हेटौडा । मकवानपुरको मनहरी गाउँपालिकाले पत्रकार सम्मेलनका लागि बोलाएका पत्रकारहरूलाइ नै थुनेका छन् । शनिबार गाउँपािलकाले भनेकाे पत्रकार सम्मेलनमा जाँदा मकवानपुरका पत्रकार थुनिएका हुन् ।
गाउँपालिकाले गरेको करोडौं राजस्व हिनामिनाको विषयमा संचारमाध्यममा आएका समाचारको खण्डन गर्न पालिका अध्यक्ष रंजन कालाखेतीले शनिबार दिउसो पालिका नजिकै रहेको लामिटार भवनमा पत्रकारलाई बोलाएका थिए । तर पत्रकार सम्मेलनको नाममा जिल्लाका पत्रकार बोलाएर अध्यक्ष कालाखेतीले गुण्डागर्दी शैली अपनाएका छन् । समाचारको विषयलाई लिएर गर्ने भनिएको पत्रकार सम्मेलन स्थलमा कालाखेतीले युवाहरुको जत्था उपस्थित गराएका थिए ।
पत्रकार सम्मेलन स्थलमा पत्रकारहरु पुगेपछी सयौंका संख्यामा रहेका युवाहरुले पत्रकारलाई अपशब्द प्रयोग गर्दै गाली गलौजसमेत गरेका थिए । पत्रकार सम्मेलनमा युवाहरुको हुल देखेपछी बाहिरिन खोज्दा पत्रकारलाई बाहिर जान नदिनु भन्ने आदेश छ भनि रोकिएको थियो । उक्त स्थानमा संचारकर्मीहरुले असुरक्षित महसुस गरेपछी प्रहरीलाई सम्पर्क गरेका थिए । ‘समाचारको विषयमा पत्रकार सम्मेलन भनि बोलाइयो, गएका सम्पूर्ण संचारकर्मीलाई भित्रै थुन्ने काम भयो, असुरक्षित महसुस भएपछी प्रहरीलाई खबर गरे, प्रहरीकै स्कटिङमा पत्रकार फिर्ता भए’, पत्रकार शिव कुमार रिजाल काशीले भने।
‘हुल निकै भएपछी कार्यक्रम छाडेर निस्किएको थिए, हामी भित्र पसेपछी गेट बन्द गरिएको थियो, बाहिर जान्छु भन्दा पत्रकारलाई बाहिर जान नदिनु भनिएको छ भने, फेरी हामी भित्र गयौं, पत्रकार देवराज पन्तले भने।
गाउँपालिकाको समाचार लेख्ने पत्रकार राममणि न्यौपानेले पत्रकार सम्मेलनमा पत्रकारलाई हातपात गर्ने शैलीमा युवाहरु जम्मा भएको बताएका छन् । असुरक्षित महसुस भएपछी आफ्नो गाडीलाई प्रहरीले स्कटिङ गरेर हेटौंडासम्म ल्याएको उनले बताए ।
कार्यक्रम स्थलमा पत्रकारलाई अघोषित रुपमा बन्दी बनाएपछी प्रहरी परिचालन भएको थियो । प्रहरी आएपछी युवाहरुको हुल तितरबितर भएको थियो । पत्रकार सम्मेलनको नाममा गाउँपालिका अध्यक्षको यो शैलीप्रति मकवानपुरका पत्रकारहरुले आलोचना गरेका छन् भने नेपाल पत्रकार महासंघले पत्रकारमाथि भएको दुर्व्यवहारको भर्त्सना गर्दै विज्ञप्ति जारी गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २१ गते, २०८२ - २२:४०
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ को मतगणना आजै रातिबाट हुने भएको छ । बिहीबार मतदान सम्पन्न भएपछि बेलुकी सर्वदलीय बैठक बसेर रातिबाट मतगणना अघि बढ...
फाल्गुन २१ गते, २०८२ - २२:३८
भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र २ को मतगणना पनि आजैबाट सुरु हुने भएको छ । राति ११ बजेबाट मतगणना हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्र...
फाल्गुन २१ गते, २०८२ - २२:३६
काठमाडौँ । करिब ५ घण्टा मतदान अवरुद्ध भएर फेरी मतदान भएकाे दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित गोल्मेश्वर मावि मतदान केन्द्रमा पुन:मतदान नहुने निर्वाच...
फाल्गुन २१ गते, २०८२ - २२:३०
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ को मतगणना केही समयपछि सुरु हुने भएको छ । काठमाडौं क्षेत्र नम्बर १ का मुख्य निर्वाचन अधिकृत चुरमान खड्काले सर्व...
फाल्गुन २१ गते, २०८२ - २०:५२
सिन्धुपाल्चोक । दुई प्रतिनिधि सभा निर्वाचन भएको सिन्धुपाल्चोकमा कूल मतको ५५. ६९ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत रिताकुमारी बख्रेलकानुसार य...
फाल्गुन २१ गते, २०८२ - २०:४८
ललितपुर । प्रतिनिधिसभा निर्वाचनका लागि निकै चर्चित मानिएको झापा क्षेत्र नम्बर–५ मा यसपटक ६५ प्रतिशत मात्र मत खसेको छ। निर्वाचन आयोगका अनुसार यस क्षेत...
फाल्गुन २१ गते, २०८२ - २०:३१
ओखलढुङ्गा । प्रतिनिधिसभा सदस्य निर्वाचनको क्रममा ओखलढुङ्गामा कुल ४८.१४ प्रतिशत मत खसेको छ । कुल १२२७१४ मतदाता रहेकाे ओखलढुङ्गामा ५९,०७९ मत खसेकाे हाे...
फाल्गुन २१ गते, २०८२ - १९:५९
काठमाडाैं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले बिहीबार सम्पन्न मतदानको विश्लेषण गर्दै कम्युनिष्ट आन्दोलनका लागि चुनौतीपूर्ण मतपरिणाम आए...
फाल्गुन २१ गते, २०८२ - १९:३६
बनेपा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लामा ६० प्रतिशतभन्दा बढी मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका दुई न...
फाल्गुन २१ गते, २०८२ - १९:३५
विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मोरङ जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा आइतबार उत्साहजनक रूपमा मतदान सम्पन्न भएको छ। जिल्ला प्रशासन ...



प्रतिकृया लेख्नुहोस्: