Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

जनपक्षिय काम गर्दै ओखलढुंगाको लिखु गाउँपालिका

मनाेज भट्टराई

ओखलढुंगा । ओखलढुंगाको पश्चिमी भेगमा रहेको लिखु गाउँपालिकाले जनपक्षिय कार्यक्रमहरु सार्वजानीक गरेको छ । गाउँपालिका अध्यक्ष अशोक कार्कीले विभिन्न स्वास्थ्य शिक्ष तथा पुर्वाधरका जनपक्षिय कार्यक्रम सार्वजानीक गरेका हुन् ।

यतिबेला गाउँपालिकाले गाउँपालिकाकामा रहेका नौ वटै वडा कार्यालयहरु निर्माणकार्य गरिरहेको छ भने सडक निर्माणदेखि, स्वास्थ्य शिक्षा र खानेपानीमा विशेष ध्यान दिई रहेको छ । गाउँपालिकाले लक्षित समुदायका क्षेत्रमा समेत काम गर्ने लक्ष राखेको अध्यक्ष कार्कीले बताएका छन् ।

चालु आर्थिक वर्षमा गाउँपालिकाका सबै वडामा रहेका सामुदायिक विद्यालयहरुमा गुणस्तरिय शिक्षा, स्वास्य, सिंचाईँ, कृषिको आधुनिकीकरण, महिला बालबालिका, जेष्ठ नागरिक लक्षीत कार्यक्रमका साथै मृत्युसंस्कारमा सहयोग समेतलाई समेटेको छ । चालु आर्थिक वर्षमा सम्पन्न गर्ने गरी सार्वजनीक गरिएका कार्यक्रमहरुमा विशेष गरी पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र सक्तिकरणका कार्यक्रम रहेका छन् ।

लिखु क्षेत्रको मध्यभागमा रहेको लिखु गाउँपालिकामा शिक्षा क्षेत्रमा भने निकै अग्र स्थानमा रहेको छ । यो गाउँपालिकामा जिल्लाकै पहिलो विद्यालय देखी उच्च शिक्षको लागि त्रिभुवन विश्वविद्यालयबाट संवन्धन प्राप्त क्याम्पस समेत रहेको छ । लिखु आसपारमा रहेका स्थानीयको लागि स्थापितत पाँचवटा क्याम्पस मध्य एक क्याम्पस यही गाउँपालिकाको केन्द्रभाग गाम्नाङ्गटारमा रहेको छ । हरेक वडामा कक्षा १० सम्म र ६ वटा वडामा दश जोड २ समेत रहेका छन् भने गाम्नाङ्गटारमा रहेको गाउँपालिकाककै नमुना विद्यालयमा कृषि तर्फ बाली विज्ञान र विज्ञान संकायमा अध्ययन भई रहेको छ ।

गाउँपलिकामा रहेका हरेक विद्यालयहरुमा रहेका बालविकास केन्द्रहरुले अपुग भएका कारण वडा नं. ८ को कोप्चे र पोखरिडाँडामा थप दुई बालबिकास केन्द्र स्थापना गरी हरेक बालबालीकालार्य शिक्षको पहुँचमा पुर्याउने लक्ष लिएको गाउँपालिका अध्यक्ष कार्कीले बताए ।

गाउँपालिकामा रहेका विद्यालयहरुमा प्रधानअध्यापक, अभिभाबक र विद्यार्थीलाई अनिबार्य सम्पर्क कार्यक्रम लागु गरीने भएको छ । गाउँपालिकाले यसै वर्षदेखी विद्यार्थि प्रोत्सान कार्यक्रमलाई निरन्तरता दिने बताउँदै कार्कीले गाउँपालिकाको आर्थीक सहयतामा हरेक हप्ता विद्यालयले अतिरिक्त क्रियाकलाप अनिबार्य गर्नुपर्ने नियम बनाइएको बताए । विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका अध्यक्षको मासिक रुपमा विद्यालय विधार्थि र अभिभावक कार्यक्रम लगु गरीने भएको छ ।

गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा जिल्लामै नयाँ र पहिलो पटक स्यानिटरि प्याड उत्पादन उधोग स्थापना गर्ने भएको छ । गाउँपलिकामा यो नयाँ र पहिलो कार्यक्रम रहेको उनको भनाइ छ । स्वास्थ्य क्षेत्रमा नबजात शिशुलाई पोषणयुत्त स्वास्थ्य हेरचाह कार्यक्रममका साथमा जन्मेको बच्चालाई पोषणयुक्त खानेकुरा खानालाई ५हजार रुपैयाँ आर्थिक सहायताको साथमा गर्भवतीसंग उपाध्यक्ष भेटघाट कार्यक्रम सुरु गरीएको उनले बताए ।
यसका अलवा गाउँपालिकाले विद्यालयमा निःशुल्क आँखा जाँच शिविर, अपांगता भएका तथा अशक्त जेस्ठ नागरिक हरुलाई ल्याब सहितको घरदैलो उपचारात्मक कार्यक्रम, गर्भवती र सुत्केरी विरामीको लागि र ७० वर्ष पुगेका जेष्ठ नागरिकको लागि स्वास्थ्य उपचारमा गन्तव्य सम्म जानको लागि निःशुल्क एम्बुलेन्स सेवा पनि प्रदान गर्ने भएको छ ।

यसका साथै वडा कार्यलय र गाउँपलिका स्वास्थ्य शाआकोे सिफारिरमा विरामिको अबस्था हेरि ५०५ देखि १००५ सम्मको सेवा निशुल्क प्रदान गरीने भएको छ । गाउँपालिकाले बिमारीको अबस्था हेरेर सिमित रुपमा औसधि उपचार खर्च व्यवस्थापन गरिने र यसका लागि नजिकको वडा कार्यलयमा सम्पर्क गर्नुपर्ने बताइएको छ ।

८५ प्रतिशत जनसंख्या कृषिमा आत्मनिर्भर रहेको गाउँपालिकाले माथिल्लो भेगका लागि ओखर खेति प्रवर्धन कार्यक्रम, कीवी खेति कार्यक्रमका साथमा दूध डेरि तथा तरकारि संकलन केन्द्र स्थापना गरेर गाउँपालिकालाई आयात भन्दा पनि निर्यातमा जोड दिने बताएको छ ।

खेलकुद क्षेत्रमा पछि परेको लिखु गाउँपालिकाले हरेक वडामा एक वडा एक खेल मैदानको अवधारणका साथ अगाडी बढेको उनले बताए । विशेष गरी गाउँपालिकामा ठूला खेल मैदान नभएका कारणले पनि गाउँपलिका खेल क्षेत्रमा पछाडी परी रहेको अवस्थामा गाउँपालिकाको यो कार्यले युवाहरुलाई खेलकुदमा प्रोत्साहित गर्ने छ ।
गाउँपलिकाले राष्ट्रपति रनिङ सिल्ड कार्यक्रमलाई निरन्तरता दिँदै अध्यक्ष कप भलिबल प्रतियोगिता कार्यक्रम सञ्चालन गर्ने भएको छ भने खेलकुद विकास कोष स्थापना गर्ने लक्षका साथ अगाडी बडीएको गाउँपलिका अध्यक्ष कार्कीले बताए ।
महिला तथा दलित ससक्तिकरणका कार्यक्रमहरुलाई निरन्तरता दिँदै तिज विशेष कार्यक्रमका लागि प्रत्येक वडालाई २० हजार प्रदान पनि गरीएको गाउँपालिका अध्यक्ष कार्कीले बताए ।
गाउँपालिकाले पूर्वाधार विकासका कामहरुमा विशेष गरेर हरेक वडाकार्यालयहरु निर्माणलाई जोड दिएको छ । यसका साथै गाउँपालिकाको मूख्य सडक लगायत अन्य शाखा सडकहरुमा नियमित गाडी चल्न अबरोध भयमा पालिकाको जे सि बि मार्फत तुरुन्त सडक मर्मत गरिने र सडक सञ्चालनलाई निरन्तरता दिने उनले बताए ।
गाउँपालिकामा नै नौलो रहेको मृत्यु संस्कारमा गाउँपालिकाबाट समाबेदना पत्र सहित भेटघाट कार्यक्रम गर्ने चलन चलाउने उनले बताए । यस कार्यले जनप्रतिनिधिहरु जनताको हरेक सुखदुखमा साथमा रहेको अनुभुती हुने हुँदा यो कार्य तत्कालै सुरु गरीने उनको भनाइ छ ।

जिवित रहदा गरेको योगदानलाई कदर गर्दै मृत्युपछि समाबेदना पत्र सहित पाँचहरुजार सम्म काज किरीया खर्च ब्यबस्थापन गर्ने पनि गाउँपालिकाको नयाँ सुरुवात रहेको अध्यक्ष कार्कीले बताए ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौं ३ को पनि गणना केहीबेरमा हुँदै

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ को मतगणना आजै रातिबाट हुने भएको छ । बिहीबार मतदान सम्पन्न भएपछि बेलुकी सर्वदलीय बैठक बसेर रातिबाट मतगणना अघि बढ...

भक्तपुर २ मा ११ बजेबाट मतगणना हुने

भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र २ को मतगणना पनि आजैबाट सुरु हुने भएको छ । राति ११ बजेबाट मतगणना हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्र...

दोलखामा पुनः निर्वाचन हुँदैन : आयोग

काठमाडौँ । करिब ५ घण्टा मतदान अवरुद्ध भएर फेरी मतदान भएकाे दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित गोल्मेश्वर मावि मतदान केन्द्रमा पुन:मतदान नहुने निर्वाच...

काठमाडौं–१ को मतगणना केही समयमा सुरु हुँदै

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ को मतगणना केही समयपछि सुरु हुने भएको छ ।  काठमाडौं क्षेत्र नम्बर १ का मुख्य निर्वाचन अधिकृत चुरमान खड्काले सर्व...

सिन्धुपाल्चोकमा ५५.६९ प्रतिशत मत खस्यो

सिन्धुपाल्चोक  । दुई प्रतिनिधि सभा निर्वाचन भएको सिन्धुपाल्चोकमा कूल मतको ५५. ६९ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत रिताकुमारी बख्रेलकानुसार य...

झापा–५ मा किन घट्यो मत प्रतिशत ?

ललितपुर  । प्रतिनिधिसभा निर्वाचनका लागि निकै चर्चित मानिएको झापा क्षेत्र नम्बर–५ मा यसपटक ६५ प्रतिशत मात्र मत खसेको छ। निर्वाचन आयोगका अनुसार यस क्षेत...

ओखलढुङ्गामा मतदानमा उत्साह घट्दा ४८% मत खस्यो

ओखलढुङ्गा । प्रतिनिधिसभा सदस्य निर्वाचनको क्रममा ओखलढुङ्गामा कुल ४८.१४ प्रतिशत मत खसेको  छ । कुल १२२७१४ मतदाता रहेकाे ओखलढुङ्गामा ५९,०७९ मत खसेकाे हाे...

हिजो नालयकको कुशासन थियाे अब लफङ्गाहरूको आसन हुने छः घनश्याम भुसाल

काठमाडाैं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले बिहीबार सम्पन्न मतदानको विश्लेषण गर्दै कम्युनिष्ट आन्दोलनका लागि चुनौतीपूर्ण मतपरिणाम आए...

काभ्रेपलाञ्चोकमा ६० प्रतिशत मत खस्यो

बनेपा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लामा ६० प्रतिशतभन्दा बढी मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका दुई न...

मोरङमा ६४.५६ प्रतिशत मत खस्यो, मतपेटिका संकलन धमाधम

विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मोरङ जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा आइतबार उत्साहजनक रूपमा मतदान सम्पन्न भएको छ। जिल्ला प्रशासन ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE