Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

आत्महत्या न्यूनीकरण अभियानमा प्रहरी

खबरडबली संवाददाता

सुनसरी। “आशा जगाऔँ, जीवन बचाऔं” भन्ने मूल नाराका साथ प्रहरी आजभोलि विद्यालयहरुमा पुग्ने गरेको छ । विद्यार्थीको बाल मानसपटलमा सकारात्मक उर्जा भर्न मुस्कानसहित प्रहरी यतिबेला विद्यालयहरुमा पुग्ने गरेको हो ।

विद्यालयमा प्रहरीका काम कारवाहीबारे जानकारी गराउन नभई विद्यालयमा हुर्कदै गरेको बाल मानसपटलमा आत्महत्या न्यूनीकरणबारे सकारात्मक उर्जा भर्न समुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरी विद्यालयमै पुग्ने गरेको हो ।

बाल बालिकाहरुको बढ्दो उमेरसँगै शारीरिक, मानसिक र बौद्धिक विकासका क्रममा आउने उतारचढावका कारण उनीहरुमा नकारात्मक विचारहरु आउने गर्दछ । यसलाई न्यूनीकरण गरी बालालिकामा जीवनप्रति आशावादी विचार राख्न सकारात्मक सोचको विकास गर्ने उद्देश्यले जिल्लका शैक्षिक संस्थाहरुमा सचेतना अभियान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए ।

पछिल्लो समय आत्महत्याका घटनाहरु जिल्लामा बढ्दै गएपछि प्रहरी र  सरोकारवाला संस्थाहरुले आत्महत्या न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रमलाई तीव्रता दिइएको छ ।

सुनसरी जिल्लाका १२ वटै स्थानीय निकायहरुमा रहेका विद्यालयहरुमा प्रहरीले अभियान नै चलाएर आत्महत्या न्यूनीकरणको सचेतना कार्यक्रम गर्दै आएको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले बताए । आत्महत्यालाई  न्यूनीकरण गर्न समुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सचेतनामूलक अभियान थालिएको उनको भनाइ छ । आत्महत्यालाई न्यूनीकरण गर्न विद्यालयहरुबाट सचेतना कार्यक्रम थालिएको बताउँदै उनले मान्छेमा चेतना नभएकै कारण आत्महत्याका घटना बढिरहेको र सबैले आ–आफनो ठाउँबाट सचेतना अभियान सुरु गर्नुपर्ने बताए ।

यता वराहक्षेत्र नगरक्षेत्रमा आत्महत्याका घटना बढ्न थालेपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरले आत्महत्या रोकथामसम्बन्धी विद्यालय स्तरमै गएर सचेतना अभियान गर्दै आएको छ । 

नगरक्षेत्रमा आत्महत्याका घटना बढ्न थालेपछि नगरपालिका क्षेत्रभित्र रहेका विद्यालयहरुमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई आत्महत्या न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रममार्फत सचेतना गराउन थालेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

प्रहरी र ओरेक नेपाल सुनसरीकोे सहकार्यमा वराहक्षेत्र नगरको विद्यालयहरुमा पुगेर विद्यार्थीहरुलाई आत्महत्या न्यूनीकरणबारेमा अभियान चलाउँदै आएको ओरेक नेपालकी सुनसरी जिल्ला कार्यक्रम अधिकृत विमला घिमिरेले बताइन् ।  आत्मा हत्या के कारणले गर्छन् भन्नेबारे छलफल र मानसिक स्वास्थ्यसँग जोडेर विद्यार्थीहरुलाई आत्माहत्या न्यूनीकरणका बारेमा सचेतना गर्दै आएको उनले बताइन् । के कारणले आत्माहत्याका सोचहरु आउछन् र सोचहरु आउँदा के उपाय अपनाउन सकिन्छ भन्ने विषयहरुमा रहेर काम गर्दै आएका उनले बताइन् ।

जिल्ला भरिका विद्यालयहरुमा समुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत अभियान चलाउँदै आएको जिल्ला प्रहरी कार्यालाय सुनसरीले जनाएको छ । प्रहरीको अभियानमा विद्यार्थीहरु जिज्ञासु बनेर कार्यक्रममा सहभागी हुँदै आएका छन् ।

विद्यालय स्तरबाट सचेतना कार्यक्रम हुने हुँदा बाल मनोविज्ञानमा सकारात्मक प्रभाव पर्दै आएको छ । आत्म हत्या न्यूनीकरणमा कार्यक्रमले प्रभावकारी भूमिका निर्वाह गर्दे आएको ओरेक नेपालकी कार्यक्रम अधिकृत विमला घिमिरेले बताइन् ।

प्रहरीले सिकाउने कार्यक्रमले विद्यार्थीहरुमा सकारात्मक प्रभाव पर्ने गरेको छ । उनीहरुले धेरै कुरा जान्न बुझन पाएका छन् । मान्छेमा दिनप्रतिदिन जिवनप्रति आशावादी हुन नसक्दा आत्महत्याका घटना बढिरहेका छन् । सबैले आ–आफनो गाउँ, टोल सबैतिरबाट आत्महत्यालाई  न्यूनीकरण गर्न सकारात्मक सोचका साथ लाग्नुपर्ने बेला आएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मनकामना पुगेर फर्किंदै गरेको माइक्रो भीरबाट खस्यो

काठमाडौं  । गोरखाको मनकामना पुगेर फर्किएको माइक्रो बस भीरबाट खसेको छ । शनिबार बेलुका सहिद लखन गाउँपालिका–३, कान्टारनजिकै भीरबाट माइक्रो खसेको गोरखा प्...

एमालेले टुङ्गो लगायो समानुपातिक सांसद, को–को परे ?

काठमाडौं  । नेकपा (एमाले) को सचिवालय बैठकले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदहरूको नामावली टुंगो लगाएको छ । पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न...

प्राधिकरणको केन्द्रीय ‘वर्कसप’ले गर्‍यो नौ सय ट्रान्सफर्मर मर्मत

बाग्मती। कर्मचारी अभावका बाबजुद मकवानपुरको हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय ‘वर्कसप’ले चालु आर्थिक वर्षको सात महिनामा नौ सय ट्रान्सफर...

ग्यास उद्योगलाई कडाइः विक्रेतालाई बाँडिएको ग्यासको विवरण निगमलाई १० बजेभित्रै जानकारी गराउनु पर्ने

काठमाडौँ । नेपाल आयल निगमले मुलुकभरका ग्यास उद्योगीलाई आफ्ना विक्रेतालाई बिक्री गरेको ग्यासको विवरण दैनिक रूपमा बिहान १० बजेभित्र अनिवार्य सार्वजनिक ग...

श्रम संस्कृति पार्टीले टुंग्यायो समानुपातिक सांसदको नाम

विराटनगर । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभातर्फ समानुपातिक प्रणालीबाट पठाउने चार जना सांसदको नाम टुंगो लगाएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा ...

बिहान उठेर खाली पेट पानी पिउनुका ११ फाइदा

काठमाडौं । बिहान उठ्नेबित्तिकै खाली पेट पानी पिउनु स्वास्थ्यका लागि लाभदायक बानीका रूपमा लिइन्छ। स्वास्थ्य विज्ञहरूका अनुसार यो अभ्यासले शरीरलाई सक्रि...

रोल्पामा माटोको ढिस्कले पुर्दा एक महिलाको ज्यान गयो, तीन घाइते

रोल्पा । रोल्पामा घर पोत्ने माटो खन्ने क्रममा ढिस्कोले पूरिएर एक महिलाको ज्यान गएको छ, भने तीन जना घाइते भएका छन् । रुन्टीगढी गाउँपालिका–७ खाक्सीवनकी ...

पत्रकारिता र कवितामा अलग पहिचान बनाएका सुरेश किरणको अवसानले साहित्य जगत् शोकमा

काठमाडौं । नेपाली साहित्य, पत्रकारिता र भाषा आन्दोलनका सक्रिय हस्ताक्षरको निधन भएको छ। उनको निधनसँगै नेपालभाषा साहित्य, समसामयिक व्यङ्ग्य र भाषिक अधिक...

महावीर पुनको चुनावी हिसाबकिताब : २८ लाख खर्च, २७ लाखभन्दा बढी बचत

बागलुङ । प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भएपछि उम्मेदवारहरूले निर्वाचन आयोगमा खर्च विवरण बुझाउने क्रम जारी छ। यही क्रममा म्याग्दीबाट निर्वाचित सा...

सञ्चालनमा आयो ललितपुर महानगरको अपांगतामैत्री प्रशासनिक भवन

ललितपुर । ललितपुर महानगरपालिकाको अपांगतामैत्री अत्याधुनिक प्रशासनिक भवन सञ्चालनमा आएको छ । ललितपुर–१२ को प्रशासनिक कार्यालयसमेत सञ्चालन हुनेगरी महानगर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: