काठमाडौं । सरकारले भाडा नबढाए यातयात व्यवसायीले दसैँमा अग्रिम टिकट बुकिङ नखुलाउने भएका छन् । यातायात व्यवस्था विभागसँगको छलफलमा व्यवसायीहरूले सबै वस्तुको मूल्यवृद्धि भएको र सडक पनि राम्रो नभएको भन्दै दसैँमा सार्वजनिक गाडीको भाडा बढाउनुपर्ने अडान राखेका छन् ।
दसैँका लागि अग्रिम टिकट कहिलेबाट खोल्ने निधो नगर्दा सर्वसाधारण अलमलमा परेका छन् । यातायात व्यवसयीसँग पटक-पटक कहिलेबाट दसैँको लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने भन्ने विषयमा छलफलमा बसेकाे भए पनि व्यवसायीले भाडावृद्धि नगरी अग्रिम टिकट खुल्ला गर्न नसकिने बताइरहेकाे यातायात व्यवस्था विभाग स्रोतले बतायाे ।
यातायात व्यवस्था विभाग भाडा बढाउने पक्षमा नरहेकाे स्राेतकाे भनाइ छ । दसैँको बेला सार्वजनिक यातायातको भाडा वृद्धि गर्दा गाउँ जानेहरूलाई समस्या पर्ने अवस्था सिर्जना हुने भाडा बढ्यो भने नकारात्मक सन्देश समेत जाने स्राेतकाे भनाइ छ ।
व्यवसायीले अहिले कति भाडा वृद्धि गर्नुपर्ने खुलाएका छैनन् । विभागसँगको छलफलमा भाडा वृद्धि गर्नुपर्ने सर्त मात्रै राखेका छन् । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले पटकपटक दसैँका लागि अग्रिम टिकट खुल्ला गर्ने विषयमा यातायात व्यवसायीसँग छलफल भएको बताए ।
विभागले यातायात व्यवसायीसँग पटकपटक अग्रिम टिकट खोल्नको लागि छलफल सरिसकेकाे उनले बताए । व्यवसायीहरूले आफ्नो समस्या विभागमा राखेकाे र चाँडै बुकिङ खोल्दा टिकट सकिएर समस्या आउन सक्ने भएकाेले आगामी २० गते वा त्यो भन्दा पछाडि टिकट बुकिङ खुल्ला गर्दा पनि राम्रो हुने उनले बताए । आज पनि अग्रिम टिकट बुकिङ कहिलेबाट खोल्ने भन्ने विषयमा यातायात व्यवसायीसँग छलफल गर्ने तयारी रहेको उनले बताए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्ष विजय स्वाँरले भाडा वृद्धि गर्नुको विकल्प नरहेको बताए । राज्यले यातायात व्यवसायीलाई पेल्दै गएको र दसैँका लागि अग्रिम टिकट बुकिङको लागि हाम्रा मागहरु अगाडि सारेका भएपनि चासाे नदिएकाे उनकाे भनाइ छ ।
व्यवसायीकाे पहिलो माग देशभर खनिएका सडक बनाउन रहेकाे ५ । दोस्रो माग भाडा वृद्धिमा प्रयोग हुने १६ वटा तत्वमध्ये सबैंभन्दा धेरै मूल्यवृद्धि भएको ५ वटा वस्तुको मूल्यांकन गरेर भाडा वृद्धि गर्न भनिएकाे उनले बताए । कानूनी व्यवस्था पनि त्यही रहेकाे र प्रत्यक वर्ष गाडीमा प्रयोग हुने ५ वस्तुको मूल्य हेरेर भाडा वृद्धि गर्नुपर्ने आफुहरुकाे माग रहेकाे उनले बताए । बाँकी ११ वटा वस्तुको मूल्य हेरेर ५ वर्षमा पुन: भाडा समायोजन हुनुपर्ने हो । तर, भाडा बढाउन हुदैन मात्रै भनिरहेको उनकाे भनाइ छ ।
पेट्रोलियम पदार्थले ३५ प्रतिशतमात्रै भाडाको सम्बोधन गर्छ । बाँकी ६५ प्रतिशत भाडा गाडीमा प्रयोग हुने टायरदेखि अन्य वस्तुको आधारका निर्धारण हुनुपर्छ । राज्यले व्यवसायीको कुरा नसुने दसैँमा अग्रिम टिकट नखुलाउने उनले बताए ।
अध्यक्ष स्वाँरले ९ प्रतिशतमा बैंकबाट लिएको ऋणको व्याज अहिले १७ प्रतिशत पुगेको भन्दै सबैभन्दा ठूलो मिटरव्याजी नै बैंक भएको टिप्पणी गरे ।
अग्रिम टिकट बुकिङ्ग तथा उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने यात्रुवाहक सवारी साधनको सहज सञ्चालनमा यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायी र मजदुरबीच समन्वय हुँदै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८२ - २०:५३
काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...
फाल्गुन २८ गते, २०८२ - २०:५२
पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...
फाल्गुन २८ गते, २०८२ - २०:४३
काठमाडौं । सर्वोच्च अदालतले धनुषा–१ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमललाई कर्जा सूचना केन्द्रको कालोसूचीमा नराख्ने आदेश कार्यान्...
फाल्गुन २८ गते, २०८२ - २०:३४
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकतापछि गठित स्टेयरिङ कमिटीको १३औँ बैठक फाल्गुन २८ गते सम्पन्न भएको छ। बैठकमा मध्यपूर्व क्षेत्रमा उ...
फाल्गुन २८ गते, २०८२ - २०:२८
एजेन्सी। साङलो देख्ने वितिकै शरीरमा डर पैदा हुनेहरू धेरै भेट्न सकिन्छ । अलि टाढा भएपनि त्यो साङलो देखेरै चिच्याउनेहरू पनि छन् । साङलोसँग धेरै जसो गृहि...
फाल्गुन २८ गते, २०८२ - २०:२७
काठमाडौँ । मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका बीच त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र आपतकालीन समन्वयका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ल...
फाल्गुन २८ गते, २०८२ - २०:२४
पोखरा । साहित्यकार सुरज उपाध्यायको परिवारले स्वर्गीय पिता शङ्कर उपाध्यायको स्मृतिमा बालगृहका लागि अक्षयकोष स्थापना गरेको छ। फेदीखोला गाउँपालिका–२,...
फाल्गुन २८ गते, २०८२ - २०:१७
हेटौंडा । मकवानपुरमा लागुऔषध सेवनसँग सम्बन्धित झगडा नियन्त्रण गर्न पुगेका प्रहरीमाथि सांघातिक आक्रमण भएको छ। घटनामा एक प्रहरी घाइते भएका छन् भने आत्मर...
फाल्गुन २८ गते, २०८२ - २०:०८
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ दलहरूले पाउने सिट संख्या टुंगो लगाएको छ। प्रचलित कानुनअनुसार कुल सदर मतको थ...
फाल्गुन २८ गते, २०८२ - १९:५५
सुनसरी । कहिल्यै ‘अभेद्य लाल किल्ला’ मानिएको धरान (सुनसरी–१) मा यसपटकको निर्वाचनले ऐतिहासिक मोड ल्याएको छ । नेपालमा कम्युनिस्ट आन्दोलनलाई सांगठानिक रू...


प्रतिकृया लेख्नुहोस्: