काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधानमा भएको व्यवस्थाअनुरुप बालबालिकाको शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा व्यक्तित्व विकासका योजना अनिवार्यरूपमा तर्जुमा गरी लागू गर्नुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उनले स्थानीय तहमा बाल क्लब तथा किशोर–किशोरी समूहका सिर्जनात्मक एवं व्यक्तित्व विकासका कार्यलाई प्राथमिकतामा राख्नुपर्ने बताए । बालबालिकाका लागि प्राविधिक शिक्षा तथा सीपमूलक प्रशिक्षणको आयोजना गर्नुपर्नेमा जोड दिँदै उपराष्ट्रपति यादवले बालश्रम, बालगृहमा अनधिकृत सिफारिस, बाल हिंसा तथा दुव्र्यवहार गर्ने र बालविवाहलाई संरक्षण र समर्थन गर्नेजस्ता गलत कार्यहरू समाजबाट निषेध गर्नुपर्ने बताए ।
सबै स्थानीय तहमा बालकोषको स्थापना गरी सरकारले तय गरेका कार्यहरू सामाजिकीकरण सेवा, जोखिममा परेका बालबालिकालाई आपत्कालीन राहत सेवा, स्वास्थ्योपचार सहायता आदिमा जोड दिँदै उनले बालअधिकारको संरक्षण र प्रवर्द्धनमा सबै दत्तचित्त भएर लाग्नुपर्ने बताए ।
“बालअधिकारको संरक्षण र प्रवर्द्धनमा जनप्रतिनिधिको महत्त्वपूर्ण भूमिका रहेकाले उनीहरूले यसका लागि बालमैत्री कार्यक्रमको सञ्चालन गर्न आवश्यक छ । बाल संरक्षण घटना व्यवस्थापन कार्यमा स्वास्थ्यकर्मीको भूमिका पनि त्यत्तिकै महत्त्वपूर्ण छ”, उपराष्ट्रपति यादवले सन्देशमा भनेका छन् । बालबालिकाको उपचारका लागि आएका अभिभावक र बालबालिकालाई स्वास्थ्यसम्बन्धी परामर्श सेवा उपलब्ध गराउने, बालबालिकालाई बालमैत्रीरूपमा उपचार र स्वास्थ्य परीक्षण आदिका लागि सहजीकरण गर्न स्वास्थ्यकर्मी सदैव अग्रसर हुनुपर्ने उनको भनाइ छ ।
बाल अधिकारको संरक्षणमा शिक्षकको दायित्व, कर्तत्व र जिम्मेवारी पनि महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले शिक्षकले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउन आवश्यक पहल गर्ने, विद्यालयमा भय तथा हिंसारहित सिकाइका उपायहरू अवलम्बन गरी शिक्षण सिकाइ गर्ने, विद्यालयमा बाल सहभागिता प्रवर्द्धन, बालक्लब गठनलगायत विभिन्न सिर्जनात्मक क्रियाकलापमा बालबालिकाको सहभागिताका लागि सहजीकरण गर्नुपर्नेमा जोड दिए ।
आजका बालबालिका नै भविष्यका कर्णधार भएको जनाउँदै उनले बालबालिकालाई संविधानले व्यवस्था गरेको हक, अधिकार प्रत्याभूत हुने गरी कार्य गर्न अझ बढी सचेत हुनु जरुरी रहेको बताए । नेपालले संयुक्त राष्ट्रसङ्घीय बालअधिकारसम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनको स्मरण गर्दै राष्ट्रिय बाल दिवस मनाइँदै आइएको छ । सन् १९९० सेप्टेम्बर १४ मा नेपालले बालअधिकारसम्बन्धी महासन्धिलाई अनुमोदन गरेको हो । यस वर्ष बाल दिवसको मूल नारा ‘बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी’ रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८२ - १२:४९
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुर्खेतमा १६ वर्षीया बालिका इनिसा बिकमाथि भएको सामूहिक बलात्कार र जघन्य हत्याक...
फाल्गुन २८ गते, २०८२ - १२:४३
काठमाडौं । निर्वाचन आयोगले धनुषा–१ निर्वाचन क्षेत्रमा नेकपाका मातृका यादवलाई विजयी भएको घोषणा गरेको छ । उम्मेदवारी खारेज भएका राष्ट्रिय स्वतन्त्र प...
फाल्गुन २८ गते, २०८२ - १२:०९
काठमाडौं । भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाललाई भारतमा आयोजना हुने एनएक्सटी २०२६ ग्लोबल समिटमा सम्मानित वक्ताका रूपमा आमन्त्रण गरिएको छ । ...
फाल्गुन २८ गते, २०८२ - ११:४९
काठमाडौँ। हालै सम्पन्न निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक भएसँगै केपी शर्मा ओली ले आफ्नो पार्टीले अपेक्षाअनुसार सिट हासिल गर्न नसकेको स्वीकार गरेका...
फाल्गुन २८ गते, २०८२ - ११:२५
काठमाडौँ। बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट आएको छ । सुनकोे मूल्य रु दुई हजारले र चाँदीको मोल रु २०५ ले घटेको छ । ...
फाल्गुन २८ गते, २०८२ - ११:११
बैतडी। बैतडीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद भण्डारी जिल्लाभर घरदैलो कार्यक्रममार्फत जनताको भेटघाटमा व्यस्त छन्। राष्ट्रिय स्वतन्त्र पार्टी...
फाल्गुन २८ गते, २०८२ - १०:५५
दार्चुला। प्रतिनिधि सभा निर्वाचन बहिष्कार गर्दै मतदान नगरेका नौगाड–१ नागुका स्थानीयले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजेशसिंह सामन्तलाई विकास...
फाल्गुन २८ गते, २०८२ - १०:४८
हिले। धनकुटाको पाख्रीबास नगरपालिका–५ का कमलबहादुर बस्नेत निर्वाचन सफल बनाउन गत माघमा निर्वाचन प्रहरीमा भर्ना हुनुभयो । उहाँ ४० दिन निर्वाचन प्रहरीका र...
फाल्गुन २८ गते, २०८२ - १०:३७
फिदिम। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन हार्नुहुन्न, उहाँले हारे म इलाम छाड्छु भनेर बाजी राखेकै कारण इलाम नगरपालिका–१० मा बस्दै आएका...
फाल्गुन २७ गते, २०८२ - १८:०६
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा इरानले गरेको मिसाइल तथा ड्रोन आक्रमणमा परेर हालसम्म १५ जना नेपाली घाइते भएका छन्। तीमध्ये १४ जना उपचारपछि आफ...



प्रतिकृया लेख्नुहोस्: