काठमाडौं । ताप्लेजुङबाट निर्वाचित कोशी प्रदेशसभाका कांग्रेस सांसद खगेनसिंह हाङ्गामले प्रहरी अधिकृतलाई ज्यान मार्ने धम्की दिएका छन् । ताप्लेजुङको फुङलिङमा भदौ २१ मा आयोजित मिनी मेलामा सांसद हाङ्गाम र प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन लिम्बूबीच आरोप/प्रत्यारोप चलेको थियो ।
त्यसपछि हाङ्गामले शुक्रबार फुङलिङमा आयोजित कोणसभामा डीएसपी र उनको परिवारलाई लक्षित गरी ज्यान मार्ने धम्की दिएका हुन् ।
सांसदले ज्यान मार्ने धम्की दिएकामा प्रहरीले आपत्ति प्रकट गरेको छ । भदौ २१ को घटना छानबिनका लागि प्रहरीले समिति गठन गरेको छ । प्रहरी उपरीक्षक ऋषिराम कँडेलको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन भएको हो । कांग्रेसले भने उनको अभिव्यक्ति गलत भए पनि वातावरण बिगार्ने काम प्रहरीबाटै भएको प्रतिक्रिया दिएको छ ।
कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले प्रहरी प्रशासनले उत्तेजक वातावरण बनाएको बताए । ‘कोशीका माननीयको सार्वजनिक अभिव्यक्ति अशोभनीय, उत्ताउलो र उत्तेजित छ, त्यस्तो बोल्नु गलत हो तर त्यस्तो बोल्ने स्थिति सिर्जना गर्ने प्रहरी प्रशासन दोषी छ,’ विश्वकर्माले भने, ‘सादा पोसाकमा गएर व्यक्तिको घर तोडफोड गर्ने, ढोका बाहिर निकाल्ने, कुटपिट गर्ने गुन्डागर्दी शैली प्रहरीले अपनाएको छ ।’
घटनाको भोलिपल्ट भदौ २२ मै कांग्रेसले विज्ञप्ति निकालेर प्रहरीबाट ज्यादती भएको भन्दै निन्दा प्रकट गरेको थियो ।
‘मेलामा सहभागी भएका पेमा लामा तामाङ, सुकेटार घुमफिर गरी फर्कने क्रममा यो घटनाको विरोधमा आवाज उठाउँदा उहाँमाथि मुक्का प्रहार गर्नुका साथै सेटले समेत हिर्काएका छन्, उहाँको आँखामा गम्भीर चोट लागेको छ, चस्मा फुटेको छ,’ कांग्रेसले भनेको छ, ‘घटनाका बारेमा बुझ्न खोज्दा कोशी प्रदेशसभा सदस्य खगेनसिंह हाङ्गामलाई बर्दी र सादा पोसाकमा रहेका प्रहरीले गालीगलौज गर्दै दुर्व्यवहार गर्नुका साथै उहाँको निवासमा ढुंगामुढासमेत प्रहार गरेका छन् ।’
कांग्रेस केन्द्रीय सदस्य गोविन्द पोखरेलले प्रदेशसभा सदस्यको सार्वजनिक अभिव्यक्ति कांग्रेसको आदर्शविपरीत रहेको बताए । ‘आफ्ना कुरा प्रदेश संसद्मा राखेर सरकारमार्फत हल गर्नुपर्नेमा देशको कानुन हातमा लिन खोज्ने अभिव्यक्ति खेदजनक छ । पार्टीले आवश्यक छानबिन गरी यथार्थ सार्वजनिक होस्,’ उनले भने । यो समाचार आजको कान्तिपूर दैनिकमा छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ०९:२१
डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको स...
पौष ६ गते, २०८२ - ०९:१९
म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सड...
पौष ६ गते, २०८२ - ०८:५४
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा प्रस्थान गर्दैछन् । जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछिको यो उ...
पौष ६ गते, २०८२ - ०८:४८
काठमाडौं । अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसरमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभा...
पौष ६ गते, २०८२ - ०८:४३
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कडा शब्दमा चुनावी सरकारको आलोचना गर्दै एमाले नेतृत्वलाई निसाना बनाइएको खण्डमा 'देश ठप्प पार्न...
पौष ६ गते, २०८२ - ०७:५७
मोरङ । उर्लाबारी–२ भुसिका युवराज तिवारीले रु तीन लाखबाट सुरुआत गरेको कृषि फार्म अहिले एक करोड बराबरको लगानी भएको छ । स्वदेशमै केही गर्ने उद्देश्यका सा...
पौष ६ गते, २०८२ - ०७:१८
काठमाडौँ । नेपालकी तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण पदक जितेकी छन्। शनिबार भएक...
पौष ६ गते, २०८२ - ०७:१३
सुर्खेत। कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको छ । सुरक्षित आप्रवासन कार्यक्रमको तथ्याङ्कअनुसार कर्णालीबाट वैदेशिक रोजगारीमा जानका ला...
पौष ६ गते, २०८२ - ०७:११
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै...
पौष ६ गते, २०८२ - ०७:०४
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि परेको बेमौसमी वर्षाले धानबालीमा क्ष...




प्रतिकृया लेख्नुहोस्: