मकवानपुर । हेटौंडामा चिकित्सकलाई आक्रमण गरेको आरोपमा चार जना पक्राउ परेका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा रहेको सन्चो अस्पतालका चिकित्सकद्वय विकास थापा र प्रशान्त बिडारीलाई भदौ २७ मा आक्रमण गर्नेमध्ये चार जना पक्राउ परेका हुन् ।
स्थानीय रमा प्रधान, रमिता प्रधान, रोही प्रधान र अनुप प्रधानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ। यसैबीच स्वास्थ्यकर्मीले आक्रमण गर्नेहरू विरुद्ध सामुहिक उजुरी दिने भएका छन्। वार्ताको नाममा पीडित चिकित्सकलाई नै हतोत्साहित गर्ने काम भएपछि सामूहिक रूपमा मुद्दा दर्ता गर्ने निष्कर्षमा पुगेको राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, मकवानपुरका अध्यक्ष भोला चौलागाईंले बताए।
प्रशासन र प्रहरीले दोषीलाई कारबाही गर्न चासो नदेखाएको, उजुरी दर्ता गर्नुको सट्टा दोषीलाई उन्मुक्ति दिने प्रयास भइरहेको अध्यक्ष चौलागाईंको भनाइ छ। घटनापछि छलफलका लागि जिल्ला प्रहरी कार्यालयमा बोलाइएको र एसपीकै कार्यकक्षमा उजुरी दर्ता नगराउन वार्ता गरिएको तथा दोषीले डाक्टरलाई काट्छु भन्दा समेत एसपी सीताराम रिजाल निरीह बनेको स्वास्थ्यकर्मीको आरोप छ।
यसैबीच नेपाल चिकित्सक संघ, नेपाल औषधी व्यवसायी संघ, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, मकवानपुरले प्रेस विज्ञप्ति जारी गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्। आक्रमण गर्नेलाई कारबाही नभए आन्दोलन गर्ने स्वास्थ्यकर्मीले चेतावनी दिएका छन्।
एक महीनाअघि सन्चो अस्पतालमा परीक्षण गर्न आएका हेटौंडा–१२, पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानलाई डेंगी देखिएको थियो। उपचारका क्रममा चितवनमा उनको मृत्यु भएको थियो।
उनको उपचारमा लापरबाही गरेको आरोप लगाउँदै पदमपोखरीको एक समूहले सन्चो अस्पतालका चिकित्सकद्वय थापा र बिडारीलाई आक्रमण गरेको थियो। चिकित्सकलाई आक्रमण भएपछि सेवा प्रभावित भएको छ। यसको विरोधमा मकवानपुरमा ओपीडी सेवा बन्द गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २१ गते, २०८२ - २२:४०
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ को मतगणना आजै रातिबाट हुने भएको छ । बिहीबार मतदान सम्पन्न भएपछि बेलुकी सर्वदलीय बैठक बसेर रातिबाट मतगणना अघि बढ...
फाल्गुन २१ गते, २०८२ - २२:३८
भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र २ को मतगणना पनि आजैबाट सुरु हुने भएको छ । राति ११ बजेबाट मतगणना हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्र...
फाल्गुन २१ गते, २०८२ - २२:३६
काठमाडौँ । करिब ५ घण्टा मतदान अवरुद्ध भएर फेरी मतदान भएकाे दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित गोल्मेश्वर मावि मतदान केन्द्रमा पुन:मतदान नहुने निर्वाच...
फाल्गुन २१ गते, २०८२ - २२:३०
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ को मतगणना केही समयपछि सुरु हुने भएको छ । काठमाडौं क्षेत्र नम्बर १ का मुख्य निर्वाचन अधिकृत चुरमान खड्काले सर्व...
फाल्गुन २१ गते, २०८२ - २०:५२
सिन्धुपाल्चोक । दुई प्रतिनिधि सभा निर्वाचन भएको सिन्धुपाल्चोकमा कूल मतको ५५. ६९ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत रिताकुमारी बख्रेलकानुसार य...
फाल्गुन २१ गते, २०८२ - २०:४८
ललितपुर । प्रतिनिधिसभा निर्वाचनका लागि निकै चर्चित मानिएको झापा क्षेत्र नम्बर–५ मा यसपटक ६५ प्रतिशत मात्र मत खसेको छ। निर्वाचन आयोगका अनुसार यस क्षेत...
फाल्गुन २१ गते, २०८२ - २०:३१
ओखलढुङ्गा । प्रतिनिधिसभा सदस्य निर्वाचनको क्रममा ओखलढुङ्गामा कुल ४८.१४ प्रतिशत मत खसेको छ । कुल १२२७१४ मतदाता रहेकाे ओखलढुङ्गामा ५९,०७९ मत खसेकाे हाे...
फाल्गुन २१ गते, २०८२ - १९:५९
काठमाडाैं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले बिहीबार सम्पन्न मतदानको विश्लेषण गर्दै कम्युनिष्ट आन्दोलनका लागि चुनौतीपूर्ण मतपरिणाम आए...
फाल्गुन २१ गते, २०८२ - १९:३६
बनेपा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लामा ६० प्रतिशतभन्दा बढी मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका दुई न...
फाल्गुन २१ गते, २०८२ - १९:३५
विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मोरङ जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा आइतबार उत्साहजनक रूपमा मतदान सम्पन्न भएको छ। जिल्ला प्रशासन ...



प्रतिकृया लेख्नुहोस्: