गलकोट । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बागलुङ खण्ड अझै सम्पन्न हुन सकेको छैन । दश वर्षदेखि बागलुङ खण्डका सडकमा कालोपत्र सुरु गरिए पनि अझै सम्पन्न हुन सकेको हो । निर्माण व्यवसायीको ढिलासुस्ती र लोकमार्ग छेउछाउका घरटहराहरुले समेत समस्या बनाएका छन् । लोकमार्ग अन्तर्गत बागलुङ खण्डमा एक सय ४२ किमी सडक पर्छ ।
यसका लागि हाल लोकमार्ग निर्माणका लागि अछेते बजारका घरटहरा हटाइने भएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका सूचना अधिकारी तथा इन्जिनियर पवन सुवेदीले यसका लागि हाल मूल्याङ्कन भइरहेको बताए ।
बागलुङ बजारदेखि बिहुँसम्मको १३ किमी सडकमा अहिले कालोपत्रका लागि पाँचौँ पटक म्याद थप्न लागिएको छ । अन्तिम पटकलाई म्याद थप गर्नेगरी निर्माण कम्पनी काममा फर्किएपछि सडक चौडा पार्न घरटहरा भत्काउनु अघि क्षतिपूर्ति दिनका लागि मूल्याङ्कन भइरहेको हो । सुवेदीका अनुसार अछेतेमा पाँच परिवारका आठ वटा घरटहरा भत्काउन लागिएको हो ।
यसअघि गत असार १९ गतेको नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले क्षतिपूर्ती दिएर घरटहरा भत्काउने निर्णय गरेको थियो । “लोकमार्ग विस्तारमा घरटहरा परेमा मात्रै क्षतिपूर्ति दिने व्यवस्था छ, मन्त्रिपरिषद्को निर्णयपछि मात्रै हामीले काम अगाडि बढाएका हौँ, अहिले भत्काउने घरहरुलाई सङ्केत गर्ने, कच्ची वा पक्की छुट्याउने र क्षतिपूर्ति दिने रकम मूल्याङ्कन गरिरहेका छौँ”, सुवेदीले भने ।
बागलुङका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको क्षतिपूर्ति व्यवस्थापन समितिले सहायक प्रजिअ चित्राङ्गत बरालको संयोजकत्वमा अछेते बजारको घरटहरा भत्काउने प्रायोजनमा उपसमिति बनाइएको छ । उपल्लाचौरदेखि अक्षेते–बिहुँ खण्ड २०७३ साल माघ १४ गते भारत/सिद्धिसाई जेभीले १३ किलोमिटर बनाउन दुई वर्षका लागि गरेको ठेक्का सम्झौता पाँचौँ पटक म्याद थपको चरणमा पुगेको छ । घरटहरा भत्काउनका लागि स्थानीयले सहजीकरण गरेकाले समस्या नहुने बागलुङका सहायक प्रजिअ चित्राङ्गत बरालले जानकारी दिए ।
अछेते बजारका स्थानीय दीपक भण्डारीका अनुसार राज्यले दिने क्षतिपूर्तिका आधारमा घरटहरा भत्काउन दिने सहमति जनाइसकेको बताए । भण्डारीका दुईवटा टहरा मापदण्डभित्र परेपछि भत्काइँदै छ । स्थानीयवासीले विकास निर्माणमा सहजीकरण गर्दै आवश्यक क्षतिपूर्ति पाएपछि घरटहरा भत्काउन दिने भएपछि अछेतेमा लोकमार्ग विस्तारसँगै कालोपत्रको काम अगाडि बढ्ने भएको हो
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १७:०१
काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...
पौष १ गते, २०८२ - १६:३४
काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:१६
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...
पौष १ गते, २०८२ - १६:०२
धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी का...
पौष १ गते, २०८२ - १५:५७
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...
पौष १ गते, २०८२ - १५:४९
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...
पौष १ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...
पौष १ गते, २०८२ - १५:२६
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...




प्रतिकृया लेख्नुहोस्: