काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपाली महिलालाई अहिले शिक्षा र समानताको न्याय चाहिएको बताएका छन् । भिमसेनगोलास्थित मोडर्न कन्या मल्टिपल कजेलको १७औँ वार्षिकोत्सव समारोहमा उनले देशको समस्याकारुपमा रहेको अशिक्षाको प्रभाव महिला वर्गमा परिरहेको उल्लेख गरे ।
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भने, “शिक्षित हुन वा अक्षित प्रत्येक घरका आमा विश्वविद्यालय हुन् । त्यसको लाभ परिवारले मात्र होइन, सम्पूर्ण राष्ट्रले प्राप्त गर्छ ।” शिक्षाबिना स्वास्थ्य, रोजगारी, वृत्तिविकास, राजनीतिक सहभागीता र जीवनका सम्पूर्ण आयममा पहुँच हुन नसक्ने उल्लेख गर्दै उनले राज्यका सबै फाँटमा उल्लखनीय नेतृत्वदायी भूमिका आवश्यक रहेको विचार व्यक्त गरे ।
संविधानसभा सदस्य निलाम्बर आचार्यले नेपाली महिला क्षमता नभएर होइन, अवसर र प्रेरणा नपाएर पछि परको धारणा व्यक्त गरे ।उनले भने, “नारीलाई सर्वसुलभ शिक्षा प्रदान गर्न कलेजले महत्वपूर्ण भूमिका खेलेको छ, देशमा रहेर मातृभूमिका लागि योगदान गर्ने शिक्षा लिन र दिन पाउनु आफैमा गौरवको विषय हो ।”
कलेजको स्थापना दिवसका अवसरमा आयोजित ‘असल पुस्ता निर्माणमा हाम्रो अभियान’ विषयक अन्तरक्र्रियामा कलेजका अध्यक्ष रामप्रसाद दाहाल र प्राचार्य सविन पोखरेलले नारी शिक्षा, धर्म तथा संस्कार सबै खाले संकटको अन्त्य गर्ने बताए ।
हाँस्य व्यङ्ग्यकार चटयाङ मास्टर ९कृष्णमुरारी गौतम०, प्राडा वीणा पौडेल, मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने श्रेष्ठ, गायिका अञ्जु गौतमलगायतले शिक्षा समाजको सवैभन्दा सम्मानित विधा भए पनि राज्यका निकायबीच आवश्यक तालमेल नहुँदा अनुशासन, मर्यादा र राष्ट्रप्रेम विद्यार्थीलाई दिन नसकिएको धारणा राखे । उनले आफनो संस्कृतिप्रति गर्व गर्ने र संस्कार सिकाउने शिक्षाबिना असल र सक्षम पुस्ता निर्माण गर्न कठिन हुने बताए ।
समारोहमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठ र पूर्वराजदूत आचार्यलाई सम्मानका साथै ज्येष्ठ नागरिक सम्मान गुणराज काफ्लेलाई प्रदान गरियो । प्रमुख अतिथि श्रेष्ठले कार्यक्रममा कलेजमा १५ वर्षदेखि अध्यापनरत चार प्राध्यापकलाई सम्मानपत्र र कलेजमा अध्ययन पुरा गरेका चार छात्रालाई प्रशंसापत्र प्रदान गरे ।
विसं २०६४ भदौ २४ गते स्थापित उक्त कलेजले छात्रालाई सुलभ शुल्कमा व्यवहारिक र सेवामुलक शिक्षा प्रदान गर्दैआएको छ । पूर्वप्रधानन्यायाधीश श्रेष्ठले सो अवसरमा कलेजको १७औँ वार्षिकोत्सवको प्रतिक चिह्न र कलेजको वार्षिक मुखपत्र ‘अनामिका’ लोकार्पण गर्नुभयो । कार्यक्रममा वार्षिकोत्वका अवसरमा आयोजित अतिरिक्त क्रियाकलापमा विजयी छात्रालाई शिल्ड प्रदान गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - २१:३५
काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...
आषाढ़ १५ गते, २०८३ - २१:२४
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...
आषाढ़ १५ गते, २०८३ - २१:१४
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...
आषाढ़ १५ गते, २०८३ - १९:५०
काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...
आषाढ़ १५ गते, २०८३ - १९:४५
पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम
आषाढ़ १५ गते, २०८३ - १९:३९
नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...
आषाढ़ १५ गते, २०८३ - ०९:३१
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...
आषाढ़ १५ गते, २०८३ - ०९:२५
काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...
आषाढ़ १५ गते, २०८३ - ०९:२३
कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...
आषाढ़ १५ गते, २०८३ - ०९:१९
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...



प्रतिकृया लेख्नुहोस्: