Khabar Dabali १९ असार २०८३ शुक्रबार | 3rd July, 2026 Fri
Investment bank

बाह्र करोड राजश्व सङ्कलन

खबरडबली संवाददाता

नवलपरासी । नवलपरासी  बर्दघाट –सुस्ता पश्चिम   जिल्ला सदरमुकाम परासीस्थित यातायात ब्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष  ०७९/०८० मा यातायात सेवा सम्बन्धी सेवाबाट  कूल १२ करोडभन्दा बढी  राजश्व सङ्कलन गरेको छ । 

विगत वर्षमा भैरहवा र बुटवलबाट सेवा लिदै आएका  नवलपरासी ९ बर्दघाट –सुस्ता पश्चिम० का बासिन्दालाई जिल्लामै सेवा उपलब्ध गराउने उद्देश्यले लुम्बिनी प्रदेश सरकारले कार्यालय सञ्चालनमा ल्याएकाले यातायात सेवासँगै राजश्व सङ्कलन पनि बढेको कार्यालयले जनाएको हो ।

विभिन्न चार शिर्षकमा यस कार्यालयले गत आर्थिक वर्षमा कूल रु १२ करोड ८६ लाख चार हजार तीन सय ९५राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख मुक्तिप्रसाद पाण्डेयले जानकारी दिए । उहाँका अनुसार कार्यालयबाट गत आर्थिक बर्षमा यातायात क्षेत्रको आम्दानी, सवारी दर्ता किताब सम्बन्धी   दस्तुर,  सवारी साधन कर र आयकरमा राजश्व सङ्कलन हुँदै आएको छ । 

यातायात क्षेत्रको आम्दानी रु १५ लाख ५५ हजार ६५, सवारी दर्ता किताब सम्बन्धी दस्तुर रु  एक करोड ७ लाख ९ हजार दुई सय ५० रहेकामा ९ सवारी चालक अनुमतिपत्र नवीकरणबाट रु आठ लाख दुई हजार पाँच सय, सवारी साधन करबाट रु ११ करोड १४ लाख ९४ हजार ७५ र आयकरबाट रु ४८ लाख ४६ हजार पाँच गरी कूल रु १२ करोड ८६ लाख चार हजार तीन सय ९५सङ्कलन भएको थियो ।

यातायात कार्यालयले गत वर्षमा १७ हजार १ सय ९०वटा सार्वजनिक तथा निजी सवारी साधन नवीकरण, सात सय ९४ वटा सवारी साधनको जाँचपास तथा नवीकरण, एक सय ५३ वटा बाटो इजाजत, एक हजार सात सय २४अस्थायी बाटो इजाजत  र सात सय ६५ वटा ओभरलोड बोकेको भारतीय सवारी साधनलाई कारबाही  र तीसय ४८ वटा सवारी चालक अनुमतिपत्र नवीकरण गरिएको कार्यालयप्रमुख पाण्डेयले बताए ।

 गत आर्थिक वर्षका साथै यो वर्षको एक महिनाको थप राजश्वसमेत सङ्कलन भएको बताउँदै  उनले अहिले केही सेवा थप भएको हुँदा राजश्व वृद्धि हुनसक्ने जिकिर गरे ।  यस कार्यालयको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु हो, उनले भने,  सेवाबापत लाग्ने दस्तुरबाट राजश्व पनि सङ्कलन गर्ने दोस्रो प्राथमिकता हो । अहिले राजश्व सङ्कलनसँगै जिल्लाबाटै यहाँका नागरिकले सेवा पाउँदा राहत पनि भएको छ ।

चालु आर्थिक वर्षको साउन महिनामा पनि ५७ वटा सवारी साधनको स्थायी बाटो इजाजतपत्र ९रुट० नवीकरण, एकसय सय ४१सार्वजनिक सवारी साधनको प्राविधिक जाँचपास, तीन सय ७८ अस्थायी बाटो इजाजतपत्र ( पटके ) सेवा गरी कूल पाँच सय ७६ वटा सवारीसाधन सम्बन्धी सेवा प्रदान गरिएको छ ।

साउन महिनाभित्र सवारी साधन करबाट रु  ९० लाख १५ हजार दुईसय ८०, सवारी नवीकरणबाट रु छ लाख २४ हजार तीनसय, सवारी चालक अनुमतिपत्रबाट  १० लाख ३० हजार, यातायात क्षेत्रको आम्दानीबाट रु दुई लाख ३३ हजार नौसय ५० र आयकरबाट   दुई लाख ३० हजार छ सय गरी कूल एक  करोड ११ लाख ३४ हजार एकसय ३० राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ । यस जिल्लाभित्र नै बजाज र होण्डा कम्पनीको मोटरसाइकलको एसेम्बल गर्ने कारखाना छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

'प्रदेशको स्वरूप फेरिनुपर्छ, संघीयता हट्दैन' : रास्वपा नेता पराजुली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीयता खारेज गर्ने पक्षमा नरहेको स्पष्ट पारेको छ। पार्टीका संसदीय दलका उपनेता तथा केन्द्रीय सदस्य ग...

भेनेजुएला भूकम्पको चमत्कार : ८ दिनपछि १४० टन भग्नावशेषबाट जीवितै उद्धार

काठमाडौं । भेनेजुएलामा गएको विनाशकारी भूकम्पपछि १४० टन भग्नावशेषमुनि आठ दिनसम्म फसेका एक व्यक्तिको जीवितै उद्धार गरिएको छ। यो उद्धारलाई हालसम्मकै सबैभ...

बोपुङको वासिङ पहिरोले बर्सेनि उठीबास हुँदै गाउँले

खोटाङ । खोटाङकाे जन्तेढुङ्गा गाउँपालिका-२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयलाई उठीबास बनाउँदै आएको छ । एक शताब्दीभन्दा पहिलेदेखि सुरू भएको बोपुङको...

इन्जुरी समयमा गोल, क्रोएसियामाथि पोर्चुगलको रोमाञ्चक जित; अन्तिम १६ मा प्रवेश

काठमाडौं । फिफा विश्वकप २०२६ मा पोर्चुगलले रोमाञ्चक जित निकाल्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। भर्खरै सम्पन्न खेलमा पोर्चुगलले क्रोएसियालाई ...

भिडभाडको मौका छोपी महिलाको घाँटीबाट सुनको सिक्री थुत्ने गिरोह रुपन्देहीमा पक्राउ

रुपन्देही । रुपन्देहीका विभिन्न स्थानमा महिलाको घाँटीबाट सुनका सिक्री तानेर लुट्ने (स्न्याचिङ) घटनामा संलग्न ५ जनालाई प्रहरीले चोरी गरिएका गहनासहित पक...

एकै दिन दुई हजार ४२ सवारी चालक कारबाहीमा, १३ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन

काठमाडाैं‍ । पछिल्लाे २४ घण्टामा दुई हजार ४२ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा १३ लाख ३३ हजार रुपैयाँ राजस्व दाखि...

देशभर मनसुन सक्रिय हुुाँद चार प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देश...

कान्ति लोकपथ राति अस्थायी रूपमा बन्द

आवश्यक सतर्कता अपनाउन आग्रह

थमन विक हत्या प्रकरण : एमालेका पूर्वसांसद लक्ष्मी महतो पक्राउ

महोत्तरी । सशस्त्र प्रहरी बलका असई थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरबाट दोषी ठहर भएका नेकपा (एमाले)का पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेक...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जोखिम !

सेवा छाडेका कर्मचारीका ४ हजारभन्दा बढी प्रवेश पास अझै सक्रिय

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending