काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्। चीन भ्रमणबाट नेपाल फर्किएपछि महासचिव पोखरेलले भण्डारीसँग भेट गरेका हुन्।
सोमबार साँझ पूर्वराष्ट्रपति भण्डारीसँगको भेटको तस्बिर सेयर गर्दै महासचिव पोखरेलले भनेका छन्, ‘चीन भ्रमणपश्चात पूर्व राष्ट्रपतिज्यूसँगको भेटघाट।’
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा महासचिव पोखरेल चीन भ्रमणमा गएका थिए। एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि महासचिव पोखरेल भ्रमण छोट्याएर स्वदेश फर्किएका थिए।
पछिल्लो समय भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किने चर्चा छ। उनलाई उपमहासचिव बिष्णु पौडेललगायत नेताहरुले पार्टीको नेतृत्वमा फर्काउन पहल गरिरहेका छन्। भण्डारी सक्रिय राजनीतिमा नभएपछि आन्तरिक रुपमा उनले पार्टीमा टिम बनाइराखेकी छन्। जसकारण एमाले अध्यक्ष केपी ओली भण्डारी सक्रिय राजनीतिमा नआए हुन्थ्यो भन्ने चाहन्छन्।
तर, आगामी निर्वाचनअघि नै केही नेताहरुले ओलीको विकल्प भण्डारीको रुपमा नेतृत्वमा अगाडि ल्याउने गृहकार्य थालेका छन। ओली नेतृत्वमा निर्वाचनमा गए पार्टीले सोचेअनुरुप लक्ष्य हासिल गर्न नसक्ने नेताहरुको निष्कर्ष छ ।
त्यसो त पछिल्लो समय चीनले पनि नेपालमा कम्युनिष्ट एकताको पहल गरिरहेको छ। भण्डारी एमाले नेतृत्वमा फर्किए माओवादी, नेकपा एकीकृत समाजवादीसँग पनि सहकार्य गर्न सकिने एमाले नेताहरुको बुझाइ छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: