Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

‘भाइ-नाइके’लाई पक्राउ गर्न रेड कर्नर नोटिस जारी गर्ने तयारी

खबरडबली संवाददाता

दाङ । बर्दिया कारागारबाट भागेका ‘भाइ-नाइके’ ३० वर्षीय अजिबबुढा क्षेत्रीविरूद्ध प्रहरीले इन्टरपोलबाट रेड कर्नर नोटिस जारी गर्ने तयारी गरेको छ । भदौ १७ गते बिहान सवा ३ बजे बिहान उनी पर्खाल नाघेर फरार भएका थिए । 

फरार रहेका अजिबविरूद्ध औपचारिक रूपमा इन्टरपोलबाट रेडकर्नर नोटिस जारी गर्ने प्रक्रिया थालेको जिल्ला प्रहरी प्रमुख एसपी सुधिरराज शाहीले बताए । त्यसका लागि आवश्यक आग्रह गरिसकेको उनकाे भनाइ छ । रेड कर्नर नोटिस जारी भएका व्यक्तिलाई जुन देशमा फेला परेपनि पक्राउ गर्न सकिनेछ ।

फरार रहेका अजिब नेपाल–भारत सीमा क्षेत्रको जंगलमा लुकेको आशंका गरिएको थियो । उनलाई खोज्न नेपाल प्रहरी र भारतीय प्रहरीसँग समेत समन्वय गरी खोजी गरिरहेको  भएपनि अझै फेला पर्न सकेका छैनन् । खोजी गर्नेक्रममा रोज नामक तालिमप्राप्त कुकुर समेत मरिसकेको छ । पछिल्लो समय प्रहरी अधिकारीहरूले फरार अजिब भारत पुगेर लुकेर बसेको हुनसक्ने अनुमान गरेका छन् ।

अजिबले २०७२/११/०५ गते बेलुकी ५९ वर्षीय छिमेकी जोरासिंह थापामाथि धारिलो हतियार प्रयोग गरि हत्या गरेका थिए । उक्त अभियोगमा प्रहरीले पक्राउ पछि अजिबलाई अदालतमा बयान गराउन लग्दा  २०७२ चैत ३० गते प्रहरीलाई झुक्याउँदै अदालत परिसरबाटै भाग्न सफल भएका थिए । त्यति खेर शौचालय जाने बाहानामा हतकडी खोल्न लगाइ उनी शौचालयबाटै भाग्न सफल भएका थिए । 

सुरूमा जिल्ला अदालतले हत्या कसुरमा दोषी ठहर गर्दै अजिबविरूद्ध १९ वर्ष ११ महिना ६ दिन कैद सजायको फैसला तोकेको भएपनि उनी भागेपछि त्यसमा टेडी सजाय थपिन गइ भागेको समेत सजाय जोडेर अदालतले ३० वर्ष कैद सजायको फैसला सुनाएको थियो। 

अदालतबाट फरार अजिब पछिल्लो समय २०७९ साल कात्तिक २१ गते ठाकुरबाबा नगरपालिका-८ सुतैयास्थित उनकै घरबाट गोप्य सूचनाका आधचारमा पक्राउ  परेका थिए । उनी चाड पर्व मान्न घरमा आएको सुराक पछि प्रहरी घरमै पुगेर उनलाई पक्राउ गरेको थियो । पक्राउ पछि प्रहरीले अजिबलाई अदालतमा पेश गरेको थियो। 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending