Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

के हाे कांग्रेस नेता तिर्थ लामाकाे व्यवसाय? कसरी हुन्छ करोड-करोडको कारोबार ?

मलद्वारमा लुकाएर ल्याएको ‘सुन’ले काभ्रे कांग्रेसमा खैलाबैला

खबरडबली संवाददाता

काभ्रे । विशेष सूचनाका आधारमा काठमाडौं प्रहरी परिसरको टोलीले विमानस्थल बाहिरबाट बरामद गरेको मलद्वारमा लुकाइ ल्याएको सुन प्रकरणले काभ्रे कांग्रेसमा खैलाबैला भएको छ ।
पार्टी सभापति एवं प्रदेश मन्त्रीसमेत रहेका तीर्थ लामाको विशेष सहयोगी विकास योञ्जन मुख्य योजनाकार रहेको सुन प्रकरणको प्रारम्भिक अनुसन्धानले काभ्रे कांग्रेसका नेताहरुको सुन तस्करीमा संलग्नता रहेको खुलासा भएको हो ।

प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा काभ्रे महाभारत गाउँपालिका गोकुलेस्थित विकास योञ्जनको ब्यवसायीक साझेदारका रुपमा नेपाली कांग्रेस काभ्रेका सभापति समेत रहेका प्रदेश मन्त्री तीर्थ लामा र भुम्लु गाउँपालिकाका उपाध्यक्ष दावा भनिने जितेन्द्रमान तामाङको साझेदारी रहेको खुलेको हो ।

उनीहरुबीच भएको टेलिफोन कुराकानीको रेकर्ड तथा कल डिटेल्स, सवारी साधनको प्रयोग तथा पक्राउपछि भरियाहरुले गरेको प्रारम्भिक बयान र बरामदी चेकका आधारमा उनिहरुको संलग्नता पुष्टी भएको प्रहरीले बताएको छ । तीर्थ लामाको नाममा रहेको खाताबाट विकास योञ्जनका नाममा भुक्तानी गरिएको करिव एक करोड बराबरको चेक पनि बरामद गरिएको सवारी साधनमा फेला परेको छ ।

व्यवसायय बिना नै कराेडाैंकाे कारेबार

‘नेता र कार्यकर्ताको कुनै ठुलो देखिने ब्यवसाय छैन, करोड करोडको चेकको कारोवार हुने ब्यवसाय के हो ?’–प्रहरीले अनुसन्धानमा सोधेको छ– ‘तीर्थ लामाको मुख्य ब्यवसाय के हो ? विकास योञ्जनका साझेदार को को हुन् ? सुन तस्करीमा संलग्न अन्य गिरोहका सदस्य को को छन् ? आयात र निर्यात कसरी भईरहेको थियो ? कहिलेदेखि हुने गरेको थियो ?’

श्रोतका अनुसार गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री प्रकाशरण महतसँगको सिधा सम्पर्क र तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवासँगको समेत सिधा सम्पर्कमा कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले विमानस्थलमा सेटिङ्ग मिलाएर दुई वर्षदेखि विकास योञ्जनमार्फत सुन तस्करी गर्दै आएका थिए ।

हप्ताको दुई केजीका दरले मासिक १० केजी सुन ल्याउने गरेको उक्त समूहले दुई वर्षको अवधीमा २ सय केजी भन्दा धेरै सुन ल्याएर विक्री गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । लामा र विकास योञ्जन तथा पक्राउ परेका तीन जना भरियाको खातामा प्रारम्भिक अनुसन्धानबाट पनि वार्षिक ५० करोडभन्दा धेरै कारोवार हुने गरेको देखाएको छ ।

काभ्रेपलाञ्चोक जिल्ला खानीखोला गाउँपालिका–३ हाल पनौती नगरपालिका–५ बस्ने २८ वर्षीय बाबुलाल दोङ, रोशी गाउँपालिका–५ साविक शिसाखानी गाविस–३ घर भएका ३३ वर्षीय जगत लामा र महाभारत गाउँपालिका–३ सानोपखेरा घर भई बनेपा ९ बस्ने ३६ वर्षीय मिङमा दोर्जे स्याङतानलाई भदौ २५ गते विहान ९.२५ गतेको समयमा दुबईबाट हिमालयन एयरलाईन्सद्वारा नेपाल आएका बाबुलाल दोङ भन्ने व्यत्तिले भन्सार छली अबैध सुन लुकाइ–छिपाइ याएको भन्ने सूचनाका आधारमा काठमाडाैं जिल्ला प्रहरी परिसरबाट खटिएको विशेष प्रहरी टोलीले खोजतलासका क्रममा विमानस्थल बाहिर सार्वजनिक खण्ड पेटी किनारमा हिँड्दै गरेको अवस्थामा फेला पारी तत्काल नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो ।

सुन मलद्वारमा लुकाइ–छपाइ ल्याएको अवस्थामा पक्राउ परेका बाबुलाललाई प्रहरी वृत्त गौशालामा लगि चेकजाँच गर्ने क्रममा बालो टेपले बेरिएको २ वटा लाम्चो र डल्लो सुन फेला परेको थियो । सुन कुरेर बसेका अन्य दुई र उनीहरुले प्रयोग गरेका दुईवटा सवारी साधनलाई प्रहरीले काठमाडौं महानगरपालिका–१५ ढल्कुस्थित विगमार्टको पार्किङबाट नियन्त्रणमा लिई भन्सार कार्यालय पठाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक कुमोध ढुगेंलले जानकारी गराएका छन् ।

पक्राउ परेका भरियाका साथबाट ९६० केजी सुनसहित वागमती प्रदेश ०१–२७ प.च. ९९६० नम्वर को क्रेटा गाडी र वागतमी प्रदेश ०२ ०३० प.८५१७ नम्वरको कालो रंगको बुलेट मोटरसाईकल, रेडमी कम्पनीको मोवाईल, पिए १६०८५३८ नम्वरको राहदानी बरामद भएको छ । बरामद भएको चेकका बारेमा प्रहरी बोलेको छैन । उक्त गाडी र मोटरसाईकल दुवै विकास योञ्जनले प्रयोग गर्ने गरेको भए पनि प्रदेश सांसद एवं कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले समेत प्रयोग गर्दै आएका थिए ।

को हुन् विकास योञ्जन ? 

जिल्लाको विकट पालिका महाभारतको गोकुले २ सोकतेल घर भएका विकास योञ्जन सामान्य परिवारका ब्यक्ति हुन् । कुनै पेशा ब्यवसाय नभएका विकासका आलिसान महल, अरबौको सम्पती र सवारी साधन छन् । पटक–पटक अपहरण र दिउँसै मोटरसाईकल चोरी गर्दा गर्दै स्थानीयहरुले पक्राउ गरी प्रहरीलाई बुझाएर सजाय भोगेका विकास योञ्जनको पृष्ठभूमी आपराधिक छ । काभ्रे, मकवानपुर तथा विभिन्न जिल्लामा भएका अपराधमा उनी संलग्न छन् । पछिल्लो समय उनी भीमफेदी कारागारबाट रिहा भई विदेशसमेत बसेर फर्किएका थिए ।

अपराधिलाई सम्रक्षण गर्दै प्रदेश मन्त्री लामा

उनै विकास योञ्जनलाई कांग्रेसका जिल्ला सभापति एवं प्रदेश मन्त्री रहेका लामाले कांग्रेसमा प्रवेश गराउँदै तरुण दलको केन्द्रीय सदस्य बनाए । विकास योञ्जनलाई कांग्रेस काभ्रेका सभापति एवं वागमती प्रदेश सभा सदस्य खानेपानी, सिंचाई तथा उर्जा मन्त्री तीर्थ लामाले संरक्षण गरिरहेका छन् ।

निर्वाचनका समयमा उनै विकासले तीर्थलाई एक करोड चुनावी खर्च उपलब्ध गराएका थिए । त्यहीँ पैसाको आडमा विकासलाई कांग्रेसले प्रतिनिधि सभा क्षेत्र नम्वर–१ को ‘क’ प्रदेश सभाबाट समानुपातिक सांसदका लागि उम्मेदवारका रूपमा सिफारिस गरेको थियो ।

विकास योञ्जन मार्फत महाभारत, खानीखोला लगायतका स्थानबाट धेरै युवाहरुलाई पटक–पटक विदेश पठाउँदै उनीहरुको मलद्वारमा सुन ल्याउन लगाउने गरेका थिए । सामान्य परिवारका ब्यक्तिहरु वर्षमा ८ पटकसमेत पर्यटक भिसामा जाने आउने गरेको अध्यागमन विभागको रेकर्डमा उल्लेख छ । पक्राउ परेका भरियाहरुमध्ये दुई जनाको रेकर्ड त्यस्तै देखिएको छ ।

विकास योञ्जन बनेपा–९ मा बसोबास गर्दै आएका थिए । उनले मलद्धारमा ल्याउन लगाएको सून बनेपामा ल्याएर सुन गाल्ने गरेका थिए । बनेपामा रहेको एउटा सुन गाल्ने पसलमा भारतीय मजदुरलाई त्यसको जिम्मेवारी दिएका थिए । उनी अहिले फरार छन् ।

बनेपामा पनि सुन गाल्ने मेसीन

सुन गाल्ने मेसिन स्वयम विकास योञ्जनको समूहले खरिद गरेर दिएको श्रोतको भनाइ छ । साताको दुई केजी सुन दुबईबाट नेपाल ल्याई नेपाल र भारतका विभिन्न स्थानमा पुर्याउने अभियानमा उनिहरुको समूह सक्रिय रहेको खुलेको छ । विमानस्थलमा राजनीतिक सेटिङ्ग गराई दुबईबाट हरेकदिन नेपाल ल्याउने गरेको सुन बोक्ने भरिया हुन् पक्राउ परेका तीन जना बाबुलाल, जगत र मिङमा । उनीहरु तीनै जना विकास योञ्जनको घरमा बस्दै आएका छन् ।

विकास योञ्जनका भाइ निरज योञ्जन अर्का सहयोगी र योजनाकार हुन् । उनीहरुको समूहले सुनका अलावा आईफोन, हुण्डी कारोवार लगायतका अवैध कारोवार गरिरहेको छ । सत्तामा आफै भएका बेला कर्मचारी र प्रहरी प्रशासनको दुरुपयोग गरी राजनीतिक संरक्षणका आधारमा तस्करी भईरहेको अनुसन्धानले खुलेको छ । विकास योञ्जन प्रहरीको खोजीमा भएकाले फरार छन् ।

क्याप्सनः प्रहरीले बरामद गरेको गाडी र मोटरसाईकल । दुबैमा विकास योञ्जन छन् । उनी अहिले फरार छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेको ११औँ महाधिवेशनः भीड देखाउने प्रतिस्पर्धामा सत्यभन्दा प्रचारलाई प्राथमिकता

जनलहर देखाउने होडमा एमाले कार्यकर्ताले फैलाए फेक तस्बिर

सल्लाघारीको दृश्य भन्दै ‘फेक’ फोटो भाइरल, एमाले महाधिवेशनको जनसहभागितामाथि भ्रम फैलाउने प्रयास

काठमाडौं । भक्तपुरको सल्लाघारीमा शनिबार आयोजित नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहको स्थलको भन्दै एउटा ‘फेक’ फोटो सामाजिक सञ्जालमा भाइरल भइरहे...

थामी समुदायका विद्यार्थीलाई भीमकमल फाउण्डेसनद्वारा न्यानो कपडा वितरण

दोलखा । भीमेश्वर नगरपालिका–२ स्थित सामुदायिक तिखातल प्राथमिक विद्यालयमा अध्ययनरत विपन्न तथा सीमान्तकृत थामी समुदायका बालबालिकालाई न्यानो कपडा (ट्रयाक ...

नेता थुप्रिँदै, जनाधार खुम्चिँदै : नयाँ नेकपाको प्रारम्भिक यात्रामै गम्भीर प्रश्न

काठमाडौं। नेपालको वाम राजनीतिमा फेरि एकपटक एकताको झण्डा फहराउँदै नयाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको छ। पार्टीका शीर्ष नेताहरूले यसलाई देशक...

१४ दलको एकताले नेकपालाई देशकै एक नम्बर पार्टी बनाउँछ : प्रचण्ड

विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी निर्माणतर्फ अघि बढेका हाैं

कुलकै बेइज्जती: तीर्थराज भट्टराईको नामले आज हामी सबै लज्जित छौँ

काठमाडौँ। आज यो लेख लेख्दा हात काँपिरहेको छ। कलम चलिरहे पनि मन भारी छ। हृदय भित्र एउटा अनकहिँदो पीडा बसी रहेको छ, जुन शब्दमा उतार्न सजिलो छैन। नेपा...

काठमाडौँ महानगरकी उपमेयर सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधि मनोनित

काठमाडौँ । नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको छ । एमालेले व...

एमाले ११औँ महाधिवेशन आजदेखि, सल्लाघारीमा तीन लाखको शक्ति प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हु...

भिजिट भिसा काण्डका आरोपी तीर्थराज भट्टराई २५ लाख धरौटीमा रिहा

काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका तत्कालीन अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराई २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। भ्रष्टाचार र सम्पत्ति ...

नाति बोकेर, रात छिचोलेर: ओली महाधिवेशनमा कार्यकर्ताको भीड, मनमा भने द्विविधा

भक्तपुर । नेकपा एमालेको ११औँ महाधिवेशनमा सहभागी हुन देशभरका जिल्ला–जिल्लाबाट कार्यकर्ताहरू बिहानै भक्तपुर आइपुगेका छन्। खेतीपाती र दैनिक काम छाडेर गाड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending