Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

सत्तारुढ नेकपा एसका सांसद कुँवरको प्रश्न- सरकारले बिजनेस नदिएपछि संसद् चलाएरमात्र के हुन्छ ?

एक महिना जिल्ला नगए सामाजिक सञ्जालमा गाली गर्छन्

खबरडबली संवाददाता

काठमाडौं । गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूले संसदमा निर्वाह गरेको भूमिका आलोचनामुक्त छैन । संसद् सुरु भएको लामो समयसम्म पनि दुई विधेयक मात्रै पारित भएका छन् । जनआकांक्षाका आवाज आफ्ना प्रतिनिधिमार्फत संसदमा बुलन्द हुन नसक्दा जनतामा निरासा पनि छाउन थालेको देखिन्छ । स्वयं सांसदहरू नै संसदमा आफ्नो भूमिकाप्रति सन्तुष्ट छैनन् ।

संसदीय राजनीतिमा लामो अनुभव र शालीन नेताको छवि बनाएका नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवर नागरिक आकांक्षाअनुसार संसद् अघि बढ्न नसकेको स्वीकार्छन् ।

उनी भन्छन्, ‘संसदमा जनताका विषयवस्तु गम्भीररूपमा उठ्न सकेनन् । जनतासँग सरोकार राख्ने कानुनहरू बन्दैनन् भने हामीमाथि यसै प्रश्न उठ्ने नै भयो । प्रश्न उठ्नु पनि पर्छ । किनभने जनताको समस्या समाधानका गर्नका लागि सहजीकरण गर्न हामीलाई चुनिएको हो ।’

विधि, विधान बनाउने सर्वोच्च निकाय संसद अर्थात् व्यवस्थापिका संसद हो । संसदमा सांसदले निर्वाह गर्ने भूमिका अति महत्वपूर्ण हुन्छ । कानुन बनाउने र नागरिकका गुनासो सुन्ने मुख्य दुईवटा भूमिकामा सांसदहरू रहनुपर्ने र संसद्ले सोहीअनुरुप काम गर्नुपर्ने उनको बुझाइ छ ।

‘सांसदका मुख्य दुई जिम्मेवारी हुन्छन् । एउटा विधायकका रूपमा कानुन बनाउने र अर्को भनेको जनताका सरोकारका विषय संसद्मा राख्ने हो । विधायकले कानुनमात्रै बनाउने तर जनताका समस्या र सरोकारका विषयमा बेखबर भएर बस्ने भन्ने हुँदैन । जनताका दैनिक जीवनसँग जोडिएका र सरोकारका विषयमा चनाखो भएरै बसेको हुन्छ’, उनी भन्छन्, ‘नागरिकका समस्यालाई सम्बोधन गर्न सम्बन्धित ठाउँमा पुर्‍याउने काम विधायककै हो । म काठमाडौँमा रहँदा मेरो जिल्लामा कुनै घटना घट्यो भने मैले गृह मन्त्रालय वा अरु तालुकवाला मन्त्रालय र निकायमा गएर सो विषयमा सोधखोज, समन्वय गर्नुपर्ने हुन्छ ।’

जनताका समस्या समाधान गर्ने दायित्व बहन गरेरै चुनिएर आउने भएकाले सांसदलाई विधायिकी भूमिकामा मात्रै सीमित गर्न नसकिने उनको बुझाइ छ । विधायिकी अधिकारमात्र दिने र सरकारमा पनि सहभागी नहुने ढङ्गले निर्वाचित गर्ने हो भने संविधानमै त्यस किसिमको व्यवस्था गरिनुपर्ने उनको तर्क छ । संसद्का कामप्रति लक्षित गरेर उठिरहेका प्रश्नलाई पनि स्वभाविक ठान्नु भन्ने कुँवरको भनाइ छ ।

‘जनताका प्रतिनिधिलाई टिप्पणी गर्न पाइन्छ । हामी खुला किताब भएरै हिँडिरहेका हुन्छौँ । सामाजिकरूपमा आउने प्रश्नबारे हामीले अप्ठ्यारो मान्न पनि हुँदैन’, सांसद कुँवर भन्छन् ।

नागरिकले गर्ने प्रश्नको मुख्य कारक भने राजनीतिक दलले देखाइरहेको कार्यशैली रहेको उनको बुझाइ छ । सरकारले ‘बिजनेस’ दिन नसक्ने र प्रतिपक्ष दलहरूले संसद् अवरुद्ध पार्ने खराब प्रवृत्तिका कारण संसद्प्रति नागरिक तहमा निराशा छाएको धारणा उनको छ ।

‘यो वा त्यो बहानामा संसद् अवरुद्ध गर्ने परम्परा राम्रो होइन । जनताका सरोकारका विषय आउन नदिने, सांसदले नै आफ्नो कुरा नै राख्न नपाउने, अधिकार प्रयोग गर्न नपाउने, बोल्न नपाउने, जहिल्यै संसद् अवरुद्ध भइरहनु राम्रो होइन । यो गलत संस्कारलाई अन्त्य गरिनुपर्छ’, उनको भनाइ छ ।

संसद्को प्रभावकारिता देखिनका लागि सरकारले पनि त्यसमा भूमिका खेल्नुपर्नेमा उनी जोड दिन्छन् ।

‘संसद्लाई सरकारले बिजनेस दिने हो । सरकारले बिजनेस दिइसकेपछि विधेयक संसदमा आउँछन् । संसद्बाट समितिमा जान्छन्’, उनी भन्छन्, ‘अब संसद् यही भदौ २७ गते बस्दैछ । यो बीचमा कुनै बिजनेस नै छैन । बिजनेसबिनाको संसद् हुँदैन । सरकारले बिजनेस दिएन भने संसद् चलाएरमात्र के गर्ने ? त्यत्तिकै संसद् बस्ने कुरा पनि आएन ।’

हाल एक सय १२ कानुन आउन बाँकी रहेको र मौलिक अधिकारसँग सम्बन्धितमात्रै ७८ वटा कानुन बन्न नसकेको उनको भनाइ छ । बन्न बाँकी कानुनलाई सरकार गम्भीर भएर धमाधम विधेयकका मस्यौदा बनाएर संसदमा ल्याउनुपर्ने कुँवर बताउँछन् ।

त्यस्तै संसद् अवरुद्ध हुन नदिने वातावरण सिर्जना गर्ने दायित्व पनि सरकारकै रहेको उनको बुझाइ छ । ‘सरकारले आफ्नो जिम्मेवारी निभाउनुपर्‍यो । संसद् अवरुद्ध हुने, विभिन्न व्यवधान आउने कुरालाई सबैले मिलेर सहजीकरण गर्नुपर्‍यो’, उनी भन्छन्, ‘देश बनाउने हो भने सबैले सामूहिक ढङ्गले जान सक्नुपर्छ । राजनीति मात्रै गर्ने हो भने जनताले हेरिरहेकै छन् । मूल्याङ्कन गरिरहेकै छन् ।’

बिजनेस नभएका बेला सांसदहरू आफ्नो निर्वाचन क्षेत्रमा जाने र जनताका गुनासो, पीरमर्का सुन्ने समय पनि हो । सांसद जनताको बीचमा पनि जानुपर्ने हुन्छ । एक महिनासम्म आफ्नो सांसदलाई जिल्लामा नदेख्दा नागरिकस्तरमा प्रश्न उठ्ने उनी बताउँछन् ।

उनी भन्छन्, ‘एक महिना जिल्ला गएन भने सामाजिक सञ्जालमा गाली गर्छन् । सांसद काठमाडौँमा मात्रै बस्ने र आफ्नो विधायिकी भूमिकामात्रै हो भनेर बस्ने हो भने हामी जनताबाट टाढा हुन्छौँ । भोलि फेरि जनताका बीचमा जानुपर्ने हुन्छ । त्यसकारण दुवै खालका भूमिका निर्वाह सांसदले निभाउनु पर्छ ।’

जिल्लामा गएको बेला, आकस्मिक समस्या पर्दाको अवस्था बाहेक सांसदहरू सदन र समितिमा जाने गरेको सांसद कुँवर बताउँछन् । सबै सांसद आफू रहेको समितिमा रहेर कानुन निर्माणमा लागिरहेको उनको भनाइ छ । प्रक्रियागत काम नागरिक तहमा कम जानकारीमा आउने भएका कारण पनि सांसदले केही काम नै गरेनन् भन्ने बुझाइ पर्न सक्ने उनको तर्क छ ।

उनी केही दिनअघि मात्र मन्त्रिपरिषद्बाट स्वीकृत भएको निजामती सेवा विधेयक सदनमा जतिसक्दो चाँडो प्रस्तुत गर्नुपर्ने बताउँछन् । त्यस्तै संसदमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टिआरसी), सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७० लगायत विधेयक छलफलका क्रममा छन् ।

संसद् र संसदीय समितिमा औपचारिक एवं अनौपचारिक दुवै तरिकाले ती विधेयकमाथि छलफल भइरहेको छ । सबै पक्षको विचार एकीकृत होेउन् भनेर समितिमा विधेयकमाथिको छलफललाई तीव्रता दिएको सांसदकुँवर बताउँछन् ।

शान्ति प्रक्रिया सुरु भएको डेढ दशकभन्दा बढी समय भइसक्दा पनि बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपणको विषय टुङ्गिन नसक्नु दुःखद् रहेको उनको बुझाइ छ । उनी भन्छन्, ‘शान्ति प्रक्रिया सुरु हुँदा जन्मेको बच्चा अहिले किरोशावस्था कट्न थालिसक्दा पनि यो विषय टुङ्गिन सकेको छैन । यसमा गम्भीर हुन जरुरी छ । हामी त गम्भीर छौँ नै, नेतृत्व पनि गम्भीर हुनुपर्छ ।’ रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending