Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

हङकङ देखी नेपाल सम्म सुन तस्करीकाे जालो

खबरडबली संवाददाता

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले ब्रेक शुमा कुल ३६० किलो ७७८ ग्राम सुन तस्करी भएको निष्कर्ष निकालेको छ ।

२ साउनमा बरामद ६०.७१६ किलो सुनको अनुसन्धान सकेको सीआईबीले थप ३०२.०६ अर्थात कुल ३६० किलो ७७८ ग्राम सुन ब्रेक शुमा लुकाएर ल्याएको निष्कर्षसहित सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको छ ।

साथै यो समूहले अरु विद्युतीय उपकरणमा पनि लुकाएर सुन तस्करी गरेको देखिएकाले पुरक अनुसन्धान गर्ने सीआईबी प्रमुख किरण बज्राचार्यकाे भनाइ छ ।

सीआईबीको अनुसन्धानबाट खुले अनुसार तस्करी भएको सुनको उद्गम स्थल हङकङ हो । त्यहाँ विस्तृत पहिचान भएका चिनियाँ नागरिक ली र लीनले नेतृत्व गरेको ५ जनाको समूह रहेकाे छ । उनीहरुले विद्युतीय उपकरणमा लुकाएर सुन नेपालमा पठाउँथे । क्यारी अन ग्लोबल लजिस्टिक कम्पनीमार्फत एयर कार्गो गरेर पठाएको सामान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्थ्यो । 

अनुसन्धानमा संलग्न एसपी सञ्जयसिंह थापाका अनुसार आइपुग्ने सुन रिसिभ गर्ने, गालेर गोदामसम्म पुर्याउने कामको नेतृत्व तिब्बती मुलका भारतीय नागरिक थुप्तेन छिरिङले गरेकाे पाइउकाे छ । सुन लुकाएर ल्याउने सामानहरु आयात गर्न थुप्तेनले हर्कराज राईमार्फत नेपाली नागरिकको नाममा ७ वटा कम्पनी खोलेका थिए । ६० किलो सुन आयात गर्ने ब्रेक शु ल्याउने रेडी ट्रेड दिलिप भुलेजको नाममा खोलिएको थियो ।

कुमार भुजेलको नाममा हवाडा इलेक्ट्रोनिक सप्लायर्स, रामकुमार भुजेलको नाममा भुजेल इन्टरप्राइजेज र पवटी इलेक्ट्रोनिक्स, सन्तोष तामाङको नाममा सरिता सप्लायर्स, लेकनाथ कार्कीको नाममा छुन्डुक इलेक्ट्रोनिक्स, बिकुन्द्र भुजेलको नाममा दोलखा इलेक्ट्रोनिक्स खोलिएको थियो ।

सुरुमा ट्रायलका रुपमा थोरै समान मगाउने र त्यसपछि त्यस्ता सामग्रीमा लुकाएर सुन तस्करी गर्ने गरेको एसपी थापाले बताए । हङकङबाट सुन पठाएको खबर ली र लीनले थुप्पेनलाई दिन्थे, उनले हर्कराज राईकाे सहयोगमा भन्सार जाँचपास पुरा गर्थे ।

त्यसपछि सुरु हुन्छ, पाटपुर्जामा लुकाएर ल्याएको सुन गाल्ने र विस्कुटको आकार दिने काम । यसका लागि टोखा र लाजिम्पाटमा दुईवटा गोदाम थियो । टोखा गोदामको समूहको नेतृत्व एलेक्स पनि भनिने याओ पुचिङ र लाजिम्पाटको समूहको नेतृत्व सोङ चिङचुङआङले गरेका थिए ।

दुबै समूहले थुप्तेनमार्फत आएको सामान रिसिभ गर्ने, त्यसमा लुकाएर ल्याएको सुन पगालेर बिस्कुटको आकार दिने र वितरण गर्ने काम गर्थे । यसका लागि टोखाको समूहले तीन वटा गाडी भाडामा लिएर प्रयोग गर्ने गरेको पाइएको छ । लाजिम्पाटको समूहले भने भाडाको ट्याक्सी र स्कुटर प्रयोग गर्ने गरेको थियो ।

यो सबै कामको अनुगमन तथा रेखदेखको जिम्मेवारी भने वाङ दावा जिङ र तोङ चिन हुवाको ५ जनाको समूहको थियो । तर तस्करी गरेर ल्याएको सुन कसलाई बेच्ने भन्ने हङकङबाटै तय हुने गरेकाे अनुसन्धानबाट खुलेकाे छ । उनीहरुले सुन किन्नेलाई कोडका रुपमा नेपाली वा भारतीय नोटको नम्बर वा कोड दिन्थे । त्यही कोड टोखा वा लाजिम्पाटको समूहलाई पनि दिइएको हुन्थ्यो । त्यो कोड लिएर कोही आयो भने भेरिफाइ गर्ने र सुन दिने गरेको पाइएको छ ।

प्रत्यक्ष रुपमा जोडिनुभन्दा बाहिरको मान्छेले यसलाई नियन्त्रण गरेको भन्दै एसपी थापाले बताए । लेयर कटअफ् गरेर एकले अर्कालाई नचिन्ने तरिकाले गरेको देखिएकाे उनले बताए । सुनको पैसा भने थोरै सुन दिनेलाई दिएको देखिन्छ । ठूलो हिस्सा भने डिजिटल वालेट र क्रिप्टो करेन्सीको माध्यमबाट हङकङमा रहेको समूहमा पुग्ने परेको पाइएको सीआईबीले जनाएको छ ।

सीआईबीले अनुसन्धान सकेको ब्रेक शुमा लुकाएर ल्याएको सुन थुप्तेनले रिसिभ गरेपछि टोखाको समूहले रिसिभ गरेर गाल्ने र वितरण गर्ने जिम्मा लिएको थियो । यो समूहले गालेर बिस्कुट आकार दिएको सुन बजारसम्म पुर्याउन सुमन खरेललाई प्रयोग गरेकाे देखीएकाे छ । सुमनले बाराका सुनचाँदी व्यवसायी शिवकुमार सर्राफसम्म पुर्‍याएका थिए ।

सुन किन्ने भारतीय व्यवसायी पनि छन्, तर फरार भएकाले प्रहरीले नाम खुलाएको छैन । सुनको पैसा लिने जिम्मा भने दावा छिरिङले लिएको पाइएको थापा बताउँछन् । नक्कली कागजात प्रयोग गरेर नेपालको नागरिकता र पासपोर्ट समेत लिएका बेल्जियमका नागरिक दावाले ठमेलमा होटल भियाना समेत चलाएका छन् ।

सुनको तस्करीको वातावरण बनाउने र पेमेन्ट लिने काममा उनको संलग्नता देखिएकाे र उनको खातामा पनि पैसा जम्मा भएको र त्यो रकम ट्रान्सफर भएको देखिएकाे एसपि थापाले बताए ।  ब्रेक शुमा लुकाएर नियमित तस्करी गर्ने क्रममा २ साउनमा भन्सार जाँचपास भइसकेको अवस्थामा राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको थियो । सीआईबीका अनुसार थुप्तेनले हर्कराजमार्फत भन्सारका पूर्व एजेन्ट राजेन्द्र राईलाई प्रयोग गरेका थिए ।

उनले भन्सार एजेन्ट यादव पराजुलीमार्फत त्यो ब्रेक शु पास गरेका थिए । सीआईबीले रेडी ट्रेडमार्फत तस्करी भएको सुनमा ५० जनालाई प्रतिवादी बनाएको छ र ३६० किलो ७७८ ग्राम सुन तस्करी भएको निष्कर्षका साथ ३ अर्ब ५० करोड, २ लाख १६ हजार ५५२ रुपैयाँ विगो कायम गरेको छ ।

थुप्तेनले दर्ता गराएका सातमध्ये एउटा कम्पनीबाट समान आयात भएर भन्सारबाट पास भएको थिएन । अरु कम्पनीले भने विद्युतीय उपरकणहरु ल्याएर भन्सार पास हुने गरेको पाइएको छ । त्यस्ता सामानमा सुन ल्याएको सीआईबीको आशंका छ । सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यका अनुसार अहिले ब्रेक प्याडको मात्र अनुसन्धान गरिएकाे र अरु सुनको अनुसन्धान गर्न बाँकी रहेकाे छ । यसमा पुरक अनुसन्धान हुनेछ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौं ३ को पनि गणना केहीबेरमा हुँदै

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ को मतगणना आजै रातिबाट हुने भएको छ । बिहीबार मतदान सम्पन्न भएपछि बेलुकी सर्वदलीय बैठक बसेर रातिबाट मतगणना अघि बढ...

भक्तपुर २ मा ११ बजेबाट मतगणना हुने

भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र २ को मतगणना पनि आजैबाट सुरु हुने भएको छ । राति ११ बजेबाट मतगणना हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्र...

दोलखामा पुनः निर्वाचन हुँदैन : आयोग

काठमाडौँ । करिब ५ घण्टा मतदान अवरुद्ध भएर फेरी मतदान भएकाे दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित गोल्मेश्वर मावि मतदान केन्द्रमा पुन:मतदान नहुने निर्वाच...

काठमाडौं–१ को मतगणना केही समयमा सुरु हुँदै

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ को मतगणना केही समयपछि सुरु हुने भएको छ ।  काठमाडौं क्षेत्र नम्बर १ का मुख्य निर्वाचन अधिकृत चुरमान खड्काले सर्व...

सिन्धुपाल्चोकमा ५५.६९ प्रतिशत मत खस्यो

सिन्धुपाल्चोक  । दुई प्रतिनिधि सभा निर्वाचन भएको सिन्धुपाल्चोकमा कूल मतको ५५. ६९ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत रिताकुमारी बख्रेलकानुसार य...

झापा–५ मा किन घट्यो मत प्रतिशत ?

ललितपुर  । प्रतिनिधिसभा निर्वाचनका लागि निकै चर्चित मानिएको झापा क्षेत्र नम्बर–५ मा यसपटक ६५ प्रतिशत मात्र मत खसेको छ। निर्वाचन आयोगका अनुसार यस क्षेत...

ओखलढुङ्गामा मतदानमा उत्साह घट्दा ४८% मत खस्यो

ओखलढुङ्गा । प्रतिनिधिसभा सदस्य निर्वाचनको क्रममा ओखलढुङ्गामा कुल ४८.१४ प्रतिशत मत खसेको  छ । कुल १२२७१४ मतदाता रहेकाे ओखलढुङ्गामा ५९,०७९ मत खसेकाे हाे...

हिजो नालयकको कुशासन थियाे अब लफङ्गाहरूको आसन हुने छः घनश्याम भुसाल

काठमाडाैं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले बिहीबार सम्पन्न मतदानको विश्लेषण गर्दै कम्युनिष्ट आन्दोलनका लागि चुनौतीपूर्ण मतपरिणाम आए...

काभ्रेपलाञ्चोकमा ६० प्रतिशत मत खस्यो

बनेपा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लामा ६० प्रतिशतभन्दा बढी मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका दुई न...

मोरङमा ६४.५६ प्रतिशत मत खस्यो, मतपेटिका संकलन धमाधम

विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मोरङ जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा आइतबार उत्साहजनक रूपमा मतदान सम्पन्न भएको छ। जिल्ला प्रशासन ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE