Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

परनिर्भर हुँदै मुलुक- तरकारीदेखि मकैसम्म आयातकै भर

खबरडवली संवाददाता
काठमाडौं । मुलुक परनिर्भर हुँदै स्वदेशमै उत्पादन गर्न सकिने वस्तुको आयातमा निरन्तर अघि बढिरहेको छ । नेपालमै उत्पादन हुनसक्ने कृषि उत्पादन नै बर्सेनि आयात हुन थालेसँगै मुलुक परनिर्भर बन्दै गएको हो । तरकारी, धान, चामल, भटमासको तेल, सूर्यमुखी तेल, औषधिलगायतका सामग्री आयात बढिरहेको छ । विद्युत्ले प्रतिस्थापन गर्न सकिने इन्धनको आयातमा कमी नआउँदा पनि मुलुक परनिर्भरको चपेटामा पर्दै गएको हो । नेपालमा अत्यधिक आयात हुने प्रमुख वस्तुहरूमा डिजेल, पेट्रोल, खाना पकाउने ग्यास, हवाई इन्धन, फलामजन्य उत्पादन, स्टिल तथा फलामका पाता, स्मार्ट फोन, सुन, औषधिका कच्चा सामग्री, कोइला, युरिया, भटमासको तेल, धान, सूर्यमुखीको कच्चा तेल, मेडिकल उपचारका लागि आवश्यक सामग्री, अर्धनिर्मित फलामजन्य उत्पादन, छड, आटा, हवाईजहाज तथा पार्टपूर्जा, बिटुमन, पेयपदार्थ र मकैलगायत छन् । मुलुकको व्यापार घाटा बढाइरहेको प्रमुख कारक तत्वका रूपमा रहेको पेट्रोलियम पदार्थको आयातलाई विस्थापन गर्नेगरी विद्युत्को उपयोग गराउन नीति लिन सकिने अवस्था रहँदा पनि सरकारले बिजुली निर्यात गर्नेमा ध्यान दिएको मात्रै देखिएको छ । मुलुकमा नै बिजुली उपभोग गराउन प्रचार गर्ने र उत्प्रेरित गर्ने कार्य गर्न सकिएको छैन । चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनामा ५ अर्ब ४२ करोड ३१ लाख रुपैयाँको बिजुली निर्यात हुँदा पेट्रोलियम पदार्थको आयात ३३ अर्ब ७२ करोड रुपैयाँको भएको छ । साउन र भदौ महिनामा विकास निर्माण नहुने भएकाले खासै पेट्रोलियम पदार्थको खपत नहुने समयमा समेत ३४ अर्बको आयात हुनु परनिर्भरताको पराकाष्ठा भएको विज्ञहरूको भनाइ छ । भन्सार विभागका अनुसार दुई महिनामा ७ अर्ब ३४ करोड ७१ लाख २५ हजार रुपैयाँबराबरको डिजेल आयात भएको छ । यसैगरी, ५ अर्ब ४४ करोड ७० लाख ७६ हजार रुपैयाँबराबरको पेट्रोल आयात हुँदा ३ अर्ब ८२ करोड ७ लाख ३५ हजारको खाना पकाउने ग्यास आयात भएको छ । त्यस्तै, ३ अर्ब ७४ करोडको फलामजन्य उत्पादन र ३ अर्ब ३६ करोडको स्टिल तथा फलामका पाता आयात भएका छन् । ५ अर्ब ३६ करोड ५२ लाखको स्मार्ट फोन र २ अर्ब ९० करोडको धान आयात भएको छ । रासायनिक मलसहित अन्य युरिया मात्रै ३ अर्ब २४ करोड १७ लाखको आयात भएको छ । सुन मात्रै ४ अर्ब १२ करोड ८१ लाख ८३ हजार रुपैयाँको आयात भएको देखिएको छ । ३ अर्ब ५३ करोड ३१ लाखको कोइला आयात भएको छ । विभागका अनुसार २ अर्ब ९६ करोड ५० लाखबराबरको भटमासको कच्चा तेल आयात भएको छ । यसैगरी, २ अर्ब ८८ करोड रुपैयाँको सूर्यमुखीको कच्चा तेल आयात भएको छ । यो समाचार राजधानी दैनिकमा छ ।
Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending