विराटनगर । कोशी प्रदेशमा कूल जनसंख्याको ४० दशमलब पाँच प्रतिशत नागरिक मात्रै स्वास्थ्य बिमा कार्यक्रममा सहभागी भएका छन् । ४९ लाख ६१ हजार ४१२ जनसंख्या रहेको प्रदेशमा ४०.५ प्रतिशत अर्थात् २० लाख ९ हजार ३३३ जनाले मात्र स्वास्थ्य बिमा गराएका छन् ।
नागरिकलाई स्वास्थ्य उपचारमा सहुलियत सेवा प्रदान गर्ने उद्देश्यले शुरू गरिएको बिमा कार्यक्रमको प्रचार र विश्वासको वातावरण बनाउन नसक्दा ठूलो जनसंख्या बिमाको पहुँचमा आउन नसकेको हो ।
२० लाख बढी जनसंख्याले स्वास्थ्य बिमा गराएको भए पनि ९ लाख ७० हजार ९३३ जनाले मात्र नियमित सेवा लिइरहेको स्वास्थ्य बिमा बोर्ड कोशी प्रदेशले जनाएको छ । प्रदेशमा सबैभन्दा बढी बिमा गराउनेहरू झापाका छन् । सोलुखुम्बुमा भने स्वास्थ्य बिमा गराउनेहरू सबैभन्दा कम छन् ।
झापामा सबैभन्दा बढी ६३.५ प्रतिशत अर्थात् ६ लाख ३३ हजार ६५८ जनाले बिमा गराएको बोर्डका कोशी प्रदेश संयोजक अर्जुन पण्डितले जानकारी दिए । उनका अनुसार भोजपुरमा २३.४ प्रतिशत अर्थात् ३६ हजार ८८७, धनकुटामा ३४ हजार २००, इलाममा १ लाख ३८ हजार ५०६ जनाले स्वास्थ्य बिमा गराएका छन् ।
यसैगरी खोटाङमा ५३ हजार ३८५, मोरङमा ४ लाख ५७ हजार ३९७, पाँचथरमा २५ हजार ७२५, संखुवासभामा ३५ हजार १६६, सुनसरीमा ४ लाख ६४ हजार ७४१, ताप्लेजुङमा १३ हजार ७६०, तेह्रथुममा १४ हजार १०२ र उदयपुरमा ४९ हजार ७७३ जनाले स्वास्थ्य बिमा गराएको बोर्डको अभिलेखमा उल्लेख छ ।
प्रदेशमा स्वास्थ्य बिमाको नवीकरण दर ७८ प्रतिशत रहेको छ । बिमा गरेकामध्ये अति गरिब बिमितको संख्या २४ हजार २६०, ज्येष्ठ नागरिक बिमित संख्या १ लाख ९६ हजार ८३८, एचआइभी संक्रमित ३ हजार ४६१, अति अशक्ति अपाङगता भएका ४२ हजार ९१७, कुष्ठरोगी संक्रमित १ हजार ४२ जना रहेका छन् । बिमा गराएकामध्ये सेवा लिने बिमित ४८ प्रतिशत अर्थात् ७ लाख ७० हजार ९३३ जना रहेका छन् । बिमितबाट तीन वर्षमा २ अर्ब ३३ करोड ५२ लाख ३० हजार २६७ रुपैयाँ संकलन भएको बोर्डले जनाएको छ ।
प्रदेशमा ७८ वटा सरकारी अस्पताल, ४ वटा सामुदायिक र २३ निजी अस्पताल गरी १०६ वटा स्वास्थ्य सेवाहरूबाट बिमा गराएका बिरामीले सेवा लिदैं आएका छन् । यी स्वास्थ्य संस्थाहरूबाट सेवा दिएवापत् तीन वर्ष ९ महिनामा १० अर्ब ६५ करोड ६३ लाख ७३ हजार ४३५ रुपैयाँ भुक्तानी लिएको बोर्डको अभिलेखमा देखिन्छ । सरकारले २०७२ बाट औपचारिक रूपमा स्वास्थ्य बिमा कार्यक्रम शुरू गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १०:३७
चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...
मंसिर २९ गते, २०८२ - १०:३३
काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...
मंसिर २९ गते, २०८२ - १०:१८
ललितपुर । सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...
मंसिर २९ गते, २०८२ - ०८:४७
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...
मंसिर २९ गते, २०८२ - ०८:३४
काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याएको बताएकी छिन् । सं...
मंसिर २९ गते, २०८२ - ०८:३२
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...
मंसिर २९ गते, २०८२ - ०८:२१
बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...
मंसिर २९ गते, २०८२ - ०८:२०
मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...
मंसिर २९ गते, २०८२ - ०८:१५
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...
मंसिर २९ गते, २०८२ - ०८:११
काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...




प्रतिकृया लेख्नुहोस्: