Khabar Dabali १६ असार २०८३ मंगलवार | 30th June, 2026 Tue
Investment bank

बागलुङमा बालविवाहविरुद्ध तीजगीत र खेलकुद हुने

खबरडबली संवाददाता

बागलुङ । ५९ औं राष्ट्रिय बाल दिवस तथा हरितालीका तीजको अवसरमा बुद्ध आधारभूत विद्यालयमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम २०८० हुने भएको छ ।

नेपालीहरुको पर्व हरितालिका तीजको अवसरमा बालविवाह अन्त्यका लागि जनचेतनामूलक तीजगीत, सचेतना मुलक र्याली तथा छात्र÷छात्रा भलिबल प्रतियोगिता आयोजना गरिएको बुद्ध बाल क्लबले जनाएको छ ।

तमानखोला गाउँपालिकाले मुख्य सहयोग र तमानखोला गाउँपालिका वडा नं. १ सहकार्यमा
बुद्ध बाल क्लबले विद्यालयको समन्वयमा हुने कार्यक्रममा एक दर्जन बढी समुहको तीजगीत प्रस्तुत हुने क्लबका उपाध्यक्ष दुर्गादेबि बिकले जानकारी दिए ।

सामाजिक अपराधुका रूपमा रहेको बालबिबाह रोक्न स्वयम् वालबालिका र विद्यालयको भुमिका महत्त्वपूर्ण हुने भएकाले यस्तो सचेतनामुलुक कार्यक्रम आयोजना गर्न लागिएको विद्यालयका प्रधानाध्यापक नन्दप्रसाद घर्तीमगर जानकारी दिए। उनले यस्ता कार्यक्रमले विद्यार्थीहरुको प्रतिभा पहिचान तथा संस्कृतिक जर्गेनाका लागि पनि महत्त्वपूर्ण हुने बताए।

कार्यक्रम यही भाद्र २९ श्री बुद्ध आधारभूत विद्यालयको प्राङ्गणमा हुने बाल क्लबका अध्यक्ष मिलन रोकाले जानकारी दिए। मौलिक नेपाली संस्कृतिको जगेर्ना गर्दै बालविवाह विरुद्धका प्रस्तुती रहने बताईएको छ।

तीजगीत प्रतियोगितामा सहभागीता जनाउनको लागि क्लबले विविध नियमहरु बनाएको छ।
क्लबका सह–सचिव पुष्पाअन्जली सिउतानीका अनुसार तीजगीत ‘बाल विवाह अन्त्य गरौं’ भन्ने थिममा आफैंले रचना गर्नुपर्ने छ भने भाका मौलिक तीजगीतमा आधारित हुनुपर्ने छ। एक टिममा न्युनतम ३ जना, छात्रछात्रा हुनुपर्ने नियम बनाइएको छ। प्रतियोगीतामा भागि लिन कुनै शूल्क नलाग्ने बताइएको छ।

त्यस्तै छात्र छात्रा भलिबल र भित्रबाहिर खेल पनि हुनेछन्। छात्र भलिबलमा प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २ हजार १ सय, १ हजार ४ सय र तेस्रो हुनेले रु ५ सय नगद र प्रमाणपत्र पाउनेछ्न्। छात्रा भलिबल प्रतियोगितामा प्रथम हुनेले रु एक हजार र प्रमाणपत्र, दोस्रो हुनेले ७ सय र तेस्रो हुनेले ५ सय नगद सहित सहभागी सबैले प्रमाणपत्र पाउँनेछन् ।

कार्यक्रमको मुख्य आकर्षक बालविवाह अन्त्यका लागि सचेततामुलुक र्याली र तीजगीत प्रतियोगितामा प्रथम हुनेले रु एक हजार र प्रमाणपत्र पाउनेछन् । दोस्रो, तेसो र सान्त्वना हुनेले क्रमशः रु ६ सय, ३ सय र १५० नगद सहित प्रमाणपत्र पाउनेछन् ।

कार्यक्रम सभ्य र भव्यरूपमा सम्पन्न गर्नको लागि करिब २५ हजार लाग्ने भएकाले बाल क्लबले जनाएको छ। देश विदेशमा रहेका तमानवासी सबै आमा बुवा,दाजुभाइलाई आर्थिक सहयोग गरिदिन बाल क्लबले सबैलाई आग्रह समेत गरेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किसानमैत्री नीति लागू गर्न सरकारसँग आग्रह गर्न राष्ट्रिय धान दिवसमा प्रचण्डको सन्देश

काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...

नेकपा बैठकमा प्रचण्डको सन्देश– ‘अहिल्यै नेतृत्व छोड भन्नु पर्दैन’, माधव नेपाल भन्छन्– असारभित्र एकता टुंगिन्छ

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...

सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...

राहदानी काण्डमा ५ जना धरौटीमा रिहा, ओली–आरजुमाथि अनुसन्धान जारी

काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...

ठेकेदारको लापरबाहीले १५ शय्याको अस्पताल निर्माण अलपत्र

पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम

कोहलपुरमा भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...

आजको तरकारी तथा फलफूलको थोक मूल्य : गोलभेँडा ८ रुपैयाँदेखि, स्याउ २८० रुपैयाँ प्रतिकिलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...

वामएकतामाथि गोकुलको प्रहार : ‘फुटाएर फेरि जोड्ने खेल किन ?’

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...

हिलोमा रमाए विदेशी पर्यटक, पोखरामा असारे रोपाइँ महोत्सवको रौनक

कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...

हाइड्रो–टुरिजमको नमुना बन्ने मौलाकालिका आयोजना, ऊर्जामन्त्री श्रेष्ठद्वारा स्थलगत निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending