सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवामा प्रहरीको कडा सुरक्षाका बिच शुक्रवार साँझ गणेश पूजाको मूर्ति विसर्जन गरिएको छ । प्रहरीको बाक्लो उपस्थितिमा शिव सागर चोक नजिकको पोखरीमा सबै स्थानका मूर्ति एकैसाथ सेलाउने काम गरिएको हो ।
मूर्ति विसर्जन गर्न लैजाने क्रममा बिहीबार साँझ दुई समुदायबिच झडप भएपछि सदरमुकाम मलङ्गवामा कर्फ्यु आदेश जारी गर्नुपरेको थियो । बिहीबार राति १० बजेदेखि लगाइएको कर्फ्यु शनिवार पनि जारी नै रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कर्फ्यु हटाउने वा नहटाउने भन्नेबारेमा निर्णय गर्न शनिवार जिल्ला सुरक्षा समितिको बैठक बस्दै छ ।
सुरक्षा अवस्थाबारे समिक्षा पश्चात कर्फ्युबारे निर्णय हुने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । निरन्तरको कर्फ्युका कारण मलङ्गवाको जनजीवन भने कष्टकर बन्दै गएको छ । अहिले जिल्लामा हाटबजार बन्द छन् । सवारी साधन सञ्चालन हुन सकेका छैनन् । सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्थाका सेवा ठप्प जस्तै रहेकाले अत्यावश्यक काम परेका सेवाग्राही मारमा परेका छन् । झडप रोक्न बिहीबार साँझदेखि नै निरन्तर बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ छन् । जिल्लाभरका युनिटबाट थप मद्दत टोली मलङ्गवा उतारिएको छ ।
सुरक्षा स्रोतबाट प्राप्त जानकारी अनुसार ठुलो सङ्ख्यामा नेपाली सेना समेत तयारी हालतमा मलङ्गवामै लगेर राखिएको छ । सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपेन्द्र पन्जियार थारुका अनुसार शुक्रवार साँझ ७ बजेभित्र मूर्ति विसर्जनपश्चात् मलङ्गवा बजार क्षेत्रको अवस्था सामान्य नै छ ।
थारुले शुक्रवार राति कुनै पनि किसिमका प्रदर्शन नभएको बताउनुभयो । शुक्रवार जिल्ला प्रशासन कार्यालयमा ढुङ्गा मुढासहित प्रदर्शन उग्र बनेपछि प्रहरीले दर्जनौँ शेल अश्रुग्याँस र केही राउन्ड हवाई फायर गरेको थियो ।
शुक्रवार नै बसेको सर्वपक्षीय/सर्वदलीय बैठकले शान्ति भङ्ग गर्ने कार्यमा संलग्न दोषीलाई पक्राउ गरी कानुन बमोजिमको कारबाही गर्ने निर्णय गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ११:३२
कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...
पौष ४ गते, २०८२ - ११:३२
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...
पौष ४ गते, २०८२ - १०:५९
काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...
पौष ४ गते, २०८२ - १०:५७
मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...
पौष ४ गते, २०८२ - १०:५४
काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...
पौष ४ गते, २०८२ - १०:४९
दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...
पौष ४ गते, २०८२ - १०:३८
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...
पौष ४ गते, २०८२ - १०:३६
काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...
पौष ४ गते, २०८२ - १०:३१
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...
पौष ४ गते, २०८२ - १०:२५
रूपन्देही। रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...




प्रतिकृया लेख्नुहोस्: