Khabar Dabali १६ असार २०८३ मंगलवार | 30th June, 2026 Tue
Investment bank

बालसखा मात्र नभएर एउटा असल नेता र मित्र हुनुहुन्थ्योः झलनाथ खनाल

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सम्मानित नेता झलनाथ खनालले सुवास नेम्वाङको निधनमा देशले असल नेता र आफूले असल मित्र गुमाएको बताएका छन् । नेम्वाङका बालसखासमेत रहेका खनालले आफूले संगत गरेका व्यक्तिमा नेम्वाङ असल र इमान्दार मित्र भएको बताए ।

यसरी सम्झिए झलनाथले नेम्वाङलाई

सुवास नेम्वाङ बाल्यकालदेखिको सहपाठी साथी हो । उहाँ मेरो बडो आत्मीय र घनिष्ठ साथी पनि हो । मैले अनुभव गरेका साथीहरुमा उहाँ इमान्दार साथी पनि हो । हामीले बाल्यकालको शिक्षादेखि यो ठाउँसम्म आउँदा एउटा लामो यात्रा पार गरेर आएका छौँ ।

आज उहाँको दुःखद् निधन भएको छ । यो असामयिक निधन पनि हो । यो निधनमा सबैभन्दा पहिले तपाईँको माध्यममार्फत पनि उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।

सुवास नेम्वाङ एउटा मृदुभाषी मिलनसार, इमान्दार र मेरो एउटा सहपाठी पनि हो, सहयोद्धा र कमरेड पनि हो । उहाँ यो देशको संविधानसभाको अध्यक्ष पनि हो । म सुवास नेम्वाङलाई धेरै निकटबाट जान्दछु । उहाँको निधनले देशलाई ठूलो क्षति भएको छ ।

हामी त्रिचन्द्र कलेजमा त्यही २४/२५ सालतिर आईएस्सी सँगै पढेका हौँ । म त्यतिबेला बीचमै अनेरास्ववियुको नेता कार्यकर्ताको रुपमा क्रियाशील थिएँ । उहाँ अलि राजनीतिमा लागिसक्नु भएको थिएन । पछि आईएस्सी पढाइ सकेर पूर्ण रुपले राजनीतिमा लागिसकेपछि म जब २६ सालमा इलाममा पुगेँ, तब हामीले इलाम जिल्ला कमिटी नेपाल कम्युनिष्ट पार्टी गठन गरेर कम्युष्टि आन्दोलनलाई अघि बढाउन थाल्यौँ । त्यो क्रममा उहाँ महेन्द्ररत्न क्याम्पसमा पढ्दै हुनुहुन्थ्यो बीए । त्यहाँ पढिरहेको अवस्थामा हामीले विद्यार्थीहरुसँग काम गर्ने सिलसिलामा मैले उहाँलाई राजनीतितर्फ तानेँ । २०२८/२९ सालबाट उहाँ प्रगतिशील राजनीतितर्फ आउनुभयो । त्यसबेलादेखि उहाँ हाम्रो प्रगतिशील धारमा नै निरन्तर लागिरहनुभयो ।

०३२ सालमा हामीले कोअर्डिनेसन केन्द्र बनायौँ, त्यसको राजनीतिलाई उहाँले समर्थन जनाउनुभयो । हामीले नेकपा माले बनायौँ, त्यसलाई पनि उहाँले समर्थन जनाउनुभयो । त्यही धारबाट उहाँ अघि बढ्दै आउनुभयो । नेकपा (एमाले) निर्माण भएपछि उहाँ सँगसँगै नै अघि बढ्नुभयो । ०४६ सालपछि उहाँ सांसद बन्नुभयो । म पनि सांसद भए । उहाँलाई पहिले हामीले राष्ट्रियसभामा पठायौँ । त्यसपछि मैले इलामै जानुप¥यो भनेर प्रस्ताव गरेँ, उहाँले स्वीकार गर्नुभयो । हाम्रो इलाम जिल्ला कुनै बेला दुइटा, कुनै बेला तीनवटा निर्वाचन क्षेत्र भयो ।

दुई निर्वाचन क्षेत्र हुँदा म एकबाट र उहाँ दुईबाट सांसद बन्दै आउने प्रक्रिया रह्यो । त्यही सिलसिलामा ०६२ माघ १९ देखि बडो ठूलो आन्दोलन भयो, ०६२/६३ को क्रान्ति भयो । त्यसपछि हामीले संविधानसभाको निर्वाचन गर्यौँ । संविधानसभाको निर्वाचनमा हामी सँगै एक नम्बर र दुई नम्बरबाट सभासद भयौँ । त्यस सिलसिलामा उहाँ संविधानसभाको अध्यक्ष हुनुभयो । संयोगले त्यही बेला म मुलुकको ३४औँ प्रधानमन्त्री भएँ । यसरी हामी सँगसँगै सँगसँगै राजनीतिक यात्रा तय गर्दै अगाडि बढेर आयौँ । पछि गएर नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचमा एकता भएर नेकपा बन्यो । त्यसमा पनि हामी सँगै पार्टी लिडरसिपमा बसेर क्रियाशील थियौँ । अहिले भने पार्टीमा भएको विद्रोह र विभाजनपछि हामी अलग अलग पार्टीमा रहँदा पनि हाम्रोबीचमा सम्बन्ध सम्पर्क निरन्तर थियो ।

हामी इलामको बारेमा, देशको बारेमा, कम्युनिष्ट आन्दोलनका बारेमा, देशमा संवाद र एकताको बारेमा हामी एक आपसमा विचारहरु आदानप्रदान गरिनै रहन्थ्यौँ । उहाँ पार्टीको विभाजनमा बडा दुःखी हुनुहुथ्यो । कम्युनिष्टहरुलाई अलिक निकट ल्याउने उपाय र तरिका के हुनसक्छन् खोजी गरौँ न भन्ने कुरामा उहाँ लागिरहनुभएको थियो । यही सिलसिला चरिरहेका बेला उहाँको बडो दुःखद् निधन भयो । उहाँको निधनले नेपालले एउटा राम्रो नेतालाई गुमाएको छ ।

हाम्रो आन्तरिक सहयात्रा नै सबैभन्दा महत्वपूर्ण कुरा हो । उहाँले दिएका योगदानलाई सम्झनुपर्दा उहाँले नेपालको कम्युनिष्ट आन्दोलनलाई अघि बढाउने सिलसिलामा, देशको लोकतान्त्रिक आन्दोलनलाई अघि बढाउने सिलसिलामा, देशको समाजवादी आन्दोलनलाई अघि बढाउने सिलसिलामा र देशको ऐन कानुन निर्माण गर्ने सिलसिलामा उहाँले महत्वपूर्ण योगदान पु¥याएर जानुभएको छ । उहाँका योगदानमध्ये सबभन्दा चहकिलो योगदान संविधानसभाबाट संविधान निर्माण गर्ने प्रक्रियामा संविधानसभाको अध्यक्षको हैसियतले जुनखालको भूमिका निर्वाह गर्नुभएको छ, त्यो धेरै महत्वपूर्ण र दूरगामी महत्वको भूमिका हो । त्यसका लागि सुवास नेम्वाङलाई हामी सबैले सम्झनुपर्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किसानमैत्री नीति लागू गर्न सरकारसँग आग्रह गर्न राष्ट्रिय धान दिवसमा प्रचण्डको सन्देश

काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...

नेकपा बैठकमा प्रचण्डको सन्देश– ‘अहिल्यै नेतृत्व छोड भन्नु पर्दैन’, माधव नेपाल भन्छन्– असारभित्र एकता टुंगिन्छ

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...

सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...

राहदानी काण्डमा ५ जना धरौटीमा रिहा, ओली–आरजुमाथि अनुसन्धान जारी

काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...

ठेकेदारको लापरबाहीले १५ शय्याको अस्पताल निर्माण अलपत्र

पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम

कोहलपुरमा भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...

आजको तरकारी तथा फलफूलको थोक मूल्य : गोलभेँडा ८ रुपैयाँदेखि, स्याउ २८० रुपैयाँ प्रतिकिलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...

वामएकतामाथि गोकुलको प्रहार : ‘फुटाएर फेरि जोड्ने खेल किन ?’

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...

हिलोमा रमाए विदेशी पर्यटक, पोखरामा असारे रोपाइँ महोत्सवको रौनक

कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...

हाइड्रो–टुरिजमको नमुना बन्ने मौलाकालिका आयोजना, ऊर्जामन्त्री श्रेष्ठद्वारा स्थलगत निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending