बाग्लुङ । बागलुङका ग्रामीण क्षेत्रमा लगाइएको कोदो र धानमा रोग तथा कीरा लागेर बाली नष्ट भएको छ । जरा कुहिने, डाँठ सुक्नेजस्ता समस्या आएपछि किसानले उपचारको खोजी गरेका छन् ।
बागलुङ नगरपालिका आसपासका क्षेत्रमा सबैभन्दा धेरै बाली नष्ट हुने गरी रोगकीरा लागेको नगरपालिकाको कृषि शाखाका प्रमुख सुवास सापकोटाले बताए । ‘समस्या आएपछि ११ वटै वडामा पुगेर स्थलगत निरीक्षण गरिसकेको उनले बताए । तत्काल उपचारका लागि विषादी र औषधी माग गरिसकेको उनको भनाइ छ । उनका अनुसार कोदो बालीमा खुम्रे कीरा, गवारो र ढुसीजन्य रोग देखिएको हो ।
त्यस्तै धान बालीमा पनि यो समस्या देखिएको हो । वडा नं ४, ५, ६, ७, ८ र ९ मा खुम्रो किराको प्रकोप बढी छ भने वडा नं ६, ७ र ८ मा गवारो रोगको प्रकोप भेटिएको हो । वडा नं। ४, ५, ६, ७, ८, ९, १० र ११ मा ढुसीजन्य समस्या देखिएको हो । धानमा ती रोगबाहेक सिथ ब्लार्ट, ब्लाष्ट, रुट नट जस्ता समस्या पनि देखिएको हो ।
नगरपालिकाले किसानका लागि किङ स्टार नामक विषादी एक सय ७० पोका, हेक्जाक्लोनोजोल नामक विषादी ४८ पोका, लेभिष्टिन चार पोका र ट्राइसाइक्जोल ९९ पोका वितरण गरेको सापकोटाले बताएका छन् । त्यस्तै स्टिकर नामक विषादी झोल एक सय १० बोतल र कार्टाप हाइड्रोक्लोराइड एक सय सय ६३ किलो ल्याएर किसानलाई पठाइसकिएको बताए ।
कोदो बालीमा देखापरेको ढुसीजन्य रोगको उपचारका लागि समस्या पहिचान गर्न प्रयोगशाला परीक्षण गर्न बाली संरक्षण प्रयोगशाला पोखरामा नमूना पठाइएको अर्का प्राविधिक राहुल केसीले बताए ।‘हरेक दिन किसानको फोन आएकोले किसानको बारीमै पुगेर समस्या बुझी रहेको उनको भनाइ छ । समयमा उपचार गर्न नसकेमा आगामी वर्ष उत्पादनमा समेत समस्या पर्ने उनले बताए ।
उनले नगर प्रमुख र प्रमुख, प्रशासकीय अधिकृतमार्फत गण्डकी प्रदेश सरकारका कृषिमन्त्रीसम्म यो समस्या पुगेको बताए। मन्त्री महेन्द्रध्वज जिसीले पनि तत्काल अनुसन्धान गर्न र आवश्यक औषधी पठाएर उपचार गर्न प्राविधिकलाई निर्देशन दिएकाले औषधी आउने क्रम रहेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए।
‘धेरै किसानबाट यो समस्याबारे कुरा आएपछि मन्त्रीज्यूलाई फोन गरेर तत्काल औषधि पठाउन आग्रह गरेको छु’, श्रेष्ठले भने, ‘प्राविधिक रुपमा आवश्यकताका आधारमा माग गर्न भनेकाले कृषि शाखालाई सोहीअनुसारको औषधि माग गर्न लगाएको छु ।’ केही स्थानमा आफैँ पुगेर पनि किसानको बाली अनुगमन गरेको उनले बताए ।
यस वर्ष बर्सातमा आएको उतारचढाव तथा समयमा रोप्ने काम गर्न नपाउँदा पनि धान बालीमा समस्या आएको प्राविधिकले बताएका छन् । समय समयमा रोगकीरा त लाग्छ, तर समयमा रोप्ने र पर्याप्त सिँचाइ भएन भने धानमा समस्या आउँछ’, सापकोटाले भने , ‘तर पनि किसानलाई निरास हुन नदिन सबै प्रयास भएका छन् ।’ समयमा उपचार गरेमा बाली जोगाउन सकिने उनले बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - २१:३५
काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...
आषाढ़ १५ गते, २०८३ - २१:२४
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...
आषाढ़ १५ गते, २०८३ - २१:१४
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...
आषाढ़ १५ गते, २०८३ - १९:५०
काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...
आषाढ़ १५ गते, २०८३ - १९:४५
पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम
आषाढ़ १५ गते, २०८३ - १९:३९
नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...
आषाढ़ १५ गते, २०८३ - ०९:३१
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...
आषाढ़ १५ गते, २०८३ - ०९:२५
काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...
आषाढ़ १५ गते, २०८३ - ०९:२३
कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...
आषाढ़ १५ गते, २०८३ - ०९:१९
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...



प्रतिकृया लेख्नुहोस्: