भक्तपुर । देशमा द्वन्द्व निम्त्याउन तत्त्वहरू सक्रिय भएको बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बताएका छन् । चाँगुनारायण नगरपालिका वडा नम्वर १ स्थित पूर्व सैनिक क्लबको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले हाल देशमा द्वन्द्व निम्त्याउने तत्त्वहरू सक्रिय भएको बताएका हुन् ।
देशमा हाल द्वन्द्व निम्त्याउने तत्त्वहरू सक्रिय भएर लागेका र उनीहरुलाई परास्त पार्न हामीले द्वन्द्व हैन शान्ति पूर्वक सम्झाउनु पर्ने भएकोले यसका लागि पूर्व सैनिक पनि योग्य हुने उनले बताए । नेपाली काँग्रेसका सह महामन्त्रीलाई खुकुरी हानेको स्मरण गर्दै उनले यसरी नेतालाई खुकुरी हानेर हिंसा गरेर हुने भए माओवादीलाई शान्तिको मार्गमा किन ल्याउनु पर्थ्यो ? भन्दै प्रश्न गरे ।
शान्तिको मार्गमा उनीहरूलाई नल्याएको भए देश आज कहाँ हुन्थ्यो कति नेपालीले ज्यान गुमाउनु पर्थ्यो त्यो पनि स्मरण गर्नु पर्ने उनले बताए । हिजो १७ हजार नेपाली त मरी सके अव फेरी त्यो क्रम दोहोर्याउन केही तत्त्व लागी परेका छन् जसलाई शान्ति पूर्वक पूर्व सैनिकहरूले समाधानका लागि लागि पर्नु पर्ने उनको धारणा थियो ।
यस्तै कार्यक्रममा बोल्दै चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले सामाजिक विकासका लागि सबै एक जुट भएर लाग्नु पर्ने बताएका छन् । उनले सामाजिक विकासका लागि दल भन्दा पनि माथि उठेर सबै एक जुट हुनु पर्ने उनको धारण थियो । हिजो कुनै राजनीतिक दलबाट हामी निर्वाचित भयौँ होला तर निर्वाचित भई सके पछि जनप्रतिनिधि सबैको साझा हुन् दलबाट माथि उठेर सामाजिक विकासमा हामी लाग्नु पर्ने बताए । नगर विकासकालागि दक्षता विज्ञता आदीको प्रयोग गर्न पूर्व सैकिहरुलाई आग्रह गरे ।
यस्तै कार्यक्रममा वडा नम्वर १ का वडा अध्यक्ष सिजन कार्की , २ का वडा अध्यक्ष सोम प्रधान पाँचका वडा अध्यक्ष जयन्द्र खड्का लगायतका वक्ताले नगर विकासमा पूर्व सैनिकको ठुलो भूमिका हुने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - ०८:५२
जनकपुर । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा– १ मा पहिलो बायो प्लास्टिक उद्योग सञ्चालनमा आएको छ । जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले सो...
पौष १ गते, २०८२ - ०८:५२
काठमाडौं । नेपाली राजनीति फेरि एकपटक निर्णायक संक्रमणकालीन मोडमा प्रवेश गरेको छ। दशकौँदेखि सत्ता र राजनीतिका केन्द्रमा रहेका परम्परागत दलहरू—नेपाली का...
पौष १ गते, २०८२ - ०८:४८
५० वर्षे राजनीतिमा ईश्वर पोखरेलको ‘अन्तिम दाउ’, अध्यक्षमा उम्मेदवारी
पौष १ गते, २०८२ - ०८:२६
५० बिघाभन्दा बढी उखुबाली नष्ट, करिब ३ करोडको क्षति
पौष १ गते, २०८२ - ०८:०५
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत हुने निर्वाचन अपरान्ह ४ बजेपछि मात्रै सुरु हुने भएको छ। यसअघि दिउँसो १ बजेदेखि मतदान हुने भनिए पनि प्र...
पौष १ गते, २०८२ - ०७:५५
३०१ सिटका लागि ६०३ भिडन्त: एमाले नेतृत्वमा खुला युद्ध, ओली–पोखरेल दुई प्यानल आमनेसामने
पौष १ गते, २०८२ - ०७:३५
काठमाडौँ । नेकपा एमालेको जारी महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएसँगै कतिपय उम्मेदवार निर्विरोध भएका छन् । लुम्बिनी प्रदेशबाट ...
पौष १ गते, २०८२ - ०७:१५
काठमाडौँ । हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहा...
मंसिर ३० गते, २०८२ - १०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...
मंसिर ३० गते, २०८२ - १०:१०
मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...




प्रतिकृया लेख्नुहोस्: