Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८० मंगलवार | 28th November, 2023 Tue

उपचारको अभावमा ज्यान गुमाउनुपर्ने स्थितिको अन्त्य हुन्छ : मन्त्री बस्नेत

खबरडबली संवाददाता

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले उपचारको अभावमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुने गरी स्वास्थ्य क्षेत्रमा सुधार गर्न लागिपरेको बताएका छन् ।

वीरगन्जस्थित नारायणी अस्पतालले एक सय ३१ औँ वर्षको अवसरमा आयोजित समारोहमा उनले उपचार गराएर सबै सम्पत्ति स्वाहा हुने तर निको नभएर आत्महत्या गरी मर्नुपर्ने अवस्थाको अन्त्य गर्न स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्न लागिपरेको बताए ।

स्वास्थ्य सेवामा सबैको सहज पहुँचका लागि अस्पतालहरूको स्तरोन्नतिसँगै चाहिने जनशक्ति र उपकरण व्यवस्थापन गर्न सरकार जुटेको उल्लेख गर्दै मन्त्री बस्नेतले स्वास्थ्य सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउने कार्यलाई प्राथमिकता दिएको जिकिर गरे । 

चिकित्सक र स्वास्थ्यकर्मीलाई सहज र सुरक्षितरूपमा काम गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताउँदै उहाँले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्न र अराजक गतिविधि रोक्न सरकार अब कडारूपमा प्रस्तुत हुने बताए ।

“मुलुकको विभिन्न भागमा भएको चिकित्सकमाथिको दुव्र्यवहार र आक्रमणप्रति सरकार गम्भीर छ”, मन्त्री बस्नेतले भने, “चिकित्सकमाथि दुव्र्यवहार गर्ने र आक्रमण गर्नेलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइसकिएको र घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।”

सरकार र आन्दोलनरत चिकित्सकबीचको वार्ता निष्कर्ष नजिक पुगिसकेकाले छिट्टै समस्या समाधान हुने दाबी गर्दै चिकित्सकलाई सहज र सुरक्षितरूपमा काम गर्ने वातावरण बनाउन सरकार तयार रहेकाले आन्दोलन रोकेर काममा फर्किन चिकित्सकसँग उनले आग्रह गरे ।
वीरगन्जस्थित नारायणी अस्पतालमा छिट्टै मिर्गौला प्रत्यारोपण सेवा सञ्चालनका लागि आवश्यक गृहकार्य भइरहेको जानकारी दिँदै मन्त्री बस्नेतले त्यसका लागि सबै पक्षको साथ सहयोग आवश्यक रहेको बताए ।

उनले ऐतिहासिक र राष्ट्रिय प्रतिष्ठासँग समेत जोडिएको नारायणी अस्पतालमा देखिएको जनशक्ति र उपकरणको समस्या छिट्टै समाधान गरिने प्रतिबद्धता व्यक्त गरे । मन्त्री बस्नेतले भविष्यमा नारायणी अस्पताललाई शिक्षण अस्पतालको रूपमा समेत विकास गर्न सकिने गरी काम अघि बढाउन आफू प्रतिबद्ध रहेको बताए । 

नारायणी अस्पतालको नयाँ भवन निर्माणका क्रममा परेको मुद्दालाई छिट्टोभन्दा छिटो अदालतले टुङ्गो लगाएर तत्काल निर्माणकार्य अघि बढाइने उनको भनाइ थियो । 

कार्यक्रममा मधेस प्रदेश सरकारका स्वास्थ्यमन्त्री वीरेन्द्र सिंहले मधेस प्रदेशलाई स्वस्थ्य प्रदेश बनाउने गरी प्रदेश सरकारले आवश्यक कार्य अघि बढाएकाले यसमा सबै पक्षको सहयोग आवश्यक रहेको बताए ।

मधेस प्रदेशका सातवटा अस्पताललाई एक सय शय्याको अस्पतालमा स्तरोन्नति गरिएको बताउँदै उनले अस्पताल नभएका प्रदेशका चार स्थानमा ५० शय्याको प्रादेशिक अस्पताल निर्माण गरिएको जानकारी दिए । 

जनकपुरधामस्थित अस्पताललाई विशिष्ट श्रेणीको अस्पतालका रूपमा विकास गर्ने गरी भौतिक पूर्वाधारसँगै जनशिक्त र उपकरणको प्रबन्ध मिलाउने कार्य भइरहेको जानकारी मन्त्री सिंहले वीरगन्जस्थित प्रादेशिक आयुर्वेद अस्पताललाई १० शय्याको अस्पतालका रूपमा विकास गर्ने गरी कार्य अघि बढाएको बताए ।

वीरगन्ज महानगरपालिकाले वीरगन्जमा मिर्गौला प्रत्यारोपण सेवा  सञ्चालनका लागि तत्काल कार्य अघि बढाउन सङ्घीय सरकारसँग आग्रह गर्दै उनले त्यसका लागि महानगरपालिकाले भवन निर्माण गरिदने प्रतिबद्धता व्यक्त  गरे ।

वीरगन्जले ४७ प्रतिशत राजस्व तिर्दै आए पनि त्यो अनुसारको विकासका लागि वीरगन्जलाई बजेट उपलब्ध नगराएको प्रति दुःख व्यक्त मन्त्री सिंहले वीरगन्जको स्वास्थ्य, सडक, खानेपानीलगायतका क्षेत्रको विकासका लागि बजेट विनियोजन गर्न सङ्घीय सरकारसँग आग्रह गरे ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रदीप यादवले काठमाडौँको वीर अस्पतालसँगै वीरगन्जको नारायणी अस्पताल निर्माण भए पनि सरकारी उदासिनताका कारण नारायणी अस्पतालले जनशक्ति र उपकरण अभावसँगै सरसफाइको समस्या भोग्दै आएको उल्लेख गर्दै तत्काल नारायणी अस्पतालमा दक्ष जनशक्ति र उपकरण उपलब्ध गराउन सरकारसँग आग्रह गरे ।

प्रतिनिधिसभा सदस्य अजयकुमार चौरसियाले नारायणी अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्न माग गर्दै अस्पतालको सेवामा सुधार ल्याउन आफ्नो संसदीय कोषबाट बजेट उपलबध गराउने घोषणा गरे । सो अवसरमा प्रतिनिधिसभा सदस्य प्रभु हजार पासवानले नारायणी अस्पतालको अपलत्र परेको पाँच सय शय्याको अस्पताल भवन निर्माणको काममा देखिएका बाधालाई फकाएर तत्काल निर्माणकार्य अघि बढाउन आग्रह गरे ।

नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा।चितरञ्जन साहले हाल तीन सय ५० शय्याको अस्पतालसँगै आइसीयू, डाइलायसिसलगायत सेवा सञ्चालन भइरहेको जानकारी दिए । 

नेपालका विभिन्न ठाउँसहित छिमेकी मुलुक भारतबाट समेत आउने दैनिक एक हजार दुई सयभन्दा बढी बिरामीलाई ओपिडी सेवामार्फत उपचार सेवा उपलब्ध गराउँदै आएको उल्लेख गर्दै प्रमुख मेसु डा साहले भौतिक संरचनाको अभाव र दरबन्दीअनुसारको जनशक्ति नहुँदा उपचार गर्न समस्या भइरहेको बताए ।

सो अवसरमा मधेस प्रदेशसभा सदस्य जनार्दनसिंह क्षेत्री, राजकुमार गुप्ता, नारायणी अस्पताल विकास समितिका सदस्य किरण शर्माले नारायणी अस्पतालमा देखिएको जनशक्ति र उपकरणको समस्या तत्काल समाधान गर्न आग्रह गरे ।

कार्यक्रममा मन्त्री बस्नेतले नारायणी अस्पतालको भौतिक पूर्वाधार निर्माणमा योगदान गरेवापत वीरगन्ज महानगरपालिका प्रमुख राजेशमान सिंह, वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल अग्रवाल, सहरी विकास तथा भवन कार्यालय वीरगन्जका प्रमुख मदन राय, सिद्धार्थ बैंक लिमिटेड वीरगन्ज र राउण्ड टेबल वीरगन्जलाई दोसल्ला ओढाएर सम्मान गरे ।

यस्तै स्वास्थ्यको क्षेत्रमा विशेष योगदान पुर्याएको भन्दै वरिष्ठ चिकित्सक डा रामअवतार खेतान, डा।गोपालप्रसाद गजुरेल र राधाकृष्ण ज्ञवालीलाई समेत मन्त्री बस्नेतले दोसल्ला ओढाएर सम्मान गरे । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौँ।  नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा गरिएको छ। देव खनालको कप्तानीमा मंगलबार १४ सदस्यीय राष्ट्रिय टोल...

नामिबिया टी२० विश्वकपमा छनोट

काठमाडौँ। नामिबिया लगातार तेस्रो पटक आईसीसी टी२० विश्वकपमा छनोट भएको छ। घरेलु मैदानमा आयोजना भएको अफ्रिका छनोटमा लगातार पाँचौँ जित हासिल गर्दै नामिबिय...

घुस लिँदालिँदै नायव निरीक्षक पक्राउ

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको बढैयाताल गाउँपालिका मैनापोखरमा कार्यरत प्रहरी नायव निरीक्षक पवन साउदलाई घुस लिँदै गरेको अवस्थाम...

काठमाडौँलाई चाँडै मेलम्चीको पानी खुवाउँछु : खानेपानीमन्त्री

काठमाडौँ । खानेपानीमन्त्री महिन्द्रराय यादवले काठमाडौँबासीलाई छिटोभन्दा छिटो मेलम्चीको पानी खुवाउने बताएका छन् ।  काठमाडौंवासीले सो पानी एक हप्ता भ...

प्रदेशका गृहमन्त्रीहरुले बुझाए संघीय गृहमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ । प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्रीहरूले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर ज्ञापनपत्र बुझाएका छन् । मं...

बुस्टर डोजका लागि ल्याइयो थप साढे ३ लाख कोभिड खोप

काठमाडौँ। कोरोना भाइरसको संक्रमण विरुद्धको थप खोप आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संंक्रमण नभए पनि दीर्घरोगी, विदेश जानका ला...

महिलालाई प्रत्यक्ष चुनावमा आरक्षणको व्यवस्था गर्नुपर्छ : उपसभामुख राना

काठमाडौँ। उपसभामुख इन्दिरा रानाले महिलाहरुलाई प्रत्यक्ष निर्वाचनमा लड्नका लागि आरक्षणको व्यवस्था गर्नुपर्ने बताएकी छन्।  सोमवार ललितपुरमा आयोजित ‘म...

बुवाको हत्या आरोपमा छोरा पक्राउ

काठमाडौँ। झापामा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । कमल गाउँपालिका–४ बस्ने २३ वर्षीय आशिष तामाङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेक...

अनेरास्ववियूले गर्यो भूकम्प प्रभावित विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

काठमाडौँ। नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले जाजरकोटका भूकम्प प्रभावित विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ। अनेरास्ववि...

भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा लाग्न उपप्रधानमन्त्री खड्काको निर्देशन

काठमाडौँ। उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावितका लागि तत्काल अस्थायी आवास निर्माणमा लाग्न सरोकारवालालाई निकायलाई निर्द...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies