काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपाली महिलालाई अहिले शिक्षा र समानताको न्याय चाहिएको बताएका छन् । भिमसेनगोलास्थित मोडर्न कन्या मल्टिपल कजेलको १७औँ वार्षिकोत्सव समारोहमा उनले देशको समस्याकारुपमा रहेको अशिक्षाको प्रभाव महिला वर्गमा परिरहेको उल्लेख गरे ।
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भने, “शिक्षित हुन वा अक्षित प्रत्येक घरका आमा विश्वविद्यालय हुन् । त्यसको लाभ परिवारले मात्र होइन, सम्पूर्ण राष्ट्रले प्राप्त गर्छ ।” शिक्षाबिना स्वास्थ्य, रोजगारी, वृत्तिविकास, राजनीतिक सहभागीता र जीवनका सम्पूर्ण आयममा पहुँच हुन नसक्ने उल्लेख गर्दै उनले राज्यका सबै फाँटमा उल्लखनीय नेतृत्वदायी भूमिका आवश्यक रहेको विचार व्यक्त गरे ।
संविधानसभा सदस्य निलाम्बर आचार्यले नेपाली महिला क्षमता नभएर होइन, अवसर र प्रेरणा नपाएर पछि परको धारणा व्यक्त गरे ।उनले भने, “नारीलाई सर्वसुलभ शिक्षा प्रदान गर्न कलेजले महत्वपूर्ण भूमिका खेलेको छ, देशमा रहेर मातृभूमिका लागि योगदान गर्ने शिक्षा लिन र दिन पाउनु आफैमा गौरवको विषय हो ।”
कलेजको स्थापना दिवसका अवसरमा आयोजित ‘असल पुस्ता निर्माणमा हाम्रो अभियान’ विषयक अन्तरक्र्रियामा कलेजका अध्यक्ष रामप्रसाद दाहाल र प्राचार्य सविन पोखरेलले नारी शिक्षा, धर्म तथा संस्कार सबै खाले संकटको अन्त्य गर्ने बताए ।
हाँस्य व्यङ्ग्यकार चटयाङ मास्टर ९कृष्णमुरारी गौतम०, प्राडा वीणा पौडेल, मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने श्रेष्ठ, गायिका अञ्जु गौतमलगायतले शिक्षा समाजको सवैभन्दा सम्मानित विधा भए पनि राज्यका निकायबीच आवश्यक तालमेल नहुँदा अनुशासन, मर्यादा र राष्ट्रप्रेम विद्यार्थीलाई दिन नसकिएको धारणा राखे । उनले आफनो संस्कृतिप्रति गर्व गर्ने र संस्कार सिकाउने शिक्षाबिना असल र सक्षम पुस्ता निर्माण गर्न कठिन हुने बताए ।
समारोहमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठ र पूर्वराजदूत आचार्यलाई सम्मानका साथै ज्येष्ठ नागरिक सम्मान गुणराज काफ्लेलाई प्रदान गरियो । प्रमुख अतिथि श्रेष्ठले कार्यक्रममा कलेजमा १५ वर्षदेखि अध्यापनरत चार प्राध्यापकलाई सम्मानपत्र र कलेजमा अध्ययन पुरा गरेका चार छात्रालाई प्रशंसापत्र प्रदान गरे ।
विसं २०६४ भदौ २४ गते स्थापित उक्त कलेजले छात्रालाई सुलभ शुल्कमा व्यवहारिक र सेवामुलक शिक्षा प्रदान गर्दैआएको छ । पूर्वप्रधानन्यायाधीश श्रेष्ठले सो अवसरमा कलेजको १७औँ वार्षिकोत्सवको प्रतिक चिह्न र कलेजको वार्षिक मुखपत्र ‘अनामिका’ लोकार्पण गर्नुभयो । कार्यक्रममा वार्षिकोत्वका अवसरमा आयोजित अतिरिक्त क्रियाकलापमा विजयी छात्रालाई शिल्ड प्रदान गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १२:४३
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...
पौष ३ गते, २०८२ - १२:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...
पौष ३ गते, २०८२ - ११:५४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...
पौष ३ गते, २०८२ - ११:१५
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...
पौष ३ गते, २०८२ - ११:०४
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...




प्रतिकृया लेख्नुहोस्: