Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

कुशेऔंसीः आश्रममा रहेका बाबुका गुनासो

खबरडबली संवाददाता

चितवन । भरतपुर महानगरपालिका–१ देवघाटमा भेटिनुभएका ७५ वर्षीय कृष्णबहादुर श्रेष्ठको अनुहार मलिन थियो । कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन भेटघाटको कुरो त परै जाओस फोनको आशमा आसमा रहँदा पनि आफ्ना छोराछोरीले नसम्झँदा उनी निकै निराश भएका थिए । बाटो हेर्दै गरेका श्रेष्ठलाई न छोरा छोरीको फोन आयो न त कुनै सन्देश नै ।

छोराछोरीको कमाइको के आश गर्नु भन्दै  तीन भाई छोरा र दुई छोरी काभ्रेमा रहे पनि उनी श्रीमतीको निधन पछि आश्रममा बस्न थालेका थिए । कहिलेकाहीँ घर गए पनि खासै चासो कसैले नदिएकाले श्रेष्ठको मन देवघाटतिर ढल्किएको हो ।

देवघाटमा रहँदा पनि तीर्थयात्रा गर्ने, भजन किर्तन गर्ने गर्दै आएका उनलाई अरु समयमा नभए पनि चाडपर्वका समयमा त छोराछोरीले सम्झेलान भन्ने थियो तर कसैले खबर नगरेपछि निराश भए । श्रेष्ठले  भने, “केही दिनअघि त फोन सम्पर्क भएको थियो । अहिले छैन । आश्रममा बस्दा र तीर्थयात्रा गर्दा हुने खर्च भने केही परिवारले पठाउने र केही आफ्नो भत्ताबाट जोहो हुँदै आएको छ । 

देवघाटको रोटरी करुणालय आश्रममा बस्दै आउनुभएका काठमाडौँका शङ्करबहादुर खड्कीले पहिलाको जस्तो चाडबाडको मोह अहिले नरहेको बताए । पहिलापहिला कुशेऔँसीमा छोराछोरीले के खानुहुन्छ भन्दै सोध्ने गरेका थिए तर श्रीमतीको निधन पछि उनी पनि एक्लो भए । माया गर्ने माइली छोरीको समेत निधन भएपछि शङ्करबहादुर काठमाडौँको विलासी जीवनभन्दा आश्रममा बस्न ठिक भन्दै यहाँ आएका हुन् ।

त्रीहत्तर वर्षीय उनका एउटा छोरा र चार छोरी छन् । छोरासँग सम्पर्क नभएको छ वर्ष भएको गुनासो गर्दै शङ्करबहादुरले भने, “बाबुको मुख हेर्ने दिन यहाँ आएका सबै आफ्नै छोराछोरी जस्तो लाग्छ । “छोराले वास्ता नगरे पनि छोरीहरुको त फोन आउँछ र भेट्न आउँछन् जस्तो लागे  पनि कसैले नसम्झँदा निरास बनायो”,  उनले थपे, “छोराछोरी सबै काममा व्यस्त भएर होला नसम्झिएको । कमाउन र आफ्नो बालबच्चा त पाल्ने गर्नैप¥यो ।”
 
आश्रममै रहेका नवलपरासीको त्रिवेणीका ७३ वर्षीय विजयबहादुर घर्तीको स्वास्थ्यमा समस्या दखिन्छ । आश्रममा आएको दुई वर्ष भयो । जवानी उमेरको छोरो हराएपछि सन्तानको बिछोडले पिरलिनुभएका उनले बाबुको मुख हेर्ने दिन नआए पनि हुने भन्दै गुनासो गरे ।

“छोरो हरायो, चार छोरीलाई ज्वाइँको जिम्मा लगाइयो । सबै आ–आफ्नै काममा व्यस्त, कसैले पनि सम्झने फुर्सद पनि पाएनन् कि जस्तो लाग्छ ।” अन्य समयमा भेटघाटका लागि आउने भए पनि चाडपर्वमा नआउँदा निकै खल्लो लाग्दोरहेछ”, बिजयबहादुरले भने, “चार्ड पर्वका समयमा विभिन्न व्यक्ति आश्रममा केही खानेकुरा लिएर आउँछन्  ‘बा’ भन्छन् “ सबैलाई आफ्नै छोराछोरी सम्झन थालेको छु ।”

लामो समय आश्रममा बिताउनुभएका पोखराका छविलाल उपाध्याय अधिकारी उर्फ विज्ञानानन्द पनि तीन छोरा र दुई छोरीका बाबु हुन् । उनलार्ई जीवन भनेको नै सङ्घर्ष हो भन्ने लाग्छ । छोराछोरी र नाति नातिनाप्रति कुनै गुनासो नभएको र १७ वर्ष अघिदेखि सन्यासी जीवन बिताएका ९२ वर्षीय बविलालले भने, “सांसारिक मोहबाट टाढै रहनु राम्रो हुँदोरहेछ । अहिले आनन्द छ ।”

औँसीमध्ये कुशेऔँसी एक विशेष र महत्वपूर्ण तिथि हो । सनातन हिन्दु दर्शन र परम्परामा केहि तिथिहरू विशेष प्रकृति र महत्वका छन् । कुशेऔँसी बुवाको मुख हेर्ने दिनका रुपमा पनि प्रख्यात छ । यस दिन छोराछोरीले आआफ्ना बाबुलाई मिठो मसिनो खान दिने र प्रफुल्लीत पारी आर्शिवाद लिने गर्दछन् । बुवा नहुनेले भने विभिन्न पवित्र स्थानमा गई मृतक बुवाको नाममा श्राद्ध गरि यथासक्य सिदालगायत अन्य दान गर्छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौं ३ को पनि गणना केहीबेरमा हुँदै

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ को मतगणना आजै रातिबाट हुने भएको छ । बिहीबार मतदान सम्पन्न भएपछि बेलुकी सर्वदलीय बैठक बसेर रातिबाट मतगणना अघि बढ...

भक्तपुर २ मा ११ बजेबाट मतगणना हुने

भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र २ को मतगणना पनि आजैबाट सुरु हुने भएको छ । राति ११ बजेबाट मतगणना हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्र...

दोलखामा पुनः निर्वाचन हुँदैन : आयोग

काठमाडौँ । करिब ५ घण्टा मतदान अवरुद्ध भएर फेरी मतदान भएकाे दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित गोल्मेश्वर मावि मतदान केन्द्रमा पुन:मतदान नहुने निर्वाच...

काठमाडौं–१ को मतगणना केही समयमा सुरु हुँदै

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ को मतगणना केही समयपछि सुरु हुने भएको छ ।  काठमाडौं क्षेत्र नम्बर १ का मुख्य निर्वाचन अधिकृत चुरमान खड्काले सर्व...

सिन्धुपाल्चोकमा ५५.६९ प्रतिशत मत खस्यो

सिन्धुपाल्चोक  । दुई प्रतिनिधि सभा निर्वाचन भएको सिन्धुपाल्चोकमा कूल मतको ५५. ६९ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत रिताकुमारी बख्रेलकानुसार य...

झापा–५ मा किन घट्यो मत प्रतिशत ?

ललितपुर  । प्रतिनिधिसभा निर्वाचनका लागि निकै चर्चित मानिएको झापा क्षेत्र नम्बर–५ मा यसपटक ६५ प्रतिशत मात्र मत खसेको छ। निर्वाचन आयोगका अनुसार यस क्षेत...

ओखलढुङ्गामा मतदानमा उत्साह घट्दा ४८% मत खस्यो

ओखलढुङ्गा । प्रतिनिधिसभा सदस्य निर्वाचनको क्रममा ओखलढुङ्गामा कुल ४८.१४ प्रतिशत मत खसेको  छ । कुल १२२७१४ मतदाता रहेकाे ओखलढुङ्गामा ५९,०७९ मत खसेकाे हाे...

हिजो नालयकको कुशासन थियाे अब लफङ्गाहरूको आसन हुने छः घनश्याम भुसाल

काठमाडाैं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले बिहीबार सम्पन्न मतदानको विश्लेषण गर्दै कम्युनिष्ट आन्दोलनका लागि चुनौतीपूर्ण मतपरिणाम आए...

काभ्रेपलाञ्चोकमा ६० प्रतिशत मत खस्यो

बनेपा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लामा ६० प्रतिशतभन्दा बढी मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका दुई न...

मोरङमा ६४.५६ प्रतिशत मत खस्यो, मतपेटिका संकलन धमाधम

विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मोरङ जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा आइतबार उत्साहजनक रूपमा मतदान सम्पन्न भएको छ। जिल्ला प्रशासन ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE