काठमाडौँ। नयाँ कार्यविभाजनले नेकपा एकीकृत समाजवादीभित्र विवाद निम्तिएको छ ।
एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको ६६औं बैठकले नेताहरुको नयाँ कार्यविभाजन गरेको थियो । नेताहरुको नयाँ कार्यविभाजन गरिएको बारे बिहीबार अध्यक्ष माधवकुमार नेपालले ११औं अन्तरपार्टी निर्देशन जारी गरेका थिए ।
पार्टी बैठकले गर्दै नगरेको निर्णय पनि अपानिमार्फत जारी गराएको भन्दै एकीकृत समाजवादीभित्र असन्तुष्टि विवाद देखिएको छ । विशेषगरी सम्मानित नेता झलनाथ खनाल पक्षधरले अपानिप्रति असन्तुष्टि जनाएका छन् ।
खनालले कार्यविभाजनसम्बन्धी पार्टीको निर्णय खतरनाक भएको प्रतिक्रिया दिएका छन् । राजधानीमा शुक्रबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कार्यविभाजन गर्ने निर्णयमा कसैको पनि सहमति नभएको जिकिर गरे ।
‘यो एकदमै खतरनाक कुरा हो । यसमा कसैको पनि सहमति छैन । पार्टीको कुनै कमिटीले गरेको निर्णय हुँदै होइन’, उनले भने, ‘सहमतिबिना अपानी जारी भएको छ, त्यसबारे छलफल गर्दैछौं ।’
अपानि जारीसँगै एकीकृत समाजवादीभित्र पार्टी छाड्ने क्रम पनि देखिएको छ । पार्टीका दुई जिम्मेवार केन्द्रीय नेताले अपानि जारीलगत्तै पार्टी परित्यागको घोषणा गरेका छन् । लुम्बिनी प्रदेशको समेत सचिव रहेका केन्द्रीय सदस्य राजु गरुङ र दैलेखको सहइन्चार्जसमेत रहेकी केन्द्रीय नेतृ सावित्रि मल्लले पार्टी छाडेको घोषणा गरेका छन् ।
बिहीबार अपानी जारी लगत्तै दुवै जनाले सामाजिक सञ्जालमार्फत नै पार्टी प्रतित्यागको घोषणा गरेका थिए ।
दुवै जनाले सक्रिय राजनीतिबाट बाहिरिएको बताएका छन् । सामाजिक सञ्जालमार्फत दुवैले घुमाउरो ढंगले कार्यविभाजनको विरोध जनाएका छन् । जारी अपानिअनुसार गुरुङलाई रुपन्देही इन्चार्जको जिम्मेवारी दिइएको थियो भने मल्लको जिम्मेवारीमा कमी गराइएको थियो ।
पार्टी छाडेको बताएपनि दुवै जनाबारे एमाले फर्किने तयारी गरिरहेको चर्चा चलेको छ । तथापी, उनीहरुले निर्णय भने लिइसकेका छैनन् ।
कतिपयले जारी अपानिको निर्णयलाई इंगित गर्दै एकीकृत समाजवादीभित्र अर्को ‘केपी ओली’ जन्मिएको पनि संज्ञा दिएका छन् । खनालनिकट एक नेताले अपानि नसच्चिएमा पार्टीभित्र ठूलो विग्रह हुनसक्ने बताए ।
“बैठकले एकातिर निर्णय गर्ने, अपानि अर्कोतिर जारी गर्ने, यो पुरै ‘केपी ओली’ शैली भएको छ, हामीले एमालेमा जुन शैलीको विरोध गर्यौं, यता आएपछि पनि त्यही शैलीलाई प्रश्रय दिनपर्ने अवस्था बन्यो”, उनले भनेका छन्, “यो सच्चिन्छ, सच्चिनुपर्छ, नसच्चिए, पार्टीका निम्ति दुर्भाग्य हुन्छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ५ गते, २०८० - १९:५६
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)को साधारणसभाले झापा जिल्लाको मताधिकार खोसेको छ । क्यानले जिल्लामा रहेको विवादका कारण झापाको मताधिकार खारेज गरेको...
आश्विन ५ गते, २०८० - १९:५१
काठमाडौं। धार्मिक अगुवाहरूले मलुकमा धार्मिक सद्भाव कायम राख्न संयुक्त अपिल गरेका छन्। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा आज गृह मन्त्र...
आश्विन ५ गते, २०८० - १९:२७
काठमाडौं। नेपाली कांग्रेसले विद्यालय शिक्षा विधेयकलाई आवश्यक संशोधन र परिमार्जन गर्न समन्वय गर्ने भएको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार वि...
आश्विन ५ गते, २०८० - १९:१३
काठमाडौं। नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन आयोग बनाउने र क्षेत्राधिकार तोक्ने विषयमा सरकार जिम्मेवार नभएको आरोप लगाएको छ । सिंह...
आश्विन ५ गते, २०८० - १८:४८
काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अपराधको राजनीतिकरण गरिरहेको टिप्पणी गरेका छन्। अध्यक्ष ओलीले अपराधीलाई आममाफी दिने काम गरेर...
आश्विन ५ गते, २०८० - १८:३३
काठमाडौं। सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन्। सरकारसँग भएको वार्तामा आफनो माग सम्बोधन नगरेको भन्दै राहतको शिक...
आश्विन ५ गते, २०८० - १८:२२
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासको क्षेत्रमा ड्रोन, चंगा र बेलुन उडाएमा कारबाही हुने भएको छ । शुक्रबार विमानस्थलले एक सूचना जारी...
आश्विन ४ गते, २०८० - २१:४१
शुक्रबार बिहान ८ बजे फेरि वार्तामा बस्ने
आश्विन ४ गते, २०८० - २१:२४
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशन (अपानि) मा देखिएका विवादलाई छलफलबाट समाधान गरिने बताएका छन् । केन...
आश्विन ४ गते, २०८० - २०:३६
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको शान्ति प्रक्रियालाई छिट्टै टुंग्याउनुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोज...
प्रतिकृया लेख्नुहोस्: