काठमाडौं । भारतस्थित हावडा म्युनिसिपल कर्पोरेसन, हावडा, कोलकाताले नेपालका आदिकवि भानुभक्त आचार्यका नामबाट स्थानीय सडकको नामकरण गरेको छ । पश्चिम बङ्गालका कृषिमन्त्री अरुप रायका पहलमा सेन्ट थोमस हाइस्कुल, चपलादेवी रोडदेखि मनसातला हुँदै नरसिंह दत्तो रोडसम्मको आधा किलोमिटर सडकलाई पहिलेको ‘डब्ल्यु रोड’ का स्थानमा ‘भानुभक्त सरिणी’ नाम राखिएको हो ।
नेपाली जनकल्याण समिति, दासनगर, हावडाले करिब २५ वर्षदेखि भानुभक्त जयन्ती मनाउँदै आएको र आठ वर्षदेखि सो नाम राख्न माग गर्दै आएको थियो । समितिका अध्यक्ष बद्रीविक्रम थापाले यसै वर्ष नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईकाे प्रमुख आतिथ्यमा २१० औँ भानुजयन्ती मनाएको जनाउँदै आफ्नो संस्थाको अनुरोध ढिलै भए पनि स्विकारेकामा पश्चिम बङ्गाल सरकार र नगरपालिकालाई धन्यवाद दिए । संयुक्त नेपाली केन्द्रीय सेवा सङ्घका अध्यक्ष पनि रहेका थापाका अनुसार उपयुक्त समयमा भानुभक्त मार्गको उद्घाटन गरिने छ ।
गङ्गासागर मेला, दुर्गापूजा, रक्तदान शिविर, बुद्धजयन्ती, मोतीराम जयन्तीलगायत विभिन्न स्वयंसेवी काम गर्दै आएको केन्द्रीय सेवा सङ्घअन्तर्गत पर्ने सात समितिमध्ये जनकल्याण समितिले भानुजयन्तीका अवसरमा हरेक वर्ष ‘बिहानी’ नामक साहित्यिक पत्रिका पनि प्रकाशन गर्दै आएको र सोका सम्पादकमा नरविक्रम थापा रहेको समितिका सचिव रामबहादुर कार्कीले जानकारी दिए ।
भारत नेपाल जनमैत्री मञ्च कोलकाता लगायत सङ्घसंस्था पनि साहित्यिक कार्यक्रम आदिमा संलग्न रहेको जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १०:३७
चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...
मंसिर २९ गते, २०८२ - १०:३३
काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...
मंसिर २९ गते, २०८२ - १०:१८
ललितपुर । सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...
मंसिर २९ गते, २०८२ - ०८:४७
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...
मंसिर २९ गते, २०८२ - ०८:३४
काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याएको बताएकी छिन् । सं...
मंसिर २९ गते, २०८२ - ०८:३२
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...
मंसिर २९ गते, २०८२ - ०८:२१
बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...
मंसिर २९ गते, २०८२ - ०८:२०
मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...
मंसिर २९ गते, २०८२ - ०८:१५
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...
मंसिर २९ गते, २०८२ - ०८:११
काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...




प्रतिकृया लेख्नुहोस्: