Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

आत्महत्या न्यूनीकरण अभियानमा प्रहरी

खबरडबली संवाददाता

सुनसरी। “आशा जगाऔँ, जीवन बचाऔं” भन्ने मूल नाराका साथ प्रहरी आजभोलि विद्यालयहरुमा पुग्ने गरेको छ । विद्यार्थीको बाल मानसपटलमा सकारात्मक उर्जा भर्न मुस्कानसहित प्रहरी यतिबेला विद्यालयहरुमा पुग्ने गरेको हो ।

विद्यालयमा प्रहरीका काम कारवाहीबारे जानकारी गराउन नभई विद्यालयमा हुर्कदै गरेको बाल मानसपटलमा आत्महत्या न्यूनीकरणबारे सकारात्मक उर्जा भर्न समुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरी विद्यालयमै पुग्ने गरेको हो ।

बाल बालिकाहरुको बढ्दो उमेरसँगै शारीरिक, मानसिक र बौद्धिक विकासका क्रममा आउने उतारचढावका कारण उनीहरुमा नकारात्मक विचारहरु आउने गर्दछ । यसलाई न्यूनीकरण गरी बालालिकामा जीवनप्रति आशावादी विचार राख्न सकारात्मक सोचको विकास गर्ने उद्देश्यले जिल्लका शैक्षिक संस्थाहरुमा सचेतना अभियान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए ।

पछिल्लो समय आत्महत्याका घटनाहरु जिल्लामा बढ्दै गएपछि प्रहरी र  सरोकारवाला संस्थाहरुले आत्महत्या न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रमलाई तीव्रता दिइएको छ ।

सुनसरी जिल्लाका १२ वटै स्थानीय निकायहरुमा रहेका विद्यालयहरुमा प्रहरीले अभियान नै चलाएर आत्महत्या न्यूनीकरणको सचेतना कार्यक्रम गर्दै आएको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले बताए । आत्महत्यालाई  न्यूनीकरण गर्न समुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सचेतनामूलक अभियान थालिएको उनको भनाइ छ । आत्महत्यालाई न्यूनीकरण गर्न विद्यालयहरुबाट सचेतना कार्यक्रम थालिएको बताउँदै उनले मान्छेमा चेतना नभएकै कारण आत्महत्याका घटना बढिरहेको र सबैले आ–आफनो ठाउँबाट सचेतना अभियान सुरु गर्नुपर्ने बताए ।

यता वराहक्षेत्र नगरक्षेत्रमा आत्महत्याका घटना बढ्न थालेपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरले आत्महत्या रोकथामसम्बन्धी विद्यालय स्तरमै गएर सचेतना अभियान गर्दै आएको छ । 

नगरक्षेत्रमा आत्महत्याका घटना बढ्न थालेपछि नगरपालिका क्षेत्रभित्र रहेका विद्यालयहरुमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई आत्महत्या न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रममार्फत सचेतना गराउन थालेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

प्रहरी र ओरेक नेपाल सुनसरीकोे सहकार्यमा वराहक्षेत्र नगरको विद्यालयहरुमा पुगेर विद्यार्थीहरुलाई आत्महत्या न्यूनीकरणबारेमा अभियान चलाउँदै आएको ओरेक नेपालकी सुनसरी जिल्ला कार्यक्रम अधिकृत विमला घिमिरेले बताइन् ।  आत्मा हत्या के कारणले गर्छन् भन्नेबारे छलफल र मानसिक स्वास्थ्यसँग जोडेर विद्यार्थीहरुलाई आत्माहत्या न्यूनीकरणका बारेमा सचेतना गर्दै आएको उनले बताइन् । के कारणले आत्माहत्याका सोचहरु आउछन् र सोचहरु आउँदा के उपाय अपनाउन सकिन्छ भन्ने विषयहरुमा रहेर काम गर्दै आएका उनले बताइन् ।

जिल्ला भरिका विद्यालयहरुमा समुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत अभियान चलाउँदै आएको जिल्ला प्रहरी कार्यालाय सुनसरीले जनाएको छ । प्रहरीको अभियानमा विद्यार्थीहरु जिज्ञासु बनेर कार्यक्रममा सहभागी हुँदै आएका छन् ।

विद्यालय स्तरबाट सचेतना कार्यक्रम हुने हुँदा बाल मनोविज्ञानमा सकारात्मक प्रभाव पर्दै आएको छ । आत्म हत्या न्यूनीकरणमा कार्यक्रमले प्रभावकारी भूमिका निर्वाह गर्दे आएको ओरेक नेपालकी कार्यक्रम अधिकृत विमला घिमिरेले बताइन् ।

प्रहरीले सिकाउने कार्यक्रमले विद्यार्थीहरुमा सकारात्मक प्रभाव पर्ने गरेको छ । उनीहरुले धेरै कुरा जान्न बुझन पाएका छन् । मान्छेमा दिनप्रतिदिन जिवनप्रति आशावादी हुन नसक्दा आत्महत्याका घटना बढिरहेका छन् । सबैले आ–आफनो गाउँ, टोल सबैतिरबाट आत्महत्यालाई  न्यूनीकरण गर्न सकारात्मक सोचका साथ लाग्नुपर्ने बेला आएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा नेता काशी महतोको निधन, पार्टी र समाजमा अपूरणीय क्षति

काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को  निधन भएकाे छ । महतोको नि...

जुम्लामा ‘फायर हाइड्रेन्ट’ को सफल प्रयोग, जोगियो ठूलो क्षति

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...

एमाले महाधिवेशनअगाडि पोखरेलको फरक दस्तावेज, ओलीसँग छलफलको तयारी

काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...

४ महिनाका शिशुको हत्या आरोपमा प्रहरी असई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...

विप्लव, प्रभाकर र घनश्याम सँग बलदेव आक्रमक: अन्तिममा तीनैजना ओलीकै पछि लाग्छन्

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...

सल्यानको कोटबारामा बस दुर्घटना

सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...

राष्ट्रिय बायोग्यास कार्यक्रम कागजमै सीमित, मैदानमा प्रणाली बन्द

उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट

जेनजी आन्दोलनपछिको चुनौतीबीच पनि तनहुँ प्रशासनको सेवा निरन्तर

तनहुँ  । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending