जुम्ला । जिल्ला उपभोक्ता सहकारी संघ जुम्लाको नाममा माओवादीले उपभोग गरिरहेको जिल्ला खेलकुद विकास समितिको जग्गा खाली गर्न निर्देशन दिइएको छ ।
जुम्ला बजारस्थित हनुमान मन्दिर नजिकको जग्गामा सहकारीमार्फत २०६६ सालदेखि माओवादीले विभिन्न खाले संरचना निर्माण गरी चलाउँदै आएको थियो । हाल आएर त्यहाँ निर्मित संरचना र जग्गा खाली गर्न निर्देशन दिइएको हो ।
उक्त जग्गा ०६६ असोज ०८ गते जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको सर्वदलीय बैठकबाट जिल्ला उपभोक्ता सहकारी संघ निर्माण गर्न दिइएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ। ‘जिल्ला उपभोक्ता सहकारी संघ संयोजक र समितिको तर्फबाट सुपथ मूल्यका सहकारी पसल निर्माण गर्ने सम्झौता भएको देखिन्छ,’ जिल्ला खेलकुद विकास समितिका प्रमुख बरमबहादुर महतले भने, ‘तर पछि सम्झौता विपरीतका काम भए। विभिन्न संरचनाहरू खडा गरिए।’
उनका अनुसार उक्त जग्गामा सुपथ मूल्यका पसल सञ्चालन गर्नुपर्नेमा ढुंगा, काठ र जस्ता छापिएका टहराहरूमा पार्टी कार्यालय, आवास गृहलगायतका संरचना खडा भएका छन्, जुन सम्झौताविपरीत छन् । ‘तत्कालीन गाविसहरूबाट प्राप्त अनुदान रकमले सुपथ मूल्यका सहकारी पसलहरू निर्माण गरिनुपर्नेमा गरिएका छैनन्,’ उनले थपे, ‘यी क्रियाकलापका बारेमा पटक–पटक बैठक, पत्राचार, फोन सम्पर्क गरी ०७४ बाट नवीकरण गर्न र खाली गर्न भनिँदै आए पनि अटेरी भइरहेको छ।’
०८० भदौ २४ गते जिल्ला खेलकुद समितिले जिल्ला उपभोक्ता सहकारी संघको नाममा चिठी काटेर सम्झौतामा उल्लेख भए बमोजिम दुई–दुई वर्षमा नवीकरण गर्नु पर्नेमा नगरिएको, मासिक भाडा रकम नतिरिएको देखिनुका साथै संरचना जीर्ण र भत्किने सम्भावना भएको देखिएकाले सम्झौता रद्द गरिएको जानकारी दिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १०:३७
चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...
मंसिर २९ गते, २०८२ - १०:३३
काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...
मंसिर २९ गते, २०८२ - १०:१८
ललितपुर । सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...
मंसिर २९ गते, २०८२ - ०८:४७
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...
मंसिर २९ गते, २०८२ - ०८:३४
काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याएको बताएकी छिन् । सं...
मंसिर २९ गते, २०८२ - ०८:३२
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...
मंसिर २९ गते, २०८२ - ०८:२१
बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...
मंसिर २९ गते, २०८२ - ०८:२०
मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...
मंसिर २९ गते, २०८२ - ०८:१५
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...
मंसिर २९ गते, २०८२ - ०८:११
काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...




प्रतिकृया लेख्नुहोस्: