Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

बालसखा मात्र नभएर एउटा असल नेता र मित्र हुनुहुन्थ्योः झलनाथ खनाल

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सम्मानित नेता झलनाथ खनालले सुवास नेम्वाङको निधनमा देशले असल नेता र आफूले असल मित्र गुमाएको बताएका छन् । नेम्वाङका बालसखासमेत रहेका खनालले आफूले संगत गरेका व्यक्तिमा नेम्वाङ असल र इमान्दार मित्र भएको बताए ।

यसरी सम्झिए झलनाथले नेम्वाङलाई

सुवास नेम्वाङ बाल्यकालदेखिको सहपाठी साथी हो । उहाँ मेरो बडो आत्मीय र घनिष्ठ साथी पनि हो । मैले अनुभव गरेका साथीहरुमा उहाँ इमान्दार साथी पनि हो । हामीले बाल्यकालको शिक्षादेखि यो ठाउँसम्म आउँदा एउटा लामो यात्रा पार गरेर आएका छौँ ।

आज उहाँको दुःखद् निधन भएको छ । यो असामयिक निधन पनि हो । यो निधनमा सबैभन्दा पहिले तपाईँको माध्यममार्फत पनि उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।

सुवास नेम्वाङ एउटा मृदुभाषी मिलनसार, इमान्दार र मेरो एउटा सहपाठी पनि हो, सहयोद्धा र कमरेड पनि हो । उहाँ यो देशको संविधानसभाको अध्यक्ष पनि हो । म सुवास नेम्वाङलाई धेरै निकटबाट जान्दछु । उहाँको निधनले देशलाई ठूलो क्षति भएको छ ।

हामी त्रिचन्द्र कलेजमा त्यही २४/२५ सालतिर आईएस्सी सँगै पढेका हौँ । म त्यतिबेला बीचमै अनेरास्ववियुको नेता कार्यकर्ताको रुपमा क्रियाशील थिएँ । उहाँ अलि राजनीतिमा लागिसक्नु भएको थिएन । पछि आईएस्सी पढाइ सकेर पूर्ण रुपले राजनीतिमा लागिसकेपछि म जब २६ सालमा इलाममा पुगेँ, तब हामीले इलाम जिल्ला कमिटी नेपाल कम्युनिष्ट पार्टी गठन गरेर कम्युष्टि आन्दोलनलाई अघि बढाउन थाल्यौँ । त्यो क्रममा उहाँ महेन्द्ररत्न क्याम्पसमा पढ्दै हुनुहुन्थ्यो बीए । त्यहाँ पढिरहेको अवस्थामा हामीले विद्यार्थीहरुसँग काम गर्ने सिलसिलामा मैले उहाँलाई राजनीतितर्फ तानेँ । २०२८/२९ सालबाट उहाँ प्रगतिशील राजनीतितर्फ आउनुभयो । त्यसबेलादेखि उहाँ हाम्रो प्रगतिशील धारमा नै निरन्तर लागिरहनुभयो ।

०३२ सालमा हामीले कोअर्डिनेसन केन्द्र बनायौँ, त्यसको राजनीतिलाई उहाँले समर्थन जनाउनुभयो । हामीले नेकपा माले बनायौँ, त्यसलाई पनि उहाँले समर्थन जनाउनुभयो । त्यही धारबाट उहाँ अघि बढ्दै आउनुभयो । नेकपा (एमाले) निर्माण भएपछि उहाँ सँगसँगै नै अघि बढ्नुभयो । ०४६ सालपछि उहाँ सांसद बन्नुभयो । म पनि सांसद भए । उहाँलाई पहिले हामीले राष्ट्रियसभामा पठायौँ । त्यसपछि मैले इलामै जानुप¥यो भनेर प्रस्ताव गरेँ, उहाँले स्वीकार गर्नुभयो । हाम्रो इलाम जिल्ला कुनै बेला दुइटा, कुनै बेला तीनवटा निर्वाचन क्षेत्र भयो ।

दुई निर्वाचन क्षेत्र हुँदा म एकबाट र उहाँ दुईबाट सांसद बन्दै आउने प्रक्रिया रह्यो । त्यही सिलसिलामा ०६२ माघ १९ देखि बडो ठूलो आन्दोलन भयो, ०६२/६३ को क्रान्ति भयो । त्यसपछि हामीले संविधानसभाको निर्वाचन गर्यौँ । संविधानसभाको निर्वाचनमा हामी सँगै एक नम्बर र दुई नम्बरबाट सभासद भयौँ । त्यस सिलसिलामा उहाँ संविधानसभाको अध्यक्ष हुनुभयो । संयोगले त्यही बेला म मुलुकको ३४औँ प्रधानमन्त्री भएँ । यसरी हामी सँगसँगै सँगसँगै राजनीतिक यात्रा तय गर्दै अगाडि बढेर आयौँ । पछि गएर नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचमा एकता भएर नेकपा बन्यो । त्यसमा पनि हामी सँगै पार्टी लिडरसिपमा बसेर क्रियाशील थियौँ । अहिले भने पार्टीमा भएको विद्रोह र विभाजनपछि हामी अलग अलग पार्टीमा रहँदा पनि हाम्रोबीचमा सम्बन्ध सम्पर्क निरन्तर थियो ।

हामी इलामको बारेमा, देशको बारेमा, कम्युनिष्ट आन्दोलनका बारेमा, देशमा संवाद र एकताको बारेमा हामी एक आपसमा विचारहरु आदानप्रदान गरिनै रहन्थ्यौँ । उहाँ पार्टीको विभाजनमा बडा दुःखी हुनुहुथ्यो । कम्युनिष्टहरुलाई अलिक निकट ल्याउने उपाय र तरिका के हुनसक्छन् खोजी गरौँ न भन्ने कुरामा उहाँ लागिरहनुभएको थियो । यही सिलसिला चरिरहेका बेला उहाँको बडो दुःखद् निधन भयो । उहाँको निधनले नेपालले एउटा राम्रो नेतालाई गुमाएको छ ।

हाम्रो आन्तरिक सहयात्रा नै सबैभन्दा महत्वपूर्ण कुरा हो । उहाँले दिएका योगदानलाई सम्झनुपर्दा उहाँले नेपालको कम्युनिष्ट आन्दोलनलाई अघि बढाउने सिलसिलामा, देशको लोकतान्त्रिक आन्दोलनलाई अघि बढाउने सिलसिलामा, देशको समाजवादी आन्दोलनलाई अघि बढाउने सिलसिलामा र देशको ऐन कानुन निर्माण गर्ने सिलसिलामा उहाँले महत्वपूर्ण योगदान पु¥याएर जानुभएको छ । उहाँका योगदानमध्ये सबभन्दा चहकिलो योगदान संविधानसभाबाट संविधान निर्माण गर्ने प्रक्रियामा संविधानसभाको अध्यक्षको हैसियतले जुनखालको भूमिका निर्वाह गर्नुभएको छ, त्यो धेरै महत्वपूर्ण र दूरगामी महत्वको भूमिका हो । त्यसका लागि सुवास नेम्वाङलाई हामी सबैले सम्झनुपर्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending