Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

नेपाल टेलिकम सुरुङ्गा शाखाका प्रमुख सुवेदी वेपत्ता

खबरडबली संवाददाता

झापा । नेपाल टेलिकम सुरुङ्गा शाखाका निमित्त कार्यालय प्रमुख दिलिप सुवेदी अचानक वेपत्ता भएका छन् । शनिवार विहान ९ बजेदेखि आफ्नो क्वाटर कनकाई नगरपालिका ३, सुरुङ्गा नयाँबस्तीबाट अचानक वेपत्ता भएका हुन् ।

अधिकृत छैठौ तहका कर्मचारी ३१ बर्षिय सुवेदीकी श्रीमती ब्रजुना भट्टराई सुवेदीले आफ्ना श्रीमानसँग अन्तिम पटक शनिवार ८ बजेर ४९ मिनेटमा कुराकानी भएको र कुराकानीमा सामान्य कुरा मात्रै भएको बताइन् । १२ बजे पुनः फोन गर्दा मोवाईल अफ रहेको पाएको श्रीमती बज्रुनाले बताइन् । सुरुमा मोवाईलको चार्ज सकिएर अफ भएको ठानेको भए पनि वेलुकी ५ बजेसम्मपनि सम्पर्क नभएपछि भने टेलिकममा सम्पर्क राख्दा कुनै सम्पर्क नभएको उनको भनाइ छ ।

बिराटनगर नगरपालिका ४ राजवंशी चौकमा स्थायी घर भएका सुवेदी आफुभने टेलिकमले उपलब्ध गराएको क्वाटरमा रहदै आएका थिए  । टेलिकमको कार्यालयदेखि उनको डेरा ५ सय मिटर नजिक्कै रहेको छ । सुवेदी गत फागुन महिनामा मात्रै बिवाह बन्धनमा बाधिएको बताइएको छ । आफ्नो श्रीमान यसरी एकाएक वेपत्ता हुनुपर्ने कुनै कारण नरहेको श्रीमतीले बताएकी छन् ।

सुवेदी एकाएक हराएपछि खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । कोठामा चाबी लगाएको र पिएको पानीको ग्लास समेत ओछ्यानमै रहेको तथा मोवाईल बोकेर गएको स्कुटीको चाबी मोवाइलको चार्जर र पर्स कोठामै छाडेको अवस्थामा पाइएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका बरिष्ठ प्रहरी नायव निरिक्षक अशोक कोइरालाले बए । 

गत फागुन महिनादेखि सुरुङ्गा टेलिकम साखामा कार्यरक्त सुवेदी वेपक्ता भएपछि प्रहरी र परिवारमा खबर गरिएको र परिवार समेत लागेर उनका खोजी कार्य जारी रहेको सुरुङ्गा टेलिकमका प्राविधिक कर्मचारी तिलचन ओडारीले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले पदाधिकारी पदमा मतगणना जारी – १,१३९ मत गन्दा कसले पाए कति ?

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...

एमाले उपमहासचिवमा लेखराज भट्टको धमाकेदार अग्रता, विष्णु रिमाल शीर्ष तीनमा अटाउन असफल

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...

एमाले महासचिवमा शंकर पोखरेलको अग्रता कायमै, २४९ मत प्राप्त

 काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...

शिक्षामन्त्री पुनको आक्रोश : ‘कछुवाको गतिलाई पनि कृपावादी पापी समूहहरूले अल्झाए’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...

ईश्वर पोखरेलको भविष्यलाई लिएर उठेका प्रश्नः एमालेमा दोहोरिन्छ कि भिम रावलको इतिहास ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...

एमाले महासचिवमा निर्णायक भिडन्त, मतगणनामा पोखरेल ९ मतले अगाडि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending