काठमाडौं । काठमाडौं उपत्यका भित्र रहेका फोटोग्राफरहरुको साझा संस्था काठमाडौं फोटोग्राफर संघको १५औं साधारणसभा तथा ८ औं अधिवेसन शनिबार सम्पन्न भएको छ ।
साधारणसभाले वार्षिक प्रगती प्रतिवेदन, कोष तथा आर्थिक प्रतिवेदन पारित गरेको छ । साथै संघले जेष्ठ सदस्य फोटोग्राफर तथा समर्पित महिला सदस्य फोटोग्राफरहरुलाई सम्मान गरेको छ ।
त्यसैगरी ८ औं अधिवेसनले नयाँ कार्यसमिति चयन गरेको छ । हरि घिमिरे अध्यक्ष सहित १७ जनाको नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्य समितिमा अध्यक्षमा हरि घिमिरे, उपाध्यक्षमा आनन्द प्रभाकर घिमिरे, सचिवमा रेशम राज पण्डित, कोषाध्यक्षमा सुशिल ज्ञवाली र सह–सचिवमा रण बहादुर श्रेष्ठलाई निर्विरोध चयन गरेको हो ।
नयाँ कार्य समिति सदस्यहरुमा हरि ज्ञवाली, किशोर रिजाल, कालिका प्रसाद रिमाल, माधव प्रसाद तिमल्सिना, कृष्ण पराजुली, राजकुमार बजगाई, बसन्त जोशी, मनिस तमखु, मनिष तामाङ, भक्त राज श्रेष्ठ, अभिन माझि, चन्द्र लाल राई रहेका छन् ।
निर्वाचित भएपछि संक्षिप्त प्रतिक्रिया दिदैं उपाध्यक्ष आनन्द प्रभाकर घिमिरेले पेशागत हक हितलाई संरक्षण गरी अझ मर्यादित र सम्मानीत पेशा बनाउन नयाँ कार्य समितिले प्रतिवद्धताका साथ कार्य गर्ने जनाउनु भयो ।
अधिवेशनले निर्विरोध निर्वाचित गराउँदा नै एकताको सन्देश दिएको शक्तिले फोटोग्राफी पेशालाई थप उचाइमा पुर्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उपाध्यक्ष घिमिरेले थप्नु भयो, कार्य समितिले सम्पूणर् फोटोग्राफरहरुको प्रतिनिधित्व गर्नुका साथै सबैको भावनालाई अवश्य कदर गर्नेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १७ गते, २०८३ - २१:२६
खोटाङ । लेनदेनको विवादमा ७३ वर्षीया वृद्धालाई भरुवा बन्दुक देखाएर धम्क्याएको आरोपमा खोटाङ प्रहरीले दुई युवालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्या...
आषाढ़ १७ गते, २०८३ - २१:२४
काठमाडौं । चार दशकअघि नेपालको सीमा जोगाउन छातीमा गोली थापेका मुन्ना खान अहिले आफ्नै देशमा नागरिकताको माग गर्दै माइतीघर मण्डलामा आन्दोलन गरिरहेका छन्। ...
आषाढ़ १७ गते, २०८३ - २१:२२
काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६, ठमेल क्षेत्रमा सार्वजनिक स्थानमा बाटो हिँड्ने स्वदेशी तथा विदेशी पर्यटक र सर्वसाधारण पुरुषलाई मङ्गलबार अनावश्यक र...
आषाढ़ १७ गते, २०८३ - २१:१७
कैलाली । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी एक बालिका खोलामा मृत फेला परेकी छिन् । लम्कीचुहा नगरपालिका–४ अम्मरपुरकी ६ वर्षीया...
आषाढ़ १७ गते, २०८३ - २१:१३
काठमाडौं । ३० वर्षपछि महिलाको शरीरमा हार्मोन, मेटाबोलिज्म र समग्र स्वास्थ्यमा प्राकृतिक परिवर्तन हुन थाल्छ। यही कारण पर्याप्त पानी पिउनु स्वस्थ जीवनशै...
आषाढ़ १७ गते, २०८३ - २०:५५
काठमाडौं । इरान र अमेरिकाबीच युद्धविरामपछि देखिएका बाँकी विवाद समाधान गर्न कतारमा अप्रत्यक्ष वार्ता हुने भएको छ। कतारको राजधानी दोहामा हुने वार्तामा द...
आषाढ़ १७ गते, २०८३ - २०:४६
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न भएसँगै मन्त्रिमण्डल पुनर्गठनको चर्चा राजनीतिक वृत्तमा चुलिएको छ। पा...
आषाढ़ १७ गते, २०८३ - २०:४१
काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी ‘स्क्यान’ नगर्न निर्देशन दिइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज पर...
आषाढ़ १७ गते, २०८३ - २०:३९
काठमाडौं । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३ को यथार्थ अवस्था अनुगमन गरी कार्यान्वयन नगर्ने निकायलाई कानुन बम...
आषाढ़ १७ गते, २०८३ - २०:२९
गोरखा। छेकम गाउँमा गहुँ, फापर, आलु भित्र्याउने चटारोदेखि घर बनाउने, काठ बोक्न वा ढुङ्गा फुटाउन गाउँलेहरूले सम्झने एउटै नाम हो, ‘बन्दिपुर’। ‘ओइ बन्दी, ...



प्रतिकृया लेख्नुहोस्: