Khabar Dabali २५ असार २०८३ बिहीबार | 9th July, 2026 Thu
Investment bank

१९औँ एसियाली खेलकुदमा २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन

नेपालको निराशाजनक प्रदर्शन

खबरडबली संवाददाता

हाङझाउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत सोमबारसम्म दुई सय २८ पदकको छिनोफानो भएको छ । एसियाली खेलकुदमा कुल सहभागी ४५ मुलुकमध्ये हालसम्म २५ मुलुकले पदक प्राप्त गरेका छन् । नेपाल भने हालसम्म पदकबिहीन अवस्थामा छ । नेपालले हालसम्म खेलेका कुनै पनि खेलमा राम्रो खेल प्रदर्शन गर्न सकेको छैन । 

सोमबारसम्मको खेल प्रदर्शनका आधारमा हालसम्म चीनले ३९ स्वर्ण २१ रजत र नौ कास्यसहित ६९ पदक प्राप्त गर्दै शीर्ष स्थान ओगटेको छ । यस्तै दक्षिण कोरिया १० स्वर्ण, १० रजत, १३ कास्यसहित ३३ पदकका साथ पदक तालिकाको दोस्रो स्थानमा रहेको छ । जापान पाँच स्वर्ण, १४ रजत र १२ कास्यका साथ ३१ पदक प्राप्त गर्दै तेस्रो स्थानमा तथा उज्वेकिस्तान चार स्वर्ण, ६ रजत र ६ कास्यसहित १४ पदकका साथ पदक तालिकाको चौथो स्थानमा रहेको छ । यस्तै हङकङ चाइना तीन स्वर्ण, चार रजत र सात कास्य सहित कुल १४ पदक प्राप्त गर्दै पाँचौँ स्थानमा रहेको छ ।  
नेपालको निराशाजनक प्रदर्शन
चीनको हाङझाउमा जारी १९ औँ एसियाली खेलकुदअन्तर्गत सोमबारसम्मको खेलमा नेपाली खेलाडीले निराशाजनक खेल प्रदर्शन गरेका छन् । टेनिसमा सोमबार नेपालका सबै खेलाडी पराजित भएका छन् । नेपाल चारवटै स्पर्धामा पराजित भएको हो । पुरुष एकलतर्फ पहिलो चरणको खेल जितेका नेपालका प्रदीप खड्का सोमबार जापानी खेलाडीसित सोझो सेटमा पराजित भए । 

पुरुष एकलतर्फ नै नेपालका अभिषेक बाँस्तोला हङकङसित पराजित भए । यसैगरी महिला डबल्समा नेपालकी अभिलाषा विष्ट र माहिका राणाको जोडी दक्षिण कोरियासित पराजित भए । मिक्स डबल्समा पनि नेपालका अभिषेक बाँस्तोला र अभिलाषा विष्टको जोडी इण्डोनेसियाका खेलाडीसित पराजित भयो । 

फेन्सिङमा पनि नेपाल पराजित 
एसियाली खेलकुदअन्तर्गत सोमबार फेन्सिङमा पनि नेपालका सबै खेलाडी पराजित भए । पुरुष साब्रे व्यक्तिगत स्पर्धामा नेपालका प्रयास योञ्जन पाँच वटै खेलमा पराजित भए । उनी काजकिस्तान, हङकङ, उज्वेकिस्तान, इरान र साउदी अरेबियाका खेलाडीसित पराजित भए । पुरुष साब्रे व्यक्तिगत स्पर्धामा नेपालका राजेन्द्र गजुरेल कुवेत, हङकङ, चीन, भियतनाम, दक्षिण कोरिया र जापानका खेलाडीसित पराजित भए । 

यस्तै महिला फोइल व्यक्तिगततर्फ नेपालकी मन्दिरा थापा हङकङ, जापान, जोर्डन, दक्षिण कोरिया, मकाउ र थाइल्यान्डका खेलाडीसित पराजित भइन् । यस्तै गोमा आचार्य दक्षिण कोरिया, थाइल्यान्ड, जापान, सिंगापुर, युएई र चीनका खेलाडीसित पराजित भइन् ।

रग्बीमा नेपाल जितबिहीन 
रग्बीमा पहिलो पटक एसियाली खेलकुदमा सहभागी भएको नेपालको पुरुष टोली पराजित भयो । समूह सी मा रहेको नेपाल आइतबार यूएई, चीन र अफगानिस्तानसित पराजित भएको हो । सोमबार नेपाल फिलिपिन्स र थाइल्याण्डसित पनि पराजित भयोि । 

साइक्लिङमा पनि खराब प्रदर्शन 
सोमबार साइक्लिङ क्रस कन्ट्रीमा प्रतिस्पर्धा गरेका नेपालका दुवै खेलाडीले दौड पूरा गर्न सकेनन् । महिलातर्फ उषा खनाल र पुरुषतर्फ सुरज राना मगर सहभागी भएका थिए । दुवै जनाले निर्धारित दूरी पूरा गर्न सकेनन् । दुवैले माउन्टेन बाइक क्रसकन्ट्रीमा भाग लिएका थिए । पुरुषतर्फ कूल १७ खेलाडी सहभागी थिए । महिलातर्फ १५ खेलाडी सहभागी थिए । 

बास्केटबलमा जापानसित पराजित
महिला थ्री बाई थ्री बास्केटबलमा नेपाल सोमबार जापानसित पराजित भएको छ । समूह बी अन्तर्गत नेपाल जापानसँग २२–४ अकले पराजित भएको हो । श्रेया खड्काको कप्तानीमा रहेको नेपाली टोलीमा गरिसा सिलवाल, मिना गुरुङ र रिन्छेन मोक्तान रहेका छन् । नेपालले अब बुधबार काजकिस्तानसित तथा शुक्रबार ताइपेईसित खेल्ने छ । 

बक्सिङमा रविन विजयी  
पुरुष बक्सिङमा सोमबार नेपालका रविन थापाले ५१ किलो तौल समूहमा अन्तिम ३२ को खेलमा इन्डोनेसियाका खेलाडीलाई पराजित गरे । उनी अंकका आधारमा ४–१ ले विजयी भएका हुन् । रविनले अब प्रिक्वाटर फाइनलमा उत्तर कोरियाका खेलाडीसित खेल्नेछन् ।

तेक्वान्दोमा दुवै खेलाडी पराजित
तेक्वान्दोमा सोमबार नेपालका दुवै खेलाडी पराजित भएका छन् । तेक्वान्दोमा नेपालकी अन्जली तामाङले मिश्रित खेल प्रदर्शन गरिन् । महिला ४९ किलोमुनिको तौल समूहमा उनले पहिलो चरणमा कम्बोडियाकी खेलाडीलाई १०–४ अंकले पराजित गरिन् । प्रिक्वाटर फाइनलमा भने अन्जली थाइल्यान्डकी खेलाडसित पराजित भइन् । यस्तै पुरुष ५८ किलोमुनीको राउण्ड अफ ३२ मा नेपालका राहुल कुमाल साउदी अरेबियाका खेलाडसित पराजित भए । 

जुडोमा पनि नेपाल पराजित
जुडोमा पनि सोमबार नेपालका तीनवटै खेलाडी पराजित भए । नेपालका मनीता श्रेष्ठ, जंगबहादुर सारु र पुनम श्रेष्ठ इप्पोनका आधारमा पराजित भएका थिए।

पुनम महिला ७५ किलोमुनिको तौल समूहमा मंगोलियाकी खेलाडीसत पराजित भइन् । महिला ५७ किलोमुनिको तौल समूहमा मनीता तुर्कमिनिस्तानकी खेलाडीसित पराजित भइन् । यस्तै पुरुष ८१ किलोमुनिको तौल समूहमा जंगबहादुर फिलिपिन्सका खेलाडीसत पराजित भए ।

उसुमा कमजोर प्रदर्शन
उसुमा पनि सोमबार नेपाली खेलाडीहरुको प्रदर्शन कमजोर रह्यो । थाउलोअन्तर्गत महिला चाङक्वानमा नेपालकी सुस्मिता तामाङ ११ खेलाडीमध्ये आठौं स्थानमा रहिन् । थाउलोकै पुरुष ताजिक्वानमा नेपालका पासाङ शेर्पा १८ खेलाडीमा अन्तिममा रहे । 

पौडीमा नेपाली खेलाडी हिट चरणबाटै बाहिरिए 
पौडीमा पनि सोमबार नेपाली खेलाडी हिट चरणबाटै बाहिरिए । महिला २०० मिटर फ्रिस्टायलमा नेपालकी डुवाना लामा हिट चरणबाटै बाहिरिइन् । उनी  आठ खेलाडी सहभागि हिटमा अन्तिम स्थानमा रहिन् । यस्तै पुरुष ५० मिटर फ्रिस्टायलमा एलेक्स शाह पनि आफ्नो हिटमा अन्तिम स्थानमा रहँदै बाहिरिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विरोधको शैली परिवर्तन गर्न सभामुखको आग्रह, विपक्षी असहमत

काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा निरन्तर भइरहेको विरोधको शैली परिवर्तन गर्न विपक्षी दलहरूलाई आग्रह गरेका छन्। तर विपक्षी दलहरूले सभा...

प्रधानमन्त्रीको अभिव्यक्तिबारे जवाफ माग्दै प्रतिनिधिसभामा विपक्षीको आजपनि विरोध

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा आज पनि विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विरोध जनाएका छन्। सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु भएक...

बजारमा ह्वात्तै घट्यो सुनचाँदीको मुल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। बुधबारको तुलनामा सुन प्रतितोला रु २ हजार ४०० र चाँदी प्रतितोला रु १६० ले सस्तिएको हो। नेपाल ...

बाल मन्दिर जग्गा भाडा प्रकरणमा तीन जना पक्राउ

काठमाडौं । बाल मन्दिरको जग्गा भाडामा दिइएको विषयसँग सम्बन्धित विवादमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो...

राष्ट्रिय सभाबाट आज चार अध्यादेश प्रतिस्थापन विधेयक फास्ट ट्र्याकमा पारित गर्ने तयारी

काठमाडौं । राष्ट्रिय सभाले आज चारवटा अध्यादेश प्रतिस्थापन विधेयक फास्ट ट्र्याक प्रक्रियामार्फत पारित गर्ने तयारी गरेको छ। राष्ट्रिय सभाको बैठक दिउँसो ...

प्रधानमन्त्रीले आज निर्माण व्यवसायीसँग छलफल गर्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रमा देखिएका समस्या, तिनको समाधान, निर्माण व्यवसायीले भोगिरहेका व्यावहारिक चुनौती तथा सरकारले गर...

आज पनि देशभर वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा बदली रहने तथा विभिन्न प्रदेशका पहाडी, हिमाली र तराईमा मेघगर्जन, चट्याङसहित वर्षा...

गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त, यस्ता छन् अन्य मन्त्रिपरिषद्का आठ निर्णयहरु

काठमाडौं। सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिष...

रुपन्देहीमा दुई दिनमै १६ वटा गोमनका बच्चा उद्धार, सर्पबाट सतर्क रहन आग्रह

बुटवल। रुपन्देहीका सर्प उद्धारकर्ता विशाल पाण्डेले दुई दिनको अवधिमा १६ वटा गोमन (कोब्रा) सर्पका बच्चाको उद्धार गरेका छन्। पाण्डेले तिलोत्तमा नगरपाल...

स्थानीय तहका पदाधिकारीको सुविधा संशोधन विधेयक प्रदेश सभाबाट फिर्ता हुने

दाङ। लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending