Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

सडक स्तरोन्नतिले ल्यायो खुसीयाली

खबरडबली संवाददाता

सुर्खेत।  पश्चिम सुर्खेतको बड्डीचौर–खम्बागाडे–विद्यापुर–बल्दे सडक ट्रयाक खुलेको २९ वर्षसम्म सडक लथालिङ्ग थियो । पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुँदा पश्चिम सुर्खेतवासीलाई निकै सास्ती हुन्थ्यो । बिरामी र गर्भवती महिलालाई निकै जोखिम थियो ।

सुर्खेत पश्चिमका नागरिकको लाइफ लाइनका रूपमा रहेको सडकखण्डलाई पक्की बनाउने हरेकपटक चुनावी नारा बन्थ्यो । तर चुनाव सकिएपछि कहिल्यै टालो नफेरेको उक्त सडकखण्ड २९ वर्षपछि स्तरोन्नतिको काम सुरु भएपछि पश्चिम सुर्खेतवासी नागरिकमा खुसीयाली छाएको छ ।

चौकुने गाउँपालिका–२ का ६५ वर्षीय मानबहादुर बडुवाल सडक सुधार हुँदा निकै खुसी हुनुहुन्छ । हिँड्नै मुस्किल हुने सडकको स्तरोन्नति हुन थालेपछि अब दुःखका दिन सकिने उनको आशा छ । “यहाँका नागरिक बिग्रँदो अवस्थाका कारण वर्षात्अगावै घरायसी सामानको जोहो मिलाउँथे । सडक पक्की बनेपछि त्यो अवस्था सकिनेछ”, बताए । 

मदन भण्डारी राजमार्गअन्तर्गत पश्चिम सुर्खेतको ४५ किलोमिटरको सडकलाई तीन खण्डमा विभाजन गरी हाल तीव्रगतिले काम भइरहेको छ । तीन खण्डमध्ये बड्डीचौर–खम्बागाडे र विद्यापुर–बल्दे सडकखण्डको निर्माण सम्झौता भई तीव्रगतिले काम भइरहेको छ भने खम्बागाडे–विद्यापुर सडकखण्डको काम सुरु हुँदैछ ।

राजमार्गको तीन खण्डमध्ये दुईवटा खण्डमा मदन भण्डारी राजमार्गले र एक खण्डमा कर्णाली प्रदेश सरकारले काम गर्दैछ । बाँकी खण्ड बल्देबाट लगामसम्मको प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन (आइइई) स्वीकृत भइसकेको छ भने लगामबाट कर्णाली सडकखण्डको आइइई स्वीकृतको चरणमा रहेको मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतका प्रमुख शम्भुप्रसाद आचार्यले बताउनुहुन्छ । उहाँका अनुसार सडक निर्माणमा पश्चिम सुर्खेतवासीदेखि जनप्रतिनिधिहरूको समेत साथ रहेकाले अब सम्झौता मितिभित्रै सडक निर्माण हुनेछन् ।

जग्गा मुअब्जाका लागि घरटहराको लगत लिने काम भइरहेको उहाँले बताउनुभयो । हाल तीनवटै सडकखण्डमा वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) लगायतका काम सम्पन्न भइसकेका छन् । मध्यपहाडी राजमार्ग र पूर्व–पश्चिम राजमार्गको बीचमा बन्दै गरेको मदन भण्डारी राजमार्गले नेपालको पूर्वबाट पश्चिमसम्मका चुरे आसपासका क्षेत्रलाई समेटेको छ ।

बड्डीचौरबाट खम्बागाडेसम्मको १३ किलोमिटर सडक तीनवटा मोटरेबल पुल निर्माण सम्झौता भई अघि बढेका छन् । हाल यो सडकखण्डको १५ प्रतिशत भौतिक प्रगति भएको छ । हाल उक्त खण्डमा नाला निर्माण, ग्याबिन, कल्भर्टलगायतका काम भइरहेको छ । यसै खण्डमा पुनःनिर्माणको काम सडक डिभिजन कार्यालय सुर्खेतले गरेको छ ।

यो सडकखण्डमा सात किलोमिटर जङ्गल क्षेत्र छ । तर समयमा रुख कटान आदेश नआउँदा काममा ढिलाइ हुने गरेको छ । यसका लागि कर्णाली प्रदेश सरकारले रु ४२ करोड बजेट विनियोजन गरेको छ । विसं २०७९ देखि काम सुरु भएको उक्त खण्डमा २०८१ असार १५ गतेसम्म काम सम्पन्न गर्नुपर्नेछ ।

खम्बागाडेबाट विद्यापुरसम्मको १० किलोमिटर सडकखण्डको काम भने अघि बढ्न सकेको छैन । सडक निर्माणका लागि ठेक्का व्यवस्थापन गरिँदैछ भने बहुवर्षीय स्रोत सुनिश्चितताका लागि प्रक्रिया अघि बढेको आयोजना प्रमुख आचार्यले बताए । विद्यापुरबाट बल्देसम्मको सडकखण्ड २२ किलोमिटर छ । यो सडकखण्ड ठेक्का व्यवस्थापन भई हाल निर्माणको काम तीव्रगतिमा भइरहेको छ ।

सम्झौताअनुसार २०७९ फागुन १७ गतेदेखि सुरु भएको २२ किलोमिटर सडकखण्डको काम २०८२ फागुन १६ गतेसम्म सम्पन्न गरिसक्नु पर्नेछ । राजमार्ग क्षेत्रमा पर्ने रुख कटानको कानुनी प्रक्रिया पूरा भएपछि विस्तृत काम अघि बढ्ने आयोजना कार्यालयले जनाएको छ ।  भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईँले निर्धारित मितिमै काम सम्पन्न गर्ने बताए । “अनेक समस्याबीच पनि कामको रफ्तार देख्दा निकै खुसी लाग्यो । अहिले ठेकेदारप्रति गुनासो गर्ने ठाउँ छैन”, उनले भने, “सडक निर्माण समयमै सम्पन्न गर्न सबैले सहयोग गरौँ ।” समयमै काम सम्पन्न गर्न र रुख कटानका लागि आवश्यक पहल गर्ने मन्त्री चपाईँले आश्वासन दिए । 

सडककै कारण अहिले पश्चिम सुर्खेतका किसानले उत्पादन गरेको दूध र तरकारी बजारमा बेच्नका लागि महिलाले पैदल नै बजारसम्म पुगेर बेचेर फर्कनुपर्ने बाध्यता छ । बिहानको झिसमिसेमै पैदल हिँडेर स्थानीय बजारमा दूध र तरकारी बेच्न जाने महिला साँझमात्रै घर फर्किनुपर्ने बाध्यता रहेको छ । 

सडक स्तरोन्नति भएपछि उत्पादित वस्तु बेचेर ग्रामीण क्षेत्रका किसानको आयआर्जनमा वृद्धि हुने चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विक (विवश)ले बताए । उनले भने, “सडक स्तरोन्नतिपछि ढुवानीका साधन पनि बारीबारीमै पुग्नेछन् ।

कुहिएर जाने तरकारी बजारमा पुग्नेछ । कृषकले आफ्ना वस्तु सजिलै बजार पुर्याउने अवस्था आउनेछ । किसानको उत्पादन गाउँमै राम्रो मूल्यमा बिक्री हुनेछ ।” सडक सञ्जालले आम मानिसलाई करेसाबारीमा फलेका तरकारी होस् या खेतबारीमा फलेको अन्न, बजार पुर्याउन सहज बनाउनेछ ।    

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौं ३ को पनि गणना केहीबेरमा हुँदै

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ को मतगणना आजै रातिबाट हुने भएको छ । बिहीबार मतदान सम्पन्न भएपछि बेलुकी सर्वदलीय बैठक बसेर रातिबाट मतगणना अघि बढ...

भक्तपुर २ मा ११ बजेबाट मतगणना हुने

भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र २ को मतगणना पनि आजैबाट सुरु हुने भएको छ । राति ११ बजेबाट मतगणना हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्र...

दोलखामा पुनः निर्वाचन हुँदैन : आयोग

काठमाडौँ । करिब ५ घण्टा मतदान अवरुद्ध भएर फेरी मतदान भएकाे दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित गोल्मेश्वर मावि मतदान केन्द्रमा पुन:मतदान नहुने निर्वाच...

काठमाडौं–१ को मतगणना केही समयमा सुरु हुँदै

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ को मतगणना केही समयपछि सुरु हुने भएको छ ।  काठमाडौं क्षेत्र नम्बर १ का मुख्य निर्वाचन अधिकृत चुरमान खड्काले सर्व...

सिन्धुपाल्चोकमा ५५.६९ प्रतिशत मत खस्यो

सिन्धुपाल्चोक  । दुई प्रतिनिधि सभा निर्वाचन भएको सिन्धुपाल्चोकमा कूल मतको ५५. ६९ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत रिताकुमारी बख्रेलकानुसार य...

झापा–५ मा किन घट्यो मत प्रतिशत ?

ललितपुर  । प्रतिनिधिसभा निर्वाचनका लागि निकै चर्चित मानिएको झापा क्षेत्र नम्बर–५ मा यसपटक ६५ प्रतिशत मात्र मत खसेको छ। निर्वाचन आयोगका अनुसार यस क्षेत...

ओखलढुङ्गामा मतदानमा उत्साह घट्दा ४८% मत खस्यो

ओखलढुङ्गा । प्रतिनिधिसभा सदस्य निर्वाचनको क्रममा ओखलढुङ्गामा कुल ४८.१४ प्रतिशत मत खसेको  छ । कुल १२२७१४ मतदाता रहेकाे ओखलढुङ्गामा ५९,०७९ मत खसेकाे हाे...

हिजो नालयकको कुशासन थियाे अब लफङ्गाहरूको आसन हुने छः घनश्याम भुसाल

काठमाडाैं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले बिहीबार सम्पन्न मतदानको विश्लेषण गर्दै कम्युनिष्ट आन्दोलनका लागि चुनौतीपूर्ण मतपरिणाम आए...

काभ्रेपलाञ्चोकमा ६० प्रतिशत मत खस्यो

बनेपा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लामा ६० प्रतिशतभन्दा बढी मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका दुई न...

मोरङमा ६४.५६ प्रतिशत मत खस्यो, मतपेटिका संकलन धमाधम

विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मोरङ जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा आइतबार उत्साहजनक रूपमा मतदान सम्पन्न भएको छ। जिल्ला प्रशासन ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE