काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधानमा भएको व्यवस्थाअनुरुप बालबालिकाको शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा व्यक्तित्व विकासका योजना अनिवार्यरूपमा तर्जुमा गरी लागू गर्नुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उनले स्थानीय तहमा बाल क्लब तथा किशोर–किशोरी समूहका सिर्जनात्मक एवं व्यक्तित्व विकासका कार्यलाई प्राथमिकतामा राख्नुपर्ने बताए । बालबालिकाका लागि प्राविधिक शिक्षा तथा सीपमूलक प्रशिक्षणको आयोजना गर्नुपर्नेमा जोड दिँदै उपराष्ट्रपति यादवले बालश्रम, बालगृहमा अनधिकृत सिफारिस, बाल हिंसा तथा दुव्र्यवहार गर्ने र बालविवाहलाई संरक्षण र समर्थन गर्नेजस्ता गलत कार्यहरू समाजबाट निषेध गर्नुपर्ने बताए ।
सबै स्थानीय तहमा बालकोषको स्थापना गरी सरकारले तय गरेका कार्यहरू सामाजिकीकरण सेवा, जोखिममा परेका बालबालिकालाई आपत्कालीन राहत सेवा, स्वास्थ्योपचार सहायता आदिमा जोड दिँदै उनले बालअधिकारको संरक्षण र प्रवर्द्धनमा सबै दत्तचित्त भएर लाग्नुपर्ने बताए ।
“बालअधिकारको संरक्षण र प्रवर्द्धनमा जनप्रतिनिधिको महत्त्वपूर्ण भूमिका रहेकाले उनीहरूले यसका लागि बालमैत्री कार्यक्रमको सञ्चालन गर्न आवश्यक छ । बाल संरक्षण घटना व्यवस्थापन कार्यमा स्वास्थ्यकर्मीको भूमिका पनि त्यत्तिकै महत्त्वपूर्ण छ”, उपराष्ट्रपति यादवले सन्देशमा भनेका छन् । बालबालिकाको उपचारका लागि आएका अभिभावक र बालबालिकालाई स्वास्थ्यसम्बन्धी परामर्श सेवा उपलब्ध गराउने, बालबालिकालाई बालमैत्रीरूपमा उपचार र स्वास्थ्य परीक्षण आदिका लागि सहजीकरण गर्न स्वास्थ्यकर्मी सदैव अग्रसर हुनुपर्ने उनको भनाइ छ ।
बाल अधिकारको संरक्षणमा शिक्षकको दायित्व, कर्तत्व र जिम्मेवारी पनि महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले शिक्षकले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउन आवश्यक पहल गर्ने, विद्यालयमा भय तथा हिंसारहित सिकाइका उपायहरू अवलम्बन गरी शिक्षण सिकाइ गर्ने, विद्यालयमा बाल सहभागिता प्रवर्द्धन, बालक्लब गठनलगायत विभिन्न सिर्जनात्मक क्रियाकलापमा बालबालिकाको सहभागिताका लागि सहजीकरण गर्नुपर्नेमा जोड दिए ।
आजका बालबालिका नै भविष्यका कर्णधार भएको जनाउँदै उनले बालबालिकालाई संविधानले व्यवस्था गरेको हक, अधिकार प्रत्याभूत हुने गरी कार्य गर्न अझ बढी सचेत हुनु जरुरी रहेको बताए । नेपालले संयुक्त राष्ट्रसङ्घीय बालअधिकारसम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनको स्मरण गर्दै राष्ट्रिय बाल दिवस मनाइँदै आइएको छ । सन् १९९० सेप्टेम्बर १४ मा नेपालले बालअधिकारसम्बन्धी महासन्धिलाई अनुमोदन गरेको हो । यस वर्ष बाल दिवसको मूल नारा ‘बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी’ रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - ११:४८
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले संसद पुनर्स्थापनाको बाटो रोज्दै पार्टी महाधिवेशन ढिलो गर्नु कांग्रेसका लागि गम्भीर रूपमा प्रत्युत्पाद...
पौष ८ गते, २०८२ - ११:३८
काठमाडौं । काठमाडौंमा उत्पादन भएको रायो सागमा उच्च मात्रामा विषादी भेटिएको छ। बिक्रीका लागि मंगलबार कालीमाटी फलफूल तथा तरकारी बजारमा ल्याइएको रायो साग...
पौष ८ गते, २०८२ - ११:३०
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक कीर्तिमान कायम गरेको छ। मंगलबार सुनको मूल्य एकैदिन ५ हजार ५ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन...
पौष ८ गते, २०८२ - ११:२०
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको तीन महिनामै उप्किएको छ । ठेकदारको लापरबाहीका कारण सडकका विभिन्न स्थानमा काल...
पौष ८ गते, २०८२ - ११:०२
काठमाडौं । बंगलादेशमा इन्कलाब मञ्चसँग आबद्ध विद्यार्थी नेता उस्मान हादीको हत्यापछि फेरि अर्का एक राजनीतिक नेतालाई सार्वजनिक स्थानमै गोली हानी हत्या गर...
पौष ८ गते, २०८२ - १०:५४
काठमाडौँ । हेटौँडा सडक विस्तारका क्रममा प्रभावित भएका स्थानीयहरूले माइतीघर मण्डलामा बाजासहित विरोध प्रदर्शन गरेका छन्। हेटौँडामा २५ गज सडक सीमाभित्...
पौष ८ गते, २०८२ - १०:४६
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको क्षेत्रभित्र अनुमति लिएर पनि भौतिक रूपमा सञ्चालनमा नरहेका १०७ वटा विद्यालय फेला परेका छन्। महानगरपालिकाको नगर शिक्ष...
पौष ८ गते, २०८२ - १०:१९
भैरहवा। नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यका उम्मेदवारका लागि जिल्लाबाट सिफारिस भएर आएका सबै नाम केन्द्रीय सम...
पौष ७ गते, २०८२ - १६:५६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...
पौष ७ गते, २०८२ - १६:३६
काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...




प्रतिकृया लेख्नुहोस्: