बनाई सम्बोधन गरिनेछ भनेकोमा पटक–पटक ज्ञापन पत्र र ध्यानाकर्षण पत्र पेस गर्दा पनि आफ्ना मुद्दालाई सम्बोधन नगरेको जनाएको छ ।

अस्थायी, करार तथा ज्यालादारी कर्मचारीको स्थायी या उपदानको माग

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोशीमा नयाँ राजनीतिक भूचाल : रास्वपाको १७ सिट र श्रम संस्कृतिको उदयले पुराना दल सिमित

काठमाडाैं  । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणामले कोशी प्रदेश को परम्परागत राजनीतिक समीकरण नै उल्टाइदिएको छ । वर्षौंदेखि प्रभाव जमाउँदै आएका ठूला ...

वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश मानन्धरको निधन

काठमाडौं । वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश किरण मानन्धरको ५९ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । वरिष्ठ पत्रकार राजेन्द्र स्था...

समानुपातिक सिट बाँडफाँट : कुन दलबाट कति महिला सांसद ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोग का अनुसार मंगलबार अबेरसम्म मतगणना सकिने अनुमान छ । हा...

समानुपातिकतर्फ श्रम संस्कृति पार्टीलाई मधेसबाट ९ हजार १०३ मत, कुन क्षेत्रमा कति ?

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मत परिणाम सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । जेनजी आ...

संखुवासभा–१ मा एमालेका अर्जुन कुमार कार्की विजयी

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत संखुवासभा निर्वाचन क्षेत्र नं। १ बाट नेकपा (एमाले) का उम्मेदवार अर्जुन कुमार कार्की विजयी भएका छन् । कार्की...

धनुषा–१ मा नेकपाका मातृका यादव विजयी

काठमाडौं । धनुषा–१ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार मातृकाप्रसाद यादव विजयी घोषित भएका छन्। सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरे...

खोटाङमा श्रम संस्कृति पार्टीलाई अर्काे सफलता

काठमाडौं । प्रतिनिधिसभातर्फ एउटै निर्वाचन क्षेत्र रहेको खोटाङ मा श्रम संस्कृति पार्टी ले प्रत्यक्षसँगै समानुपातिकतर्फ पनि अग्रता कायम गरेको छ। प्रत...

दुई मेयरसहित तीन स्थानीय जनप्रतिनिधिको सफलता, ११ स्थान पदविहीन

काठमाडौँ । स्थानीय तहको कार्यकाल बाँकी छँदै प्रतिनिधिसभा यात्रा तय गर्ने आकांक्षासहित चुनावी मैदानमा उत्रिएका अधिकांश जनप्रतिनिधि असफल भएका छन्। पदबाट...

एक लाख जरिबानामा पर्योे सेतोपाटी

काठमाडौं । निर्वाचन आयोगले सेतोपाटी सञ्चार प्रालिलाई एक लाख रूपैयाँ जरिबाना तोकेको छ । आयोगले सेतोपाटीले निर्वाचन आचारसंहिता २०८२ को दफा ४ को दण्ड (त)...

सभापतिबाट राजीनामा दिने तयारीमा गगन

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजय व्यहोरेसँगै सभापति गगन थापा पदबाट राजीनामा दिने तयारीमा पुगेका छन् । अहिले नयाँ बानेश्वरमा उपसभापति ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE