Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

पाँचखालमा एक शिक्षक बराबर दुई विद्यार्थी !

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरका सामुदायिक विद्यालयमा पछिल्ला वर्षमा विद्यार्थीको सङ्ख्या घटिरहेको छ । चालु शैक्षिक सत्रमा नगरका केही विद्यालयमा एक शिक्षक बराबर दुई विद्यार्थी मात्रै अध्ययनरत पाइएको छ । 

नगरको छ विद्यालयमा एक अङ्कमा विद्यार्थी सङ्ख्या रहेको पाइएको हो भने केहीमा जम्मा १४ जना हाराहारीमा विद्यार्थी सङ्ख्या रहेका छन् । विद्यार्थीको सङ्ख्या घट्दै गएपछि अत्यन्त कम विद्यार्थी रहेका सामुदायिक विद्यालय नजिकका विद्यालयमा गाभ्न ९मर्ज०को तयारीमा रहेको जनाइएको छ । 

पाँचखाल –१३ स्थित गङ्गा प्राथमिक विद्यालयमा एक शिक्षक र दुई विद्यार्थी, ८ नं वडास्थित जनज्योति प्राविमा दुई शिक्षक र चार विद्यार्थी, ११ नं वडास्थित धरणी प्राविमा एक शिक्षक र पाँच विद्यार्थी तथा समाज सुधार प्राविमा दुई शिक्षक र पाँच विद्यार्थी, वडा नं ९ को सरस्वती प्राविमा दुई शिक्षक र चार विद्यार्थी र ६ नं वडास्थित भमरकोट हिमालय प्राविमा तीन शिक्षक र छ विद्यार्थी हाल अध्ययनरत छन् । यी विद्यालयमा कूल ११ शिक्षकले २६ विद्यार्थीलाई शिक्षण गरिरहेका हुन् । 

नगर शिक्षा शाखाले विद्यालयमा अत्यन्त न्यून विद्यार्थी सङ्ख्या हुँदा अध्यापनमा निकै असहज अवस्था आएकाले शिक्षक व्यवस्थापन तथा दरबन्दी मिलानसम्बन्धी मापदण्डको आधारमा विद्यालय मर्ज गर्ने तयारी भइरहेको जनाएको छ । “हामीले विद्यार्थी न्यून रहेका विद्यालय नजिकको विद्यालयमा मर्ज गर्ने तयारी गरिरहेका छौँ, त्यसका लागि विद्यालयसमेत छनोट भइसकेको छ”, शिक्षा शाखा प्रमुख उदय कोइरालाले भने। 

उनका अनुसार सात प्रावि तथा एक आधारभूत विद्यालय मर्जको तयारी गरिएको हो । नगर शिक्षा समितिले मर्ज गर्ने विद्यालयका विषयमा कार्यपालिकामा पेश गरिसकेको कोइरालाले बताए । 

उनका अनुसार अन्य दुई विद्यालयमा चार शिक्षक र २८ विद्यार्थी रहेपछि ती विद्यालय पनि मर्जको तयारीमा रहेका छन् । पाँचखाल नपा–१२ को नारायण प्राविमा दुई शिक्षक १४ विद्यार्थी र वडा नं ६ को झिङ्गना प्राविमा दुई शिक्षक र १४ विद्यार्थी रहेकाले यिनीहरुको समेत मर्जको तयारी गरिएको हो । 

शिक्षा शाखाका अनुसार नारायण प्राविको समायोजन नजिकको आजाद माध्यमिक विद्यालय र झिङ्गना प्राविको समायोजन जोरपाटी माविमा गरिने भएको छ । अन्य मर्ज तगर्ने तयारी भइरहेकामा गङ्गा प्रावि जागृति आधारभूत विद्यालयमा, धरणी प्रावि गङ्गादेवी आधारभुत विद्यालयमा, सरस्वती प्रावि पलाञ्चोक भगवती माविमा, जनज्योति प्रावि जनता माविमा, समाज सुधार प्रावि भगवती प्राविमा र भमरकोट हिमालय प्रावि जोरपाटी माविमा समायोजन हुने जनाइएको छ । 

नगरले भौतिक पूर्वाधारको अवस्था तथा जनशक्ति र विद्यार्थी अनुपात हेरेर सामुदायिक विद्यालय गाभ्ने तयारी गरेको जनाएको हो । शिक्षा समितिले पनि विद्यार्थी–शिक्षकको अनुपात नमिलेका पाँचखालका विद्यालय विद्यार्थीको सङ्ख्या थोरै तथा शिक्षक दरबन्दी कम भएका र दूरीका हिसाबले टाढा रहेका विद्यालय एकै ठाउँमा समायोजन गर्न कार्यपालिकासमक्ष सिफारिस गरेको जनाएको छ । 

मर्जर प्रक्रिया सकिएपछि पाँचखाल नगरमा ३० विद्यालय हुनेछन् । जसमध्ये १३ माध्यमिक विद्यालय, चार आधारभूत विद्यालय र १३ प्रावि रहनेछन् । नेपालको शिक्षा नियमावलीले विद्यार्थी शिक्षक अनुपात हिमालमा ४० विद्यार्थी बराबर एक शिक्षक, पहाडमा ४५ विद्यार्थी बराबर एक शिक्षक र तराई तथा उपत्यकामा ५० विद्यार्थी बराबर एक शिक्षक हुनुपर्ने प्रावधान छ । 

यस्तै नियमावलीमा प्राविमा शिक्षक एक, प्राविमा ५० जनासम्म विद्यार्थी भएमा दुई जना र सोभन्दा बढी विद्यार्थी भएमा तीन जना, निम्न माध्यमिक विद्यालयमा चार जना र कक्षा १ देखि ८ सम्म सञ्चालन भएको आधारभूत विद्यालयमा कम्तीमा सात जना शिक्षक रहने व्यवस्था छ । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending