Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

डेढ वर्षमा सक्नुपर्ने जलवीरे-तेम्बाथाङ सडक पाँच वर्षसम्म पनि अधुरै

खबरडबली संवाददाता

काठमाडाैं । डेढ वर्षमा सक्नुपर्ने जलवीरे-तेम्बाथाङ सडक पाँच वर्षसम्म पनि अधुरै  रहेकाे छ । ठेकेदार कम्पनीले समयमा काम नगरेका कारण सडक ठेक्का लागेकाे पाँच वर्ष सम्म पनि अधुरै रहेकेा हाे । 

बलेफीदेखि जुगल गाउँपालिका- ५ सम्म २० किलोमिटर सडक निर्माणको चरणमा छ । बलेफीदेखि जलवीरेसम्म १० किलोमिटर खण्ड सडक डिभिजन कार्यालय चरिकोटबाट ठेक्का भएर तीनवटा निर्माण कम्पनीले छुट्टाछुट्टै तीन प्याकेजमा गरिरहेका छन् । 

जलवीरेदेखि जुगल– ५ लप्सेसम्म १०‍.६३७ किलोमिटर सडक पूर्वाधार विकास कार्यालय चौताराले ०७५ चैतमा ठेक्का लगाएको हो । १८ महिनामा सक्नुपर्ने काम पाँच वर्षमा पनि अधुरो छ। सडक चौडा पार्ने, वाल लगाउने र ढलान गर्ने काम सकिए पनि कालोपत्रे हुन सकेको छैन। 

१५ चैत ०७५ बाट कन्टेक जेभीले जलवीरे–तेम्बाथाङ १० किलोमिटर सडकखण्ड कालोपत्रेको काम सुरु गरेको थियो । ४५ करोडको टेन्डर आह्वान भए पनि २६ करोड ५७ लाखमा कन्टेक जेभीले ठेक्का सम्झौता गरेको हो। 
पाँच वर्ष लगाएर बनाएको सडक अझै सफा भएको छैन। 

ठाउँ(ठाउँमा पहिरो गएको छ। धेरै स्थानमा नाली भत्केर बर्खाको भलले सडक बगाएको छ । तोकिएको समयमा काम पूरा नगरेको निर्माण कम्पनीलाई कारबाही गर्नुको साटो पूर्वाधार विकास कार्यालयले म्याद थपेकोथप्यै छ । ‘भौगोलिक कठिनाइले समयमा कालोपत्रे गर्न नसकेपछि हामीले आउँदो पुससम्मलाई अन्तिम म्याद तोकेका छौँ,’ पूर्वाधार विकास कार्यालय चौताराका प्रमुख वरिष्ठ इन्जिनियर राजु श्रेष्ठले भने। 

बर्खाको भलबाढी र पहिरोले पुरेको सडक पुनः सुधार गरेर पुससम्म कालोपत्रे सक्ने योजना रहेको उनले बताए। सडक जथाभावी खनेर लापरबाही गर्दा जलवीरेका स्थानीय गोकर्णदास श्रेष्ठले लगाएको गोलभेँडा खेतीलाई पहिरोले पुरेको छ ।  करिब दुई लाखबराबरको गोलभेँडा र तरकारी क्षति भएको श्रेष्ठले बताए। सडकको दूरावस्था अनुगमन गर्न संघीय सांसद सापकोटा पटकपटक यस क्षेत्रमा आएका छन् । यद्यपि, निर्माणको प्रगति विवरण यस्तो छ। 

सभामुख, मन्त्री र सांसदले पटकपटक अनुगमन गरेको सडक त समयमा बन्दैन भने अन्य ठाउँको अवस्था कस्तो होला रु यता बलेफीदेखि जलवीरे सडकखण्डको अवस्था पनि उस्तै छ। सडक डिभिजन चरिकोटले लगाएको ठेक्काको काम धमाधम भए पनि समयमा नसकिँदा हिलाम्मे सडकले स्थानीय हैरानीमा परेका छन्। 

बलेफीदेखि टुनेबोटेसम्म पाँच किलोमिटर सडकको हिलाम्मे अवस्थाले सवारीसाधन आवतजावतमा बाधा उत्पन्न भएको छ। झरी पर्दा यो सडकमा जीवनलाई हत्केलामा राखेर यात्रा गर्नुपर्ने अवस्था छ। टुनेबोटेदेखि जलवीरे बोक्सेखोलासम्मको पाँच किलोमिटर सडक सोवर्ण निर्माण कम्पनीले हालसालै ठेक्का सम्झौता गरेको छ। 

काम सुरु गर्न निर्माण सामग्री र जनशक्ति तयारी अवस्थामा रहे पनि स्थानीयको बालीनाली नपाकेसम्म राम्ररी काम गर्न सक्ने अवस्था छैन। सडकको दायाँबायाँ स्थानीयले लगाएको धानबाली भएकाले भनेजसरी काम गर्न नसकेको सोवर्ण निर्माण सेवाका प्रमुख अर्जुन थापाले बताए । 

पूर्वसभामुख अग्निप्रसाद सापकोटा र वर्तमान संघीय सांसद माधव सापकोटाको घर जाने बाटो हो– बलेफी–जलवीरे–तेम्बाथाङ सडक। वर्तमान स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको घर पनि यही क्षेत्रमा पर्छ उनी पनि यही बाटाे हुँदै आफ्नाे घर जाने आउने गर्छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पश्चिम तराईमा हुस्सु र शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...

एमाले महाधिवेशन असाधारण, स्वस्थ प्रतिस्पर्धा भएको विष्णु रिमालको धारणा

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...

काठमाडौँका २९ विद्यालयले राखे नेपालीपन झल्किने नयाँ नाम

काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छः मन्त्री श्रेष्ठ

मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...

एकैदिन घट्यो सुनको मूल्य तोलामा दुई हजार

काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...

दोलखामा कांग्रेसले प्रतिनिधि र समानुपातिक सांसदका लागि उम्मेदवार सिफारिस गर्‍यो

दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...

रवि लामिछानेको सशर्त रिहाइ विधिको शासन र राजनीतिक उपयुक्तताका दृष्टिले स्वागतयोग्य : बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...

टुकुचा खोलामा फोहर पानी प्रशोधन केन्द्र निर्माण हुँदै

काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...

शेरधन राईको घरमा डबल खुसी पद र पितृत्व, ५५ वर्षमा पहिलोपटक बाबु बन्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...

रूपन्देहीमा कलेज पढ्दै गरेका १७ वर्षीय युवकको हत्या,

रूपन्देही।  रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending