Khabar Dabali २८ बैशाख २०८३ सोमबार | 11th May, 2026 Mon

चरन क्षेत्र अभावले भेडापालन व्यवसाय संकटमा

खबरडबली संवाददाता

भोजपुर । भेडापालन व्यवसायबाट मनग्य आम्दानी हुने भए पनि चरन क्षेत्रका कारण भोजपुरका किसान चिन्तामा परेका छन् । भेडापालनका लागि प्रशस्त चरन क्षेत्र चाहिन्छ । यहाँ यसको अभाव भएको छ । सामुदायिक वनले भेडा चराउन नदिएपछि समस्या भएको किसान बताउँछन् । 

चरन क्षेत्रको अभावले व्यवसाय नै सङ्कटमा परेको   भेडापालक कृषक गोविन्द बस्नेतले बताए। चरन क्षेत्रको अभावको कारण भेडा पाल्न सक्ने अवस्था नभएपछि व्यवसाय नै छाड्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ । 

“चरन क्षेत्रको अभावमा भेडापालन व्यवसाय सङ्कटमा पर्दै गएको अवस्था छ”, किसान बस्नेतले भने, “भेडा पाल्न समस्या छ । सहजरुपमा चराउन सक्ने अवस्था छैन । सामुदायिक वनलाई शुल्क तिरेर चराउनु पर्छ । त्यही पनि सहजरुपमा चराउन सक्ने अवस्था छैन ।”

बर्खाको समयमा माथिल्लो भेगमा गोठ लैजाने भएकाले केही सहज भए पनि हिउँदको समयमा भने धेरै समस्या हुने उनको भनाइ छ । लेकाली भेगमा गोठ लैजाँदा डाँडा पाखामा चराउन सहज नै भए पनि तल्लो भेगमा झारेपछि भेडा बचाउन नै कठिन हुने बस्नेतले बताए । 

“यो व्यवसायबाट आम्दानी त राम्रै हुन्छ”, उनले भने, “तर हाम्रो मुख्य समस्या नै चरन क्षेत्र बन्दै गएको छ । बर्खाको समयमा त जसो तसो लेकतिर गोठ लगेर पाल्छौँ । हिउँदको समयमा तल्लो भेगमा झार्नुपर्ने भएकाले चरन क्षेत्रको धेरै नै समस्या हुन्छ ।”

भेडाको घ्यूसँगै मासुको बजारमा राम्रो माग रहेको उनले बताए। त्यस्तै भेडा, ऊन, घ्यु, मही, छुर्पी लगाएत विक्रीबाट मनग्य आम्दानी हुने भएपनि चरन क्षेत्रको कारण भेडा पाल्न नै चुनौती रहेको किसानहरुको भनाइ छ । ऊनबाट बन्ने राडी, पाखी, लुकुनी लगायत पनि किसानको आम्दानीको श्रोतको रुपमा रहेको छ ।

आम्दानी राम्रो हुने भएपनि भेडापालन व्यवसायमा चरन क्षेत्रसँगै अन्य धेरै समस्या रहेको भेडापालक किसान मिडु शेर्पाले बताए। सामुदायिक वनको कारण चरनको लागि समस्या हुने गरेको शेर्पाले जानकारी दिए। 

त्यस्तै बाघ,भालु तथा कुकुरले पनि भेडा मारी दिने समस्या बढी रहेको किसान शेर्पाले बताउनुभयो । भेडामा देखिने विभिन्न रोगका कारण पनि समस्या हुने गरेको  उनको भनाइ छ । भेडामा धक्ने, छेर्ने, ढाडिने, माटो खाने लगाएतका रोग मुख्य रुपमा देखिने गरेको उनको भनाइ छ ।

‘‘विभिन्न समस्याका कारण भेडापालन व्यवसाय गर्न असहज बन्दै गएको अवस्था छ’’ किसान शेर्पाले भने,, ‘‘मुख्य समस्या भनेको चरन क्षेत्रको हो । वन्यजन्तुको आक्रमणसँगै भेडामा देखिने विभिन्न रोगले पनि हामीलाई सताएको अवस्था छ ।’’

चरन क्षेत्रमा पर्ने सामुदायिक वनहरुले महङ्गो शुल्क लिने गरेको उहाँको भनाइ छ । यहाँ चराए बापत एक भेडीगोठले बार्षिक रु। एक हजारदेखि रु।पाँच हजारसम्म शुल्क तिर्नु पर्ने बाध्यता रहेको किसान शेर्पाले बताए। 
चरन क्षेत्रको अभावले भेडापालन व्यवसाय गर्न समस्या रहेको किसान शेरबहादुर कठेतले बताए। विगतका वर्षको तुलनामा पछिल्लो समयमा चरन क्षेत्रको लागि धेरै नै समस्या हुने गरेको उनको भनाइ छ । चरन क्षेत्रको कारण धेरै किसान व्यवसायबाट पलाएन हुने अवस्था रहेको बताए। 

भेडालाई अरु पशुचौपाया जस्तो बाँधेर पाल्न सम्भव नरहेकोले चरन क्षेत्रको अतिनै आवश्यक हुने उनको भनाइ । “हामी भेडापालक कृषकलाई मुख्य चुनौती चरन क्षेत्र बन्दै गएको छ”, किसान कठेतले भने, “आठ÷दश वर्षअघिसम्म खास चरन क्षेत्रको अभाव थिएन । सामुदायिक वन क्षेत्रमा पनि सहजरुपमा चरिचरन गराउन पाइन्थ्यो । तर अहिले त्यस्तो अवस्था छैन । भेडालाई अन्य पशुलाई जस्तो बाधेर पाल्न सम्भव हुदैन ।”

चरन क्षेत्रको अभावले कतिपयले व्यावसाय नै छाड्न बाध्य भएको उनको भनाइ छ । चरन क्षेत्रको समस्या कारण यो व्यवसाय सङ्कटमा पर्ने अवस्था आएको किसानले बताउने गरेका छन् । राज्यले भेडापालन किसानलाई सहज चरिचरनको लागि पहल गर्नुपर्ने किसान कठेतको भनाइ छ । 

“यो व्यवसाय नयाँ पुस्ताले गर्न चाहदैनन्”, उनले भने, “हामीले पुर्खौली पेसालाई निरन्तरता दिँदै आएका छौँ । चरन क्षेत्रलगायतका समस्याका कारण धेरैले व्यवसाय छाड्दै गएको अवस्था छ ।”

मैयुङडाँडा क्षेत्रमा २८ बढी व्यावसायिक भेडीगोठ रहेको किसान कठेतको भनाइ छ । पराम्परागत पेसामा आबद्ध किसानलाई राज्यले ध्यान दिनुपर्ने किसान कठेतले बताए। किसानको समस्यालाई पहिचान गरेर यस्ता खालका लोपोन्मुख पेसालाई संरक्षणको कार्यक्रम सञ्चालन गर्नुपर्ने किसानको माग छ । 

“भेडापालन हाम्रो परम्परागत पुर्खौली पेसा हो”, किसान कठेतले भने, “यो पेसाको संरक्षण गर्न आवश्यक छ । दुःख बढी हुने भएकाले धेरैले व्यवसाय छाड्दै गएका छन् । जसको कारण यो व्यवसाय लोप हुने अवस्थामा पुगेको छ । धेरै दुःख कष्टका साथ पुर्खौली पेसालाई बचाएका छौँ । राज्यले हामीले गरेको दुःखलाई देख्नुपर्छ ।”  

राज्यले भेडापालक कृषकलाई आवश्यक प्रोत्साहनका कार्यक्रमसँगै निःशुल्क पशु बीमा गरिदिए सहज हुने उनीहरुको भनाइ छ । राज्यको तर्फबाट आवश्यक सहयोग भए पेसालाई जीवन्त राख्न केही टेवा मिल्ने भेडापालक किसानले बताउने गरेका छन् । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending