Khabar Dabali १६ असार २०८३ मंगलवार | 30th June, 2026 Tue
Investment bank

किन गरे राहुल महराले १३१ पटक दाओजिन वाङलाई फाेन ?

'नौ किलो सुन तस्करी प्रकरणमा महराको शंकास्पद भूमिका'

खबरडबली संवाददाता

काठमाडौं । विद्युतीय सिगरेट (भेप)मार्फत भएको नौ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका राहुल महराको भूमिका थप शंकास्पद देखिएको छ ।  १३ भदौमा पक्राउ परेका राहुलले आफ्नो नियमित बोक्ने मोबाइल फोन नै परिर्वतन गरेर नयाँ मोबाइल बोेकेर सीआईबी पुगेकोले उनकाे भुमीका शंकास्पद रहेकाे देखिएकाे हाे । 

पूरानो मोबाइलबाट प्रहरीको डिजिटल फरेन्सिक ल्याब (डीएफएल)मार्फत आफूविरुद्ध लाग्ने केही प्रमाण फेला पर्ने डरले उनले मोबाइल परिवर्तन गरेको प्रहरीको आशंका रहेकाे छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले भेप प्रकरणका आरोपी चिनियाँ नागरिकसँगको फोन सम्पर्क तथा भन्सार कार्यालयमा रोकिएको भेप छुटाउन खेलेको शकास्पद भूमिकाको आरोपमा उनलाई नियन्त्रणमा लिएको थियो ।

भेपमार्फत भएको सुन तस्करीका आरोपी दाओजिन वाङसँग राहुल महाराकोे १९५ पटक सम्पर्क भएको देखिएको थियो । जसमा राहुलले १३१ र वाङले ३४ पटक फोन गरेका थिए । फोन सम्पर्कबाहेक भेप छुटाउन राहुल भन्सार कार्यालय आफैँ सातपटक पुगेकोसमेत सीआईबीको अनुसन्धानले देखाएको छ ।

राहुलको फोन सम्पर्क मात्रै होइन, अन्य कारणले सुन तस्करीमा उनको भूमिका थप शंकास्पद देखिँदै गएको सिआईबी स्राेतले बतायाे । उनले आफूले बोक्ने पुरानो मोबाइल समेत परिवर्तन गरेका र भन्सारमा समेत आँफै पुगेका देखिएकाे स्राेतकाे दाबी छ । चिनियाँ समूहको सुन गाल्ने बुढानीलकण्ठको केही गोदाममा समेत राहुल पुगेको देखिएको सिआईबी स्राेतले खुलायाे ।

वाङबाहेक राहुलको अर्का आरोपी चिनियाँ नागरिक असिमसँग पनि तीनपटक सम्पर्क भएको देखिएको थियो । भेप प्रकरणमा जोडिएका चिनियाँ नागरिक वाङ, असिम र लुई हान तीनैजना हाल फरार रहेका छन् ।  भेप प्रकरणमा जोडिएका वाङ र ६० किलो सुन तस्करी आरोपमा पक्राउ परेका तिब्बती मुलका बेल्जियम नागरिक दावा छिरिङको समेत सम्पर्क देखिएको छ । भन्सार कार्यालयले बरामद गरेको भेपको रसिद लुई हानले दावा छिरिङलाई पठाएको देखिएको छ ।

१० पुुस २०७९ मा चिनियाँ नागरिक ली हानसोङले फ्लाई दुबईको उडानबाट भेप ल्याएका थिए । ७३ वटा बट्टामा ल्याइएको ७३० थान भेपमा नौ किलो सुन लुकाएर ल्याइएको थियो । उक्त भेप त्रिभुवन विमानस्थलबाट जाँचका क्रममा भन्सार कार्यालयले रोकेको थियो ।

उक्त भेप विमानस्थल भन्सारका नासु रेवन्त खड्कासहित सुरक्षा गार्ड निर्मलकुमार विक, भन्सार एजेन्ट दिनेश बस्नेत, व्यापारी वेदप्रकाश अग्रवाल र साहेवराव पाण्डुरङ मरगलेको समूहले चोरी गरी बिक्री गरेको थियो । सोही अभियोगमा हाल जिल्ला अदालत काठमाडौंले उनीहरुलाई पूर्पक्षको लागि जेल चलान गरेको छ ।

चोरी प्रकरणमै जोडिएका दिपेश बस्नेत, गोपाल सुवेदी र रामकेशव थापा भने हाल फरार रहेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किसानमैत्री नीति लागू गर्न सरकारसँग आग्रह गर्न राष्ट्रिय धान दिवसमा प्रचण्डको सन्देश

काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...

नेकपा बैठकमा प्रचण्डको सन्देश– ‘अहिल्यै नेतृत्व छोड भन्नु पर्दैन’, माधव नेपाल भन्छन्– असारभित्र एकता टुंगिन्छ

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...

सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...

राहदानी काण्डमा ५ जना धरौटीमा रिहा, ओली–आरजुमाथि अनुसन्धान जारी

काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...

ठेकेदारको लापरबाहीले १५ शय्याको अस्पताल निर्माण अलपत्र

पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम

कोहलपुरमा भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...

आजको तरकारी तथा फलफूलको थोक मूल्य : गोलभेँडा ८ रुपैयाँदेखि, स्याउ २८० रुपैयाँ प्रतिकिलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...

वामएकतामाथि गोकुलको प्रहार : ‘फुटाएर फेरि जोड्ने खेल किन ?’

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...

हिलोमा रमाए विदेशी पर्यटक, पोखरामा असारे रोपाइँ महोत्सवको रौनक

कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...

हाइड्रो–टुरिजमको नमुना बन्ने मौलाकालिका आयोजना, ऊर्जामन्त्री श्रेष्ठद्वारा स्थलगत निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending