Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

समाजवादी माेर्चा मिसन समाजवाद लिएर अगाडि बढेकाे छ: माधव नेपाल

खबरडबली संवाददाता

विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मिसन समाजवाद लिएर आफूहरू अगाडि बढेको बताएका छन् ।  समाजवादी मोर्चाले आज विराटनगरमा आयोजना गरेको सन्देशसभामा उनले यस्तो बताएका हुन् । 

उनले सकारात्मक सन्देश दिँदै जनतामा आशा र आत्मविश्वास दिनुपर्ने बताउँदै दोषलाई अन्त मोडेर नहुने र प्रधानमन्त्री प्रचण्डले चलाएका अहिलेका काम राम्रा भएको बताए ।  नागरिकता वितरण, मिटरब्याज विरूद्दको कानुन निर्माण, सुशासनको पक्षमा भएका काम उल्लेख गर्दै उनले व्यवस्थाका अनेक त्रुटीलाई सच्याएर अगाडि बढ्न नसके जनतामा सकारात्मक उर्जा प्राप्त हुन नसक्ने बताए ।

माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेकपा सम्बद्ध मोर्चाले गरेका अन्य ६ वटै सभा सफल भएको बताउँदै नेपालले खुसी व्यक्त गरे । समाजवादबाटै असमानताको अन्त्य गर्ने र न्याय दिने बताउँदै उनले जिल्ला, पालिका र प्रदेशस्तरमा पनि मोर्चा बनाउने बताए । नेपालले सरकार र सदनको मोर्चामा रहेर जनताको आवाज उठाउने बताए । भ्रष्टाचारमा डुबेका, अपराधमा संलग्न रहेकाहरूलाई मोर्चाले अस्वीकार गर्नेपनि उनले बताए । 

नेपालको र विश्वकै परिस्थिति जटिल रहेको बताउँदै नेपालले यस्तो बेलामा राष्ट्रिय स्वाधिनताको रक्षा महत्त्वपूर्ण हुने बताए ।  मोर्चा बनेको विषयमा विभिन्न प्रश्न उठाउनेलाई जवाफ दिँदै नेपालले ७ साल, ४६ र ६२ सालमा पनि मोर्चा बनाएरै आन्दोलन गरेको नबिर्सन सुझाव दिए ।

दलाल पूँजीवाद नेपाली राजनीति र अर्थतन्त्रमा पर्ने होकि भनेर लडाइ सुरू गर्नुपर्ने नेपालले बताए । उनले सरकार जोगाउनका लागि मोर्चा निर्माण नभएको बताउँदै गठबन्धन सरकारले भने राम्रो काम गरिरहेको बताए । मोर्चा बनेपछि कतिपयले चिटचिट पसिना काडेर हिँडिरहेको बताउँदै अध्यक्ष नेपालले आफूहरू एकता र मेलमिलापको पक्षमा रहेको र समाजवादमा जानका लागि मोर्चा बनाएको बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौं ३ को पनि गणना केहीबेरमा हुँदै

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ को मतगणना आजै रातिबाट हुने भएको छ । बिहीबार मतदान सम्पन्न भएपछि बेलुकी सर्वदलीय बैठक बसेर रातिबाट मतगणना अघि बढ...

भक्तपुर २ मा ११ बजेबाट मतगणना हुने

भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र २ को मतगणना पनि आजैबाट सुरु हुने भएको छ । राति ११ बजेबाट मतगणना हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्र...

दोलखामा पुनः निर्वाचन हुँदैन : आयोग

काठमाडौँ । करिब ५ घण्टा मतदान अवरुद्ध भएर फेरी मतदान भएकाे दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित गोल्मेश्वर मावि मतदान केन्द्रमा पुन:मतदान नहुने निर्वाच...

काठमाडौं–१ को मतगणना केही समयमा सुरु हुँदै

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ को मतगणना केही समयपछि सुरु हुने भएको छ ।  काठमाडौं क्षेत्र नम्बर १ का मुख्य निर्वाचन अधिकृत चुरमान खड्काले सर्व...

सिन्धुपाल्चोकमा ५५.६९ प्रतिशत मत खस्यो

सिन्धुपाल्चोक  । दुई प्रतिनिधि सभा निर्वाचन भएको सिन्धुपाल्चोकमा कूल मतको ५५. ६९ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत रिताकुमारी बख्रेलकानुसार य...

झापा–५ मा किन घट्यो मत प्रतिशत ?

ललितपुर  । प्रतिनिधिसभा निर्वाचनका लागि निकै चर्चित मानिएको झापा क्षेत्र नम्बर–५ मा यसपटक ६५ प्रतिशत मात्र मत खसेको छ। निर्वाचन आयोगका अनुसार यस क्षेत...

ओखलढुङ्गामा मतदानमा उत्साह घट्दा ४८% मत खस्यो

ओखलढुङ्गा । प्रतिनिधिसभा सदस्य निर्वाचनको क्रममा ओखलढुङ्गामा कुल ४८.१४ प्रतिशत मत खसेको  छ । कुल १२२७१४ मतदाता रहेकाे ओखलढुङ्गामा ५९,०७९ मत खसेकाे हाे...

हिजो नालयकको कुशासन थियाे अब लफङ्गाहरूको आसन हुने छः घनश्याम भुसाल

काठमाडाैं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले बिहीबार सम्पन्न मतदानको विश्लेषण गर्दै कम्युनिष्ट आन्दोलनका लागि चुनौतीपूर्ण मतपरिणाम आए...

काभ्रेपलाञ्चोकमा ६० प्रतिशत मत खस्यो

बनेपा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लामा ६० प्रतिशतभन्दा बढी मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका दुई न...

मोरङमा ६४.५६ प्रतिशत मत खस्यो, मतपेटिका संकलन धमाधम

विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मोरङ जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा आइतबार उत्साहजनक रूपमा मतदान सम्पन्न भएको छ। जिल्ला प्रशासन ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE