Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

हङकङ देखी नेपाल सम्म सुन तस्करीकाे जालो

खबरडबली संवाददाता

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले ब्रेक शुमा कुल ३६० किलो ७७८ ग्राम सुन तस्करी भएको निष्कर्ष निकालेको छ ।

२ साउनमा बरामद ६०.७१६ किलो सुनको अनुसन्धान सकेको सीआईबीले थप ३०२.०६ अर्थात कुल ३६० किलो ७७८ ग्राम सुन ब्रेक शुमा लुकाएर ल्याएको निष्कर्षसहित सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको छ ।

साथै यो समूहले अरु विद्युतीय उपकरणमा पनि लुकाएर सुन तस्करी गरेको देखिएकाले पुरक अनुसन्धान गर्ने सीआईबी प्रमुख किरण बज्राचार्यकाे भनाइ छ ।

सीआईबीको अनुसन्धानबाट खुले अनुसार तस्करी भएको सुनको उद्गम स्थल हङकङ हो । त्यहाँ विस्तृत पहिचान भएका चिनियाँ नागरिक ली र लीनले नेतृत्व गरेको ५ जनाको समूह रहेकाे छ । उनीहरुले विद्युतीय उपकरणमा लुकाएर सुन नेपालमा पठाउँथे । क्यारी अन ग्लोबल लजिस्टिक कम्पनीमार्फत एयर कार्गो गरेर पठाएको सामान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्थ्यो । 

अनुसन्धानमा संलग्न एसपी सञ्जयसिंह थापाका अनुसार आइपुग्ने सुन रिसिभ गर्ने, गालेर गोदामसम्म पुर्याउने कामको नेतृत्व तिब्बती मुलका भारतीय नागरिक थुप्तेन छिरिङले गरेकाे पाइउकाे छ । सुन लुकाएर ल्याउने सामानहरु आयात गर्न थुप्तेनले हर्कराज राईमार्फत नेपाली नागरिकको नाममा ७ वटा कम्पनी खोलेका थिए । ६० किलो सुन आयात गर्ने ब्रेक शु ल्याउने रेडी ट्रेड दिलिप भुलेजको नाममा खोलिएको थियो ।

कुमार भुजेलको नाममा हवाडा इलेक्ट्रोनिक सप्लायर्स, रामकुमार भुजेलको नाममा भुजेल इन्टरप्राइजेज र पवटी इलेक्ट्रोनिक्स, सन्तोष तामाङको नाममा सरिता सप्लायर्स, लेकनाथ कार्कीको नाममा छुन्डुक इलेक्ट्रोनिक्स, बिकुन्द्र भुजेलको नाममा दोलखा इलेक्ट्रोनिक्स खोलिएको थियो ।

सुरुमा ट्रायलका रुपमा थोरै समान मगाउने र त्यसपछि त्यस्ता सामग्रीमा लुकाएर सुन तस्करी गर्ने गरेको एसपी थापाले बताए । हङकङबाट सुन पठाएको खबर ली र लीनले थुप्पेनलाई दिन्थे, उनले हर्कराज राईकाे सहयोगमा भन्सार जाँचपास पुरा गर्थे ।

त्यसपछि सुरु हुन्छ, पाटपुर्जामा लुकाएर ल्याएको सुन गाल्ने र विस्कुटको आकार दिने काम । यसका लागि टोखा र लाजिम्पाटमा दुईवटा गोदाम थियो । टोखा गोदामको समूहको नेतृत्व एलेक्स पनि भनिने याओ पुचिङ र लाजिम्पाटको समूहको नेतृत्व सोङ चिङचुङआङले गरेका थिए ।

दुबै समूहले थुप्तेनमार्फत आएको सामान रिसिभ गर्ने, त्यसमा लुकाएर ल्याएको सुन पगालेर बिस्कुटको आकार दिने र वितरण गर्ने काम गर्थे । यसका लागि टोखाको समूहले तीन वटा गाडी भाडामा लिएर प्रयोग गर्ने गरेको पाइएको छ । लाजिम्पाटको समूहले भने भाडाको ट्याक्सी र स्कुटर प्रयोग गर्ने गरेको थियो ।

यो सबै कामको अनुगमन तथा रेखदेखको जिम्मेवारी भने वाङ दावा जिङ र तोङ चिन हुवाको ५ जनाको समूहको थियो । तर तस्करी गरेर ल्याएको सुन कसलाई बेच्ने भन्ने हङकङबाटै तय हुने गरेकाे अनुसन्धानबाट खुलेकाे छ । उनीहरुले सुन किन्नेलाई कोडका रुपमा नेपाली वा भारतीय नोटको नम्बर वा कोड दिन्थे । त्यही कोड टोखा वा लाजिम्पाटको समूहलाई पनि दिइएको हुन्थ्यो । त्यो कोड लिएर कोही आयो भने भेरिफाइ गर्ने र सुन दिने गरेको पाइएको छ ।

प्रत्यक्ष रुपमा जोडिनुभन्दा बाहिरको मान्छेले यसलाई नियन्त्रण गरेको भन्दै एसपी थापाले बताए । लेयर कटअफ् गरेर एकले अर्कालाई नचिन्ने तरिकाले गरेको देखिएकाे उनले बताए । सुनको पैसा भने थोरै सुन दिनेलाई दिएको देखिन्छ । ठूलो हिस्सा भने डिजिटल वालेट र क्रिप्टो करेन्सीको माध्यमबाट हङकङमा रहेको समूहमा पुग्ने परेको पाइएको सीआईबीले जनाएको छ ।

सीआईबीले अनुसन्धान सकेको ब्रेक शुमा लुकाएर ल्याएको सुन थुप्तेनले रिसिभ गरेपछि टोखाको समूहले रिसिभ गरेर गाल्ने र वितरण गर्ने जिम्मा लिएको थियो । यो समूहले गालेर बिस्कुट आकार दिएको सुन बजारसम्म पुर्याउन सुमन खरेललाई प्रयोग गरेकाे देखीएकाे छ । सुमनले बाराका सुनचाँदी व्यवसायी शिवकुमार सर्राफसम्म पुर्‍याएका थिए ।

सुन किन्ने भारतीय व्यवसायी पनि छन्, तर फरार भएकाले प्रहरीले नाम खुलाएको छैन । सुनको पैसा लिने जिम्मा भने दावा छिरिङले लिएको पाइएको थापा बताउँछन् । नक्कली कागजात प्रयोग गरेर नेपालको नागरिकता र पासपोर्ट समेत लिएका बेल्जियमका नागरिक दावाले ठमेलमा होटल भियाना समेत चलाएका छन् ।

सुनको तस्करीको वातावरण बनाउने र पेमेन्ट लिने काममा उनको संलग्नता देखिएकाे र उनको खातामा पनि पैसा जम्मा भएको र त्यो रकम ट्रान्सफर भएको देखिएकाे एसपि थापाले बताए ।  ब्रेक शुमा लुकाएर नियमित तस्करी गर्ने क्रममा २ साउनमा भन्सार जाँचपास भइसकेको अवस्थामा राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको थियो । सीआईबीका अनुसार थुप्तेनले हर्कराजमार्फत भन्सारका पूर्व एजेन्ट राजेन्द्र राईलाई प्रयोग गरेका थिए ।

उनले भन्सार एजेन्ट यादव पराजुलीमार्फत त्यो ब्रेक शु पास गरेका थिए । सीआईबीले रेडी ट्रेडमार्फत तस्करी भएको सुनमा ५० जनालाई प्रतिवादी बनाएको छ र ३६० किलो ७७८ ग्राम सुन तस्करी भएको निष्कर्षका साथ ३ अर्ब ५० करोड, २ लाख १६ हजार ५५२ रुपैयाँ विगो कायम गरेको छ ।

थुप्तेनले दर्ता गराएका सातमध्ये एउटा कम्पनीबाट समान आयात भएर भन्सारबाट पास भएको थिएन । अरु कम्पनीले भने विद्युतीय उपरकणहरु ल्याएर भन्सार पास हुने गरेको पाइएको छ । त्यस्ता सामानमा सुन ल्याएको सीआईबीको आशंका छ । सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यका अनुसार अहिले ब्रेक प्याडको मात्र अनुसन्धान गरिएकाे र अरु सुनको अनुसन्धान गर्न बाँकी रहेकाे छ । यसमा पुरक अनुसन्धान हुनेछ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending