Khabar Dabali १६ असार २०८३ मंगलवार | 30th June, 2026 Tue
Investment bank

गर्मीबढे सँगै तराईमा विषालु सर्पको बिगबिगी

खबरडबली संवाददाता

बुटवल  । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पछिल्लो समय सर्पदंशका बिरामीको सङ्ख्या बढेको छ । अहिले दैनिकजसो पानी परिरहेको र सर्पले ओभानो ठाउँ खोज्ने भएकोले सर्पहरू घरभित्र पस्दा तराईमा सर्पको बिगबिगी बढेको हो ।

तराईमा भदौ महिनालाई सर्पदंशको उच्च जोखिम भएको महिना मानिन्छ । अस्पतालमा मात्रै होइन, सर्प उद्धारकर्ताहरूले समेत भदौमै सबैभन्दा धेरै सर्पको उद्धार गर्ने गरेका छन् । 

सर्प उद्धारकर्ता चेतबहादुर सारूले तराईमा वैशाख र जेठदेखि नै सर्पदंशको जोखिम सुरू हुने बताउँदै भदौमा सबैभन्दा बढी जोखिम हुने बताए । उनले अहिले दैनिक एक दुईवटा सर्प उद्धार गरिरहेको बताउँदै सर्प उद्धारका लागि विभिन्न स्थानबाट बोलाएपछि जाने र जङ्गलमा लगेर छाड्ने गरेको बताए । 

अहिले गोमन र करेतजस्ता विषालु सर्पको बिगबिगी बढेको बताउँदै सारुले भदौ महिनामा पानी पर्दा सर्पले ओभानो बस्ने ठाउँ खोज्दा घरभित्र पस्ने गरेको बताए ।  सारूले मात्रै गर्मी सुरू भएयता करिब एक सय वटा विषालु सर्पको घरभित्रबाट उद्धार गरेर जङ्गलमा छाडेको बताए ।

उता लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार एक वर्षको अवधिमा ६ सय ३३ जना सर्पदंशका बिरामी उपचारका लागि आएकोमा ११ जनाको उपचारकै क्रममा मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका ट्रपिकल डिजिज युनिटका प्रमुख दयासागर पन्थीले यही साउन महिनामा मात्रै सर्पले टोकेका एक सय ६४ बिरामी उपचारका लागि आएकोमा विषालु सर्पको टोकेका विरामीको सङ्ख्या १९ रहेको बताए । उनले प्रत्येक वर्ष सर्पदंशका बिरामी उपचारका लागि आउने क्रम बढिरहेको बताए । 

लुम्बिनी प्रदेशका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत अरुण ज्ञवालीले लुम्बिनी प्रदेशमा सबैभन्दा बढी भेरी अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देही, बर्दिया अस्पताल र लमहीको सर्पदंश उपचार केन्द्रमा सर्पदंशका बिरामी बढी आउने गरेको जानकारी दिए । 

यसैबीच तराईमा सर्पदंशका घटना बढेको भन्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सर्पदंश व्यवस्थापनसम्बन्धी तालिम दिइएको छ । अस्पताल तथा स्वास्थ्य संस्थामा पुगेका सर्पदंशका बिरामीहरुलाई कसरी उपचार व्यवस्थापन गर्ने र विषालु सर्पको पहिचान कसरी गर्ने भन्ने विषयमा जानकारीमूलक तालिम दिइएको हो । स्वास्थ्य तालिम केन्द्र लुम्बिनी प्रदेशको आयोजना तथा फेएरमेड फाउन्डेशन नेपाल आधारभूत स्वास्थ्य परियोजना बुटबलको सहयोगमा लुम्बिनी प्रादेशिक अस्पतालमा तिनदिने तालिम भएको हो ।

तालिम समापन कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा। सुदर्शन थापा क्षेत्रीले सर्पदंश भैहालेमा कसरी छिटो उपचारको व्यवस्था गर्ने भन्ने विषयमा ढिलाई गर्न नहुने गरि सेवा दिनुपर्ने बताए । उनले अधिकांश बिरामी ढिलो गरी अस्पतालमा आउने अनि स्वास्थ्यकर्मी तथा चिकित्सकहरुले व्यवस्थापन गर्न नसक्दा मानवीय क्षति हुने गरेको भन्दै त्यो हुन नदिन यस्ता तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये रुपन्देही, नवलपरासी, कपिलवस्तु, बर्दिया र बाँके जिल्लामा सर्पदंशका घटना धेरै रहेको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका प्राविधिक खिमलाल पाण्डेले बताए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किसानमैत्री नीति लागू गर्न सरकारसँग आग्रह गर्न राष्ट्रिय धान दिवसमा प्रचण्डको सन्देश

काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...

नेकपा बैठकमा प्रचण्डको सन्देश– ‘अहिल्यै नेतृत्व छोड भन्नु पर्दैन’, माधव नेपाल भन्छन्– असारभित्र एकता टुंगिन्छ

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...

सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...

राहदानी काण्डमा ५ जना धरौटीमा रिहा, ओली–आरजुमाथि अनुसन्धान जारी

काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...

ठेकेदारको लापरबाहीले १५ शय्याको अस्पताल निर्माण अलपत्र

पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम

कोहलपुरमा भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...

आजको तरकारी तथा फलफूलको थोक मूल्य : गोलभेँडा ८ रुपैयाँदेखि, स्याउ २८० रुपैयाँ प्रतिकिलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...

वामएकतामाथि गोकुलको प्रहार : ‘फुटाएर फेरि जोड्ने खेल किन ?’

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...

हिलोमा रमाए विदेशी पर्यटक, पोखरामा असारे रोपाइँ महोत्सवको रौनक

कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...

हाइड्रो–टुरिजमको नमुना बन्ने मौलाकालिका आयोजना, ऊर्जामन्त्री श्रेष्ठद्वारा स्थलगत निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending