Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८० मंगलवार | 28th November, 2023 Tue

पार्टीको आन्तरिक विवाद समाधान हुन्छ : अध्यक्ष नेपाल

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशन (अपानि) मा देखिएका विवादलाई छलफलबाट समाधान गरिने बताएका छन् ।

केन्द्रीय कार्यसमितिमा थप २१ जना सदस्यको पार्टी कार्यालयमा आज आयोजित शपथग्रहण कार्यक्रममा अध्यक्ष नेपालले अपानिमा भएका मतभेद तथा केही प्रश्न आएको भन्दै पार्टीभित्रैबाट समस्या हल गरिने बताए।

पार्टीभित्रको विषय सडकमा लाने काम पार्टीको अनुशासन बुझेको जिम्मेवार नेता तथा कार्यकर्ताले गर्न नहुनेमा जोड दिँदै उनले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाउँदा केही अग्रज नेता छुटेकाले उनीहरूलाई अन्य जिम्मेवारी प्रदान गरिने बताए ।

उनले केही असन्तुष्ट नेताहरूले कार्यविभाजन सच्याउन माग गरेकाले सक्षमता र योगदानका आधारमा उनीहरूको जिम्मेवारी हेरफेर हुनसक्ने बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले सरकारले राम्रो काम गरिरहेको भन्दै अझै राम्रो काम गरेर जनताको विश्वास जित्नुपर्ने विचार व्यक्त गरे । उनले अहिले शिक्षकहरूको आन्दोलनप्रति सरकार गम्भीर हुनुपर्ने र वार्ता तथा छलफलबाट निकास निकाल्नुपर्ने उल्लेख गरे ।

पार्टीले विभिन्न प्रदेश, जिल्ला, क्षेत्रको सन्तुलित प्रतिनिधित्व गराउन नयाँ सदस्य थप गरी केन्द्रीय समिति विस्तार गरेको थियो । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौँ।  नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा गरिएको छ। देव खनालको कप्तानीमा मंगलबार १४ सदस्यीय राष्ट्रिय टोल...

नामिबिया टी२० विश्वकपमा छनोट

काठमाडौँ। नामिबिया लगातार तेस्रो पटक आईसीसी टी२० विश्वकपमा छनोट भएको छ। घरेलु मैदानमा आयोजना भएको अफ्रिका छनोटमा लगातार पाँचौँ जित हासिल गर्दै नामिबिय...

घुस लिँदालिँदै नायव निरीक्षक पक्राउ

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको बढैयाताल गाउँपालिका मैनापोखरमा कार्यरत प्रहरी नायव निरीक्षक पवन साउदलाई घुस लिँदै गरेको अवस्थाम...

काठमाडौँलाई चाँडै मेलम्चीको पानी खुवाउँछु : खानेपानीमन्त्री

काठमाडौँ । खानेपानीमन्त्री महिन्द्रराय यादवले काठमाडौँबासीलाई छिटोभन्दा छिटो मेलम्चीको पानी खुवाउने बताएका छन् ।  काठमाडौंवासीले सो पानी एक हप्ता भ...

प्रदेशका गृहमन्त्रीहरुले बुझाए संघीय गृहमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ । प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्रीहरूले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर ज्ञापनपत्र बुझाएका छन् । मं...

बुस्टर डोजका लागि ल्याइयो थप साढे ३ लाख कोभिड खोप

काठमाडौँ। कोरोना भाइरसको संक्रमण विरुद्धको थप खोप आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संंक्रमण नभए पनि दीर्घरोगी, विदेश जानका ला...

महिलालाई प्रत्यक्ष चुनावमा आरक्षणको व्यवस्था गर्नुपर्छ : उपसभामुख राना

काठमाडौँ। उपसभामुख इन्दिरा रानाले महिलाहरुलाई प्रत्यक्ष निर्वाचनमा लड्नका लागि आरक्षणको व्यवस्था गर्नुपर्ने बताएकी छन्।  सोमवार ललितपुरमा आयोजित ‘म...

बुवाको हत्या आरोपमा छोरा पक्राउ

काठमाडौँ। झापामा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । कमल गाउँपालिका–४ बस्ने २३ वर्षीय आशिष तामाङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेक...

अनेरास्ववियूले गर्यो भूकम्प प्रभावित विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

काठमाडौँ। नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले जाजरकोटका भूकम्प प्रभावित विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ। अनेरास्ववि...

भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा लाग्न उपप्रधानमन्त्री खड्काको निर्देशन

काठमाडौँ। उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावितका लागि तत्काल अस्थायी आवास निर्माणमा लाग्न सरोकारवालालाई निकायलाई निर्द...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies