काठमाडाैं । हङकङ हुँदै नेपालबाट भारतसम्म सुन तस्करीका लागि चिनियाँहरुले पाँचवटा कम्पनी खोलेको पाइएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी दिएको हो ।
साउन ३ गते बरामद भएको करिब ६१ किलो सुन तस्करीका अनुसन्धान अधिकृत एवम् प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले हङकङ रुट हुँदै नेपालमा सुन तस्करीका लागि चिनियाँले पाँचवटा कम्पनी नै खोलेको बताए । ‘चिनियाँ समूहले सुन तस्करीकै लागि नेपालमा पाँचवटा कम्पनी खडा गरेका भेटिएको छ’, उनले पत्रकार सम्मेलनमा भने, ‘उनीहरुले ३०२ किलो सुन नेपाल भित्र्याउन हङकङकै बाटो प्रयोग गरेको पाइएको छ। ब्रेक प्याडसहितका इलेक्ट्रिक र अनइलेक्ट्रिक वस्तुबाट पनि सुन ल्याएको खुलेको छ।’
उनका अनुसार नेपाली कम्पनी खडा गर्नका लागि पाँचजना विदेशी नागरिकले झुटा विवरण राखेर नागरिकता निकालेको पनि भेटिएको छ । यो प्रकरणमा ताइवानका पनि नागरिक जोडिएका छन् । चीन र भारतका पनि नागरिक सुन तस्करीमा जोडिएका उनले बताए । दोलखाका दिलीप भुलेजको नाममा दर्ता भएको रेडी ट्रेड लिंक प्रालिले विभिन्न देश हुँदै नेपालमा हालसम्म ३०२ किलो ६२० ग्राम अवैध सुन तस्करी गरेर भित्र्याएको पनि खुलेको छ ।
कम्पनीले भित्र्याएका सबै बरामद ब्रेक प्याडहरुलाई जोख्दा ३०२ किलो ६२० ग्राम सुन ल्याएको देखिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यले बताइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ४ गते, २०८३ - १०:४७
प्यूठान । माडी नदीमा डुबेर एक सडक मजदुरको ज्यान गएको छ । नौबहिनी गाउँपालिका-१ स्याउलिवाङका ३५ वर्षीय फरम मल्लको ज्यान गएको हो । नुहाउन खोलामा गएका ...
बैशाख ४ गते, २०८३ - १०:४५
काठमाडौं । गृहमन्त्री सुदन गरूङले ज्यानसम्बन्धी कसुरमा पक्राउपछि अनुसन्धानका लागि दिइने २५ दिनको कानुनी समयसीमा अपुग हुने बताएका छन्। गृह मन्त्रालयमा ...
बैशाख ४ गते, २०८३ - १०:३६
काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । पत्थरीको अपरेसनपछि त्रिवी शिक्षण अस्पतालमा उपचाररत ओल...
बैशाख ४ गते, २०८३ - १०:१०
धनकुटा । पछिल्ला वर्षहरूमा धनकुटामा पर्यटन प्रवर्द्धनको नाममा करोडौँ रुपैयाँ खर्चेर विभिन्न पूर्वाधार निर्माण गरिए पनि अपेक्षित प्रतिफल भने प्राप्त हु...
बैशाख ४ गते, २०८३ - ०९:४५
काठमाडौं । सुन ठगीको आरोपमा दुई पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा २० वर्षीया बीबी काल्सुम र ४१ वर्षीया साभ्ना रहेका छन् ...
बैशाख ४ गते, २०८३ - ०९:४०
काठमाडौं । आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । आज काठमाडौंको मातातीर्थमा ...
बैशाख ४ गते, २०८३ - ०९:३८
धनगढी । देशको नक्सामा रेखा कोर्न सजिलो छ, तर भूगोल जोगाउन बाटो चाहिन्छ । बाटो नभए सीमाना कागजमै रहन्छ, बस्ती बिस्तारै पराइ बन्छ । व्यासको कथा यही हो। ...
बैशाख ४ गते, २०८३ - ०९:१४
काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा-मीठा खानेकुरा खान ...
बैशाख ४ गते, २०८३ - ०९:०९
धनुषा । मिथिला नगरपालिका-७, ढल्केबरस्थित जनकपुर रिफाइनरीमा आगलागी भएको छ । गए राति भएको आगलागीबाट १५ करोड बराबरको क्षति भएको रिफाइनरीका प्रबन्धक सञ्जय...
बैशाख ४ गते, २०८३ - ०९:०१
कञ्चनपुर । सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरिएको एउटा भिडियोले १८ वर्षदेखि हराएको छोराको खबर ल्याएपछि शुक्लाफाँटा नगरपालिका–१२ का डम्बरबहादुर नेगीको पर...


प्रतिकृया लेख्नुहोस्: