कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्तीमा पस्दै आएका जङ्गली हात्तीका कारण स्थानीयले सास्ती खेप्दै आएका छन् । उनहीहरुले जङ्गली हात्ती नियन्त्रणका लागि माग गरेका छन् ।
भारतको दूधुवा नेशनलपार्क हुँदै आउने गरेको जङगली हात्तीको बथानले धानबालीमा नोक्सानी गर्न थालेपछि किसानले हात्ती नियन्त्रणका लागि माग गरेका छन् । निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गतपर्ने शुक्लाफाँटा नगरपालिका– ५, ६,७ र ८ का किसान हात्ती आतङ्कबाट त्रसित छन् । हात्तीकै डरले साँझ नपर्दै स्थानीयले गाउँमा हिँडडुलसमेत बन्द गरेका छन् । हात्तीको बथानले चार दिनदेखि यस क्षेत्रका किसानको धानबाली नोक्सानी गर्दै आएको छ ।
पाक्नै लागेको धानबली खान लागेको हात्तीको बथान भगाउन जाँदा आक्रमण गर्न आउने गरेको वडा नं ७ का नरेन्द्र धानुकले बताए । “निकुञ्जले गैरघातक तरिकाले हात्ती भगाउन भन्ने गरको छ” उनले भने, “हो हल्ला गर्दा, आगो बाल्दा हात्ती भाग्दैनन, धानबाली सखाप पारेको छ ।” उनीहरु हात्ती भगाउन रातभर जाग्राम बस्दै आएका छन् ।
हात्ती किसानका खेत र बस्ती क्षेत्रमा छिर्ने ठाउँमा स्वचालित सौर्यबत्ती र विद्युतीय मेसवायरको माग गरेपनि कुनै निकायबाट हालसम्म सुनवाइ हुन नसकेको वडा नं ५ का श्याम भट्टले बताए । हालसम्म हात्तीको बथानले नगरपालिकाको तीन वडाका ४० बढी किसानको झण्डै ३० बिघाको धानबालीमा नोक्सानी पुर्याएको छ ।
हात्ती नियन्त्रणका लागि प्रदेशको पर्यटन वन तथा वातावरण मन्त्रालयसँग राति पालोपहरा दिने जनशक्तिका लागि बजेट व्यवस्थापनसँगै २० थान सौर्यबीत्त, ५० थान टर्चलाइट, २० थान रेनकोट र २० थान बुटको व्यवस्था गरिदिन पत्राचार गरिएको वडा नं ५ का वडाध्यक्ष चक्रबहादुर खडकाले बताए । “नगरपालिका र वडा कार्यालयसँग हात्ती नियन्त्रणका लागि आवश्यक बजेट नभएपछि प्रदेश सरकारलाई गुहारेका छौं” उनले भने । जङगली हात्तीको आक्रमणबाट तीन वर्षयता मध्यवर्ती क्षेत्रका सात जनाले ज्यान गुमाइसकेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - २१:३५
काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...
आषाढ़ १५ गते, २०८३ - २१:२४
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...
आषाढ़ १५ गते, २०८३ - २१:१४
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...
आषाढ़ १५ गते, २०८३ - १९:५०
काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...
आषाढ़ १५ गते, २०८३ - १९:४५
पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम
आषाढ़ १५ गते, २०८३ - १९:३९
नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...
आषाढ़ १५ गते, २०८३ - ०९:३१
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...
आषाढ़ १५ गते, २०८३ - ०९:२५
काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...
आषाढ़ १५ गते, २०८३ - ०९:२३
कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...
आषाढ़ १५ गते, २०८३ - ०९:१९
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...



प्रतिकृया लेख्नुहोस्: