Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

क्यानडाद्वारा भारतीय कूटनीतिज्ञलाई देश निकाला, भारतले पनि गर्याे काउन्टर

क्यानडेली शिख नेताको हत्या पछि चुलीयाे दुई देशबीच तनाव

खबरडबली संवाददाता

काठमाडौं । भारतीय खुफिया एजेन्सीले क्यानडामा एक शिख नेताको हत्या गरेपछि दुई देशबीच तनाव चुलिएको छ । क्यानडाले भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेको छ भने भारतले पनि प्रतिवादमा उस्तै कदम चालेको छ ।

क्यानडेली प्रधानमन्त्री जस्टिन टुडो ले सोमबार संसदमा बोल्दै शिख समुदायका नेता हरदिप सिंह निज्जारको गत जूनमा भएको हत्यामा भारत सरकारका एजेन्टहरूको हात रहेको बताएका थिए । टुडोका अनुसार क्यानडा सरकारले आफ्ना गुप्तचरमार्फत यो सूचना प्राप्त गरेको हो । यस सम्बन्धमा आफूले जी २० को बैठकमा जाँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि कुरा गरेको उनले जानकारी दिएका थिए  ।

‘क्यानेडियन भूमिभित्र क्यानडेली नागरिकको हत्या एउटा विदेशी सरकारको कुनै पनि किसिमको संलग्नता हाम्रो सार्वभौमिकताको उल्लंघन हो र यो अस्वीकार्य छ,’टुडोले भने । शिख स्वायत्तताको वकालत गर्दै आएका निज्जारको हत्यामाथि अनुसन्धानका लागि समन्वय गर्न भारतलाई दबाब दिने उनले बताएका थिए । लगत्तै क्यानडेली विदेशमन्त्री मेलानी जोलीले क्यानडाले आफ्नो देशमा रहेका भारत सरकारका प्रमुख कूटनीतिज्ञलाई देश निकाला गरेको घोषणा गरिन् ।

भारतीय विदेश मन्त्रालयले भने क्यानडेली प्रधानमन्त्रीको दाबीलाई खण्डन गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै भारतको सुरक्षामा धावा बोलिरहेका ‘खालिस्तानी आतङ्ककारी र अतिवादीलाई क्यानडाले आश्रय दिइरहेको’ आरोप समेत लगाएको छ । खालिस्तान भनेको शिख पृथकतावादीहरूले स्थापना गर्न खोजेको स्वायत्त राज्य हो ।

मन्त्रालयले टुडोले लगाएको आरोपलाई प्रधानमन्त्री नरेन्द्र मोदीले ठाडै खण्डन गरेको जनाएको छ । साथै, मन्त्रालयले एक वरिष्ठ क्यानेडियन कूटनीतिज्ञलाई देश निकाला गर्ने घोषणा गरेको छ । यसै महिना क्यानडाले भारतसँगको एउटा व्यापार वार्ता स्थगित गरेको थियो । जि २० शिखर सम्मेलनमा मोदीले द्विपक्षीय वार्ता गर्ने नेताहरूको सूचीबाट टुडोलाई हटाएका थिए ।

टुडोका अनुसार शिख नेताको हत्याबाट क्यानडामा रहेका भारतीय मूलका नागरिकहरू आक्रोशित र चिन्तित बनेका छन् । क्यानडाको कुल जनसंख्यामा ४ प्रतिशत अर्थात् करिब १४ लाख भारतीय मूलका मानिसहरू रहेका छन् । उनीहरूमध्ये धेरै शिख समुदायका हुन् । जगमित सिंह क्यानडाको प्रतिपक्षी न्यू डेमोक्रेटिक पार्टीका नेता थिए, जसले टुडेको अल्पमतको सरकारलाई सत्तामा टिक्न सहयोग गरिरहेको छ ।

४५ वर्षीय निजारको ब्रिटिस कोलम्बियाको सर्रे स्थित एक शिख मन्दीरमा गोली हानी हत्या गरिएका थियो । भारतको पञ्जाव प्रान्तसमेत समावेश रहने गरी स्वतन्त्र खालिस्तानको पक्षमा संघर्ष गरिरहेका निज्जारलाई भारत सरकारले आतङ्ककारी घोषणा गर्दै वान्टेडको सूचीमा राखेको थियो । निज्जारले आफ्नो ज्यानमाथि खतरा रहेको बताउँदै आएका थिए ।

पाँच दिनभित्र देश छाड्न क्यानडाका उच्च कुटनीतिज्ञलाई भारतको निर्देशन

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनिता डङ्गोलदेखि अब्दुस मियाँसम्म एमाले केन्द्रीय सदस्य बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...

मकवानपुरमा सिकार दुर्घटना: एकको मृत्यु, एक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...

एमाले महाधिवेशनमा ओलीपक्षभित्रै तँछाडमछाडकाे अवस्था

महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी

एमाले पदाधिकारी भिडन्तको खाका तयार

ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

जेनजी आन्दोलनको प्रभाव : अनुभवी नेताहरूको चुनावबाट स्वैच्छिक अवकाश

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending