काठमाडौँ । त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालबाट एक वर्षमा एक लाख ५७ हजार सात सय ९१ जना बिरामीले बहिरङ्ग उपचार सेवा लिएका छन् ।
अस्पतालको १८ औँ वार्षिक साधारणसभामा सञ्चालक समितिका सचिव मेघराज गजुरेलले उक्त अवधिमा नौ हजार एक सय ८९ बिरामीको आँखाको शल्यक्रिया गरिएको जानकारी दिए । अस्पतालले गत आर्थिक वर्ष २०७९–८० पूर्ण तथा आंशिकरुपमा आठ सय ४० जना गरिब बिरामीले उपचारमा छुट दिएको थियो ।
अस्पतालले उपत्यका बाहिर सञ्चालन गरेको १३ सर्जिकल आँखा शिविरमा पाँच हजार दुई सय १२ जनाको आँखा परीक्षण गरिनुका साथै नौ सय ५० जनाको शल्यक्रिया गरेको सो अवसरमा जानकारी दिइयो ।
अस्पतालले ३७ स्क्रिनिङ शिविरबाट नौ हजार चार सय ५२ को आँखा परीक्षण गरी ७५ जनाको शल्यक्रिया गरेको जनाएको छ । सरकारी तथा सामुदायिक विद्यालयका १४ हजार नौ सय ९४ जना विद्यार्थीको आँखा परीक्षण गरी एक हजार १० थान चश्मा वितरण गरेको तथा शिविरबाट अस्पतालमा उपचारका लागि सिफारिस भई आएका तीन सय ८४ जनाको शल्यक्रिया गरिएको जानकारी दिइयो ।
अस्पतालले स्वर्ण महोत्सवका अवसरमा ८० वर्ष नाघेका बिरामी तथा अपाङ्गता भएकालाई लाग्ने शल्यक्रिया शुल्कमा ५० प्रतिशत छुट दिने तथा गरिब बिरामीलाई नि:शुल्क एवं सहुलियतमा उपचार सेवा प्रदान गर्दै आएको छ ।
अस्पतालले सरकार, विभिन्न सङ्घसंस्थासँगको सहकार्य र समन्वयमा सेवा विस्तार गर्ने, आँखा स्वास्थ्य शिक्षाबारे सर्वसाधारणलाई अवगत गराउने, सेवाको गुणस्तर बढाउने तथा सेवालाई विशिष्टिकृत गर्ने, नवीन उपकरण सेवा वृद्धि गर्ने कार्यलाई प्राथमिकतामा राखेको छ ।
पछिल्लो २५ वर्षयता पहिलो पटक यसवर्ष अस्पतालले खर्च कटाएर करिब रु पाँच करोड बचत गर्न सफल भएको छ । सञ्चालक समितिका कोषाध्यक्ष सविता भण्डारीले प्रस्तुत गर्नुभएको वार्षिक आर्थिक प्रतिवेदनमा आर्थिक वर्ष २०७९–८० मा चार करोड ९७ लाख ५९ हजार पाँच सय ६६ बचत गर्न अस्पताल सफल भएको उल्लेख छ ।
अस्पतालका संस्थापक वरिष्ठ आँखा चिकित्सक डा।रामप्रसाद पोख्रेल र अध्यक्ष गोपालप्रसाद पोखरेलले अस्पतालबाट प्रवाह सेवा गुणस्तरीय र प्रगतिउन्मुख रहेको बताए ।
अस्पतालका आजीवन सदस्य मोति शान्ति शाक्यले अस्पतालको मोतिया बिन्दुको उपचार सेवामा सहयोग पुर्याउने हेतुले रु एक लाख नगदको चेक अध्यक्ष पोख्रेललाई हस्तान्तरण गरे । अस्पतालले आगामी विश्व दृष्टि दिवसका अवसर पारी आगामी दिनमा काम गर्ने ठाउँमा आँखा स्वास्थ्य अभियान सञ्चालन गर्ने सोच अघि सारेको छ ।
उपाध्यक्ष दमनबहादुर घले र कार्यकारी निर्देशक धर्मराज गोसाईले अस्पतालले आँखा उपचारका क्षेत्रमा पुर्याउँदै आएको योगदानको चर्चा गर्दै अस्पतालले विस्तार गर्ने सामुदायिक आँखा सेवा कार्यक्रमलाई सहयोग पुर्याउन आह्वान गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - १७:१८
ललितपुर। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपालले दिगो आर्थिक समृद्धि हासिल गर्न विज्ञान तथा वैज्ञानिक अनुसन्धानलाई प्रत्यक्ष रूपमा अर्...
मंसिर २१ गते, २०८२ - १६:५७
काठमाडौँ। ओपनरद्वय साम हेजलेट र फाफडु प्लेसिस चम्किएपछि विराटनगर किङ्ग्स नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको क्वालिफायर–१ मा प्रवेश गरेको छ । त्र...
मंसिर २१ गते, २०८२ - १६:२७
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि फेरि पनि राजनीतिक दलहरूकै सरकार बन्ने दाबी गरेका छन्। अहिले धेरैले ‘फेरि त्यही पुर...
मंसिर २१ गते, २०८२ - १६:०४
बुटवल । दाङको लमहीमा गोली चल्दा एकजना घाइते भएका छन् । लमही नगरपालिका–५ स्थित लमही गल्लीमा रहेको जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले गोली ...
मंसिर २१ गते, २०८२ - १५:५७
काठमाडौँ। विश्व फुटबल महासङ्घ (फिफा) ले सन् २०२६ को विश्वकप फुटबलको ड्र सार्वजनिक गरेको छ । फिफाले अमेरिकाको वासिङ्टन डिसीमा शुक्रबार राति विश्वकप ड्र...
मंसिर २१ गते, २०८२ - १५:३५
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको आजको दोस्रो खेलमा चितवन राइनोजले पहिले ब्याटिङ गरिरहेको छ। टस जितेका चितवनका कप्तान कुशल मल्लले पहिला ब्याटि...
मंसिर २१ गते, २०८२ - १५:१८
काठमाडौँ । काठमाडौंको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी वाग्मतीमा मिसाउन दैनिक रूपमा डेढ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको केन्द्र निर्माण...
मंसिर २१ गते, २०८२ - १५:०४
बाँके। रासायनिक मलको असन्तुलित प्रयोगले बाँकेमा माटोको अवस्था बिग्रिँदै गएको छ । उत्पादन बढाउने नाममा जथाभावी रासायनिक मल प्रयोग गरिँदा यहाँका माटोको ...
मंसिर २१ गते, २०८२ - १४:४२
काठमाडौँ। काठमाडौँको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी वाग्मतीमा मिसाउन दैनिकरूपमा डेढ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको केन्द्र निर्माणाध...
मंसिर २१ गते, २०८२ - १४:२९
काठमाडौं । फाफ डु प्लेसी र साम हिजलेटको आक्रमक अर्धशतकको बलमा विराटनगर किंग्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पर...




प्रतिकृया लेख्नुहोस्: