Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८० शनिबार | 23rd September, 2023 Sat

शान्ति प्रक्रियाको काम टुंग्याउन नसक्नु हाम्रै कमजोरी : माओवादी केन्द्र

यसलाई निष्कर्षमा पुर्‍याएर घोषणा गर्न बाँकी : प्रवक्ता

खबरडबली संवाददाता

काठमाडौं।नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले शान्ति प्रक्रियाका बाँकी चाँडै पूरा गर्नुपर्ने बताएका छन्। शनिबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता सापकोटाले १८ वर्ष लागिसक्दा समेत शान्ति प्रक्रियाका बाँकी काम पूरा नहुनु राष्ट्रिय कमजोरी भएको बताए। 

‘१८ वर्ष लागिसक्दा पनि शान्ति प्रक्रियाको काम टुंगोमा पुर्‍याउन नसक्नु राष्ट्रिय रूपमा कमजोरी हो। यसलाई हरहालतमा टुंगोमा पुर्‍याउनुपर्छ भनेर सबैसँग अन्तरक्रिया र छलफल सम्माननीय प्रधानमन्त्रीज्यूले गरिरहनु भएको छ। एमाले, माओवादी र कांग्रेसबीच सहमति गर्न भरमग्दुर कोसिस भइरहेको छ।  ढिला गरियो भने हाम्रो अन्तर्राष्ट्रिय शाख गिर्नेछ,’ उनले भने।  

माओवादीका उपाध्यक्ष तथा प्रवक्तासमेत रहेका सापकोटाले चारपटक निर्वाचन भइसकेकाले शान्ति प्रक्रिया टुंगो लागिसकेको भए पनि कानुनी रूपमा लिपिबद्ध गर्न बाँकी रहेको बताए। 

‘शान्ति प्रक्रिया नेपालको मौलिक हो। चार चोटिसम्म निर्वाचन भइसकेकाले कानुनले निश्चित गर्न बाँकी छ कि शान्ति प्रक्रिया टुंगो लागिसकेको छ। यति ठूलो सफलता हुँदा हुँदै सेना समायोजन भइसकेको छ। यसलाई निष्कर्षमा पुर्‍याएर घोषणा गर्न बाँकी छ। यो घोषणा गर्न विभिन्न खेलहरू भइरहेका छन्। समस्याहरू आइरहेका छन्। यसलाई टुंगोमा पुर्‍याउन राष्ट्रिय सहमति गराएर अन्तर्राष्ट्रिय समुदायहरूको पनि महत्वपूर्ण भूमिका हुन्छ। त्यसकारण उहाँले यहाँ गरिने कामको प्रतिबद्धता जनाउनुहुनेछ,’ उनले भने। 

प्रधानमन्त्री प्रचण्डले अमेरिका पुगेर विश्व समुदायलाई नेपालले मौलिक रूपमा आफ्नो विशेषतासहितको शान्ति प्रक्रिया अगाडि बढाइरहेको जानकारी गराउने उनले बताए। 

‘शान्ति प्रक्रिया टुंगोमा पुग्यो भनेर घोषणा गर्नका लागि तपाईंहरूको समर्थन चाहिन्छ भनेर प्रधानमन्त्रीज्यूले अपील गर्नुहुनेछ,’ सापकोटाले भने। 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

क्यान निर्वाचन ; झापाको मताधिकार खारेज

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)को साधारणसभाले झापा जिल्लाको मताधिकार खोसेको छ । क्यानले जिल्लामा रहेको विवादका कारण झापाको मताधिकार खारेज गरेको...

धार्मिक सद्भाव कायम गर्न संयुक्त अपिल

काठमाडौं। धार्मिक अगुवाहरूले मलुकमा धार्मिक सद्भाव कायम राख्न संयुक्त अपिल गरेका छन्। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा आज गृह मन्त्र...

विद्यालय शिक्षा विधेयक संशोधन गर्न कांग्रेसले सहकार्य गर्ने

काठमाडौं। नेपाली कांग्रेसले विद्यालय शिक्षा विधेयकलाई आवश्यक संशोधन र परिमार्जन गर्न समन्वय गर्ने भएको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार वि...

सुन प्रकरणबारे सरकारसँग झस्कियो एमाले, सहमति कार्यान्वयन हुनेमा शंका

काठमाडौं। नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन आयोग बनाउने र क्षेत्राधिकार तोक्ने विषयमा सरकार जिम्मेवार नभएको आरोप लगाएको छ । सिंह...

सरकारले अपराधको राजनीतिकरण गरिरहेको छ : ओली

काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अपराधको राजनीतिकरण गरिरहेको टिप्पणी गरेका छन्। अध्यक्ष ओलीले अपराधीलाई आममाफी दिने काम गरेर...

शिक्षक महासंघसँगको सहमतिप्रति राहत शिक्षकको असन्तुष्टी

काठमाडौं। सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन्। सरकारसँग भएको वार्तामा आफनो माग सम्बोधन नगरेको भन्दै राहतको शिक...

विमानस्थल आसपास ड्रोन, चंगा र बेलुन उडाएमा कारबाही हुने

काठमाडौं।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासको क्षेत्रमा ड्रोन, चंगा र बेलुन उडाएमा कारबाही हुने भएको छ । शुक्रबार विमानस्थलले एक सूचना जारी...

सरकारसँगको दोस्रो वार्ता पनि निष्कर्षविहीन, आन्दोलन यथावत्

शुक्रबार बिहान ८ बजे फेरि वार्तामा बस्ने

पार्टीको आन्तरिक विवाद समाधान हुन्छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशन (अपानि) मा देखिएका विवादलाई छलफलबाट समाधान गरिने बताएका छन् । केन...

शान्ति प्रक्रियालाई छिट्टै टुंग्याउनुपर्छ : गणेशप्रसाद तिमिल्सिना

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको शान्ति प्रक्रियालाई छिट्टै टुंग्याउनुपर्ने बताएका छन् ।  बिहीबार काठमाडौंमा आयोज...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending