Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

१५ औं महाधिवेशनमा एकैठाउँमा उभिएलान् कोइराला परिवार ?

शेखरको विश्वास- शशांक र सुजाताको साथ भए सफलता मिल्थ्यो

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको १४औँ महाधिवेशनमा परिवारका अन्य सदस्यले सहयोग गरेको भए अहिलेको परिणाम नआउने बताएका छन्।  

कांग्रेसको केन्द्रीय कार्यालय बिपी नगरमा आयोजित बिपी साहित्य महोत्सवको तेस्रो दिनको कार्यक्रममा ‘परिवारले बुझेको बिपी’ विषयक अन्तरसंवादमा उनले पार्टीको नेतृत्व लिने कुरा सबै परिवारकै सदस्यमा मात्र भर नपर्ने भन्दै देशभरका कार्यकर्ताको भावना र सुझावबमोजिम नै आफूले पार्टीको १४औँ महाधिवेशनमा प्रतिस्पर्धा गरेर सम्मान पाएको बताए। 

उनले बिपीले लिएको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि सान्दर्भिक भएको उल्लेख गरे। नेता कोइरालाले आफूहरू कोइराला परिवारका सदस्यलाई सधैं साथमा लिएर हिँड्न चाहेको भन्दै आगामी दिनमा मिलेरै जाने भनेर डा शशाङ्क कोइराला र सुजाता कोइरालाले भनेको कुरामा आफू विश्वस्त भएको बताए। 

कांग्रेसका पूर्वमहामन्त्री तथा बिपी पुत्र डा शशाङ्क कोइरालाले पार्टीका कार्यकर्ताको सुझावबमोजिम आफू चल्ने गरेको बताउँदै १४ औँ महाधिवेशनमै आफू सभापतिमा उम्मेदवार बन्न खोजेको उल्लेख गरे। आफू १५औँ महाधिवेशनमा समेत सभापतिको आकाङ्क्षी रहेको उनले जानकारी गराए। 

आफू राजनीतिमा लागेसँगै २०६४ सालमा नवलपरासीबाट निर्वाचन लडेको प्रसङ्गमा डा शशाङ्कले भने, “मैले चार पटक जितेँ, मन्त्री भएको छैन । तर जितेँ ।” 

उनले कांग्रेसका लागि आफूहरू एकै ठाउँमा उभिनुपर्नेमा जोड दिए। नेता डा शशाङ्क कोइरालाले परिवार मिलाउन नसक्ने मान्छेले यत्रो पार्टी र सरकार कसरी मिलाउन सक्छ भनेर बिपीले आफूहरूलाई भन्ने गरेको घटना स्मरण गरे। 

पूर्वउपप्रधानमन्त्री तथा कांग्रेस नेत्री सुजाता कोइरालाले कांग्रेसका केही जिल्लाका कार्यकर्ताले दलितसँग सँगै बसेर खाना नखाएको घटनाबाट आफू दुखित भएको बताइन्। उनले आफ्नो परिवारमा त्यस्तो विभेद कहिल्यै गर्ने नगरेको भन्दै कार्यकर्तालाई केन्द्रविन्दुमा राखेर काम गर्न पार्टीका युवा महामन्त्रीसँग आह्वान गरे। 

उनीहरुले १५ औं महाधिवेशनमा एकजुट हुने बताएपनि त्यो सम्भावना कमजोर छ। शेखर इतर पक्षबाट सभापतिमा लड्ने तयारीमा छन् भने शशांक संस्थापन पक्षबाटै उम्मेदवार बन्ने दाउमा छन्। १४ औं शशांकले शेखरलाई सहयोग नगरेर देउवालाई सघाएका  थिए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चैत २५ गतेदेखि कोशी पर्यटन महोत्सव आयोजना हुँदै

सुनसरी । कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी पर्यटन महोत्सव’ आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालन ह...

सिँचाइ सुविधा विस्तारले व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ मा सिँचाइ सुविधा विस्तार हुन थालेपछि व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित भएका छन् । पछिल्लो तीन वर्षमा वडा ...

देउवा अब नेपाल फर्किएलान् ?

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग निकट मानिने नेता प्रकाशशरण महतलाई देउवा कहिले फर्किने हुन् भन्नेबार...

निर्वाचन हारबारे नेकपाको समीक्षा- पश्चिमा प्रभाव र आन्तरिक कमजोरी दुवै जिम्मेवार

एमालेसँगको सम्भावित एकताबारे पनि छलफल

बादलको अभिव्यक्तिले गर्माएको एमाले

काठमाडौं । एमाले उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले फागुन २१ को निर्वाचनपछि गठित प्रतिनिधिसभाको पहिलो बैठकमा बिहीबार दिएको अभिव्यक...

यसरी चलाएका थिए भट्टले ‘बिचौलिया साम्राज्य’

सिंगापुर र थाइल्यान्डमा घर, स्वदेशमा सयौँ रोपनी जग्गादेखि आधा दर्जन कम्पनीमा लगानी

‘कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित छ’

कर्णाली। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका सचिव सञ्जिवकुमार कर्णले कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित भएको बताउन...

एक महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए

गण्डकी । दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । गत मार्च महिनामा ४८ हजार ५१३ जना विदेशी पर्यटकले उ...

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

झापा । पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको ट...

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै प्रमुख १० वटा मुख्य सुधारका क्रियाकलापको कार्ययोजना तयार गरी प्रधानमन्त्री तथा मन्त्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending