काठमाडौं । अफ्रिकी राष्ट्र मोरक्कोमा रहेका सबै नेपाली सुरक्षित रहेको इजिप्टको कायरोस्थित नेपाली दूतावासले जनाएको छ । शुक्रबार राति गएको ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण मोरक्कोमा दुई हजारजनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । मोरक्कोमा भूकम्पपछि खोजी तथा उद्धारकार्य जारी छ ।
मोरक्कोमा रहेका ५० जनाजति नेपालीहरू दूतावासको सम्पर्कमा आएका र त्यहाँ रहेको नेपालीको संख्या लगभग त्यति नै रहेकेा मोरक्को समेत हेर्ने जिम्मेवारी पाएका इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले बताए । इजिप्टस्थित नेपाली दूतावासले मोरक्कोसहित १७ देशलाई हेर्ने गर्छ ।
हाल सम्म अप्रिय समाचार नआएको र सबै नेपाली सुरक्षित नै रहेकेा उनकाे भनाइ छ । भूकम्पको केन्द्रविन्दु रहेको काशाब्लाङ्का आसपासका क्षेत्रमा नेपाली बसोबास नगर्ने उनले बताए । अधिकांश नेपाली मोरक्कोको राजधानी रबातमा बसोबास गर्ने र राजधानी सहरमा भूकम्पले असर नगरेको उनले बताए ।
शुक्रबार अबेर राति मोरक्कोमा ६ दशकयताकै सबैभन्दा ठूलो भूकम्प गएको थियो । भूकम्पका कारण संरचना भत्कँदा पुरिएर हालसम्म दुई हजार १२ जनाको मृत्यु भएको अमेरिकी न्युज च्यानल सीएनएनले जनाएको छ । भूकम्पका कारण संरचना भत्कँदा पुरिएर गम्भीर घाइते भएका एक हजार ४०४ जनाको अस्पतालमा उपचार भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - ०८:५२
काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...
श्रावण २६ गते, २०८३ - ०८:२८
जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...
श्रावण २६ गते, २०८३ - ०८:२५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...
श्रावण २६ गते, २०८३ - ०८:१९
काठमाडौं । सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...
श्रावण २६ गते, २०८३ - ०८:०७
स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...
श्रावण २६ गते, २०८३ - ०८:०३
कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...
श्रावण २६ गते, २०८३ - ०८:०१
चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...
श्रावण २६ गते, २०८३ - ०७:५६
सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...
श्रावण २६ गते, २०८३ - ०७:३१
काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...
श्रावण २६ गते, २०८३ - ०७:२५
काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। भूकम्पमा परी कम्तीमा ११...



प्रतिकृया लेख्नुहोस्: