Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

निजी विद्यालयको शुल्क ताेक्न स्थानीय तहकाे जम्मा

खबरडबली संवाददाता

काठमाडौं ।  विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० मा सरकारले स्थानीय तहले तोकेबमोजिम मात्रै निजी विद्यालयले शुल्क लिन पाउने व्यवस्था गरेको छ । बुधबार संसद्‍मा दर्ता भएको विधेयकको दफा १५ मा सार्वजनिक विद्यालयले विद्यार्थीसँग कुनै पनि शुल्क लिन नपाउने उल्लेख रहेको  छ ।

२०७५ सालमा अनिवार्य तथा निःशुल्क शिक्षा ऐन जारी भइसकेको र त्यसले कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुने व्यवस्था गरेको छ । यद्यपि सार्वजनिक विद्यालयले विद्यार्थीसँग शुल्क असुल्दै आएका छन् । ‘निजी लगानीका विद्यालयले राष्ट्रिय मापदण्डको अधीनमा रही स्थानीय तहले तोकेको शीर्षक र सीमाभित्र रही शुल्क लिन सक्नेछन्,’ विधेयकमा भनिएको छ । विधेयकले नयाँ निजी विद्यालय स्थापनामा पनि रोक लगाएको छ ।

शिक्षा ऐन २०२८ को नवौं संशोधन २०७२ ले पनि उक्त व्यवस्था गरेको थियो । यसअघि सरकारले हाल सञ्चालनमा रहेका निजी विद्यालयलाई ५ वर्षभित्र गुठीमा जानुपर्ने बाध्यकारी व्यवस्था प्रस्ताव गरेको थियो । निजी विद्यालयको विरोधपछि गैरनाफामूलक गुठीमा जान स्वेच्छिक व्यवस्था गरिएको छ ।

‘कम्पनी कानुनबमोजिम स्थापना भई सञ्चालन रहेको निजी विद्यालय ऐन प्रारम्भ भएपछि शैक्षिक गुठीको रूपमा रूपान्तरण गरी सञ्चालन गर्न सकिनेछ,’ विधेयकमा भनिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किसानमैत्री नीति लागू गर्न सरकारसँग आग्रह गर्न राष्ट्रिय धान दिवसमा प्रचण्डको सन्देश

काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...

नेकपा बैठकमा प्रचण्डको सन्देश– ‘अहिल्यै नेतृत्व छोड भन्नु पर्दैन’, माधव नेपाल भन्छन्– असारभित्र एकता टुंगिन्छ

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...

सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...

राहदानी काण्डमा ५ जना धरौटीमा रिहा, ओली–आरजुमाथि अनुसन्धान जारी

काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...

ठेकेदारको लापरबाहीले १५ शय्याको अस्पताल निर्माण अलपत्र

पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम

कोहलपुरमा भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...

आजको तरकारी तथा फलफूलको थोक मूल्य : गोलभेँडा ८ रुपैयाँदेखि, स्याउ २८० रुपैयाँ प्रतिकिलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...

वामएकतामाथि गोकुलको प्रहार : ‘फुटाएर फेरि जोड्ने खेल किन ?’

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...

हिलोमा रमाए विदेशी पर्यटक, पोखरामा असारे रोपाइँ महोत्सवको रौनक

कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...

हाइड्रो–टुरिजमको नमुना बन्ने मौलाकालिका आयोजना, ऊर्जामन्त्री श्रेष्ठद्वारा स्थलगत निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending